Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल र भारतेक सीमा सुरक्षा प्रहरीका अधिकारीहरुको बैठक सम्पन्न भएको छ। आज (मंगलबार) नेपालको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच समन्वायत्मक बैठक सम्पन्न भएको हो। भारतीय सशस्त्र सीमा बल (एसएसबी) को पाचौं बटालियन चम्पावत उत्तराखण्डमा डिआइजीस्तरीय काउण्टर पार्टस सम्बन्धी बैठक बैठक भएको हो। जसमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को पक्षबाट उत्तराखण्ड पिलिभित सेक्टरका सेक्टर कमाण्डर (डिआइजी) सुनिल कुमार ध्यानी र अल्मोरा सेक्टरका डिआइजी डिएन भोम्बेसहित ११ जना कमाण्डरहरुको सहभागीता रहेको थियो। त्यस्तै सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैधनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेको…

Read More

काठमाडौं : यसपालिको मनसुनका समयमा देशभर विपतजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले दिएको जानकारीअनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको छ। प्राधिकरणले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले मनसुनका समयमा पहिरोका चार सय ५९, बाढीका एक सय ४२, भारी वर्षाका एक सय ६८ र चट्याङका एक सय २३ घटना भएको जानकारी दिए। यसपटक १३ दिन ढिला गरी मनसुन यही असोज २८ मा बाहिरिएको थियो भने एक दिन ढिला गरी गत…

Read More

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज महोत्तरीको जलेश्वर महादेव मन्दिरमा पूजापाठ गरेका छन् । भारतबाट आएका दिल्ली युनिभर्सिटीको प्रोफेसर डा.रञ्जित कुमार सिंह, नेसनल मेडिकल कमिसनको पूर्व अध्यक्ष डा.सहजा नन्दन प्रसाद, भारतीय जनता पार्टीका नेता डा.दीपक ठाकुर, रेल्वे सुपरिटेन्डेन्ट बिपी सिंहका साथमा उनले जलेश्वर महादेव मन्दिरमा पूजापाठ गरेका हुन् । जलेश्वरकै दुर्गा मन्दिरमा आयोजित झिझिया नृत्यको समेत उनीहरूले अवलोकन गरेका थिए । उनीहरू महादेवको दर्शन गर्न नेपाल आएका थिए ।

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई एसएसपीमा बढुवा गरेको छ । हाल नगर प्रहरी उपरीक्षक (एसपी) रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका बैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्ने निर्णय गरेको हो । नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान अनुसार कार्यपालिका बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रस्ताव गरेका ३ जना एसपीको नाममध्ये पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको हो । समितिले एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णु जोशी र ३ नम्बरमा दिनेश अर्यालको नाम सिफारिस गरेको थियो । कार्यसम्पादन मूल्याङ्कन र वरियताको आधारमा पाण्डेको नाममा निर्णय गरेको जनाइएको छ ।

Read More

धनगढी: किसानहरूको तरकारी तथा फलफूल सञ्चित गर्ने उद्देश्यले कैलालीको चुरे गाउँपालिकामा २३ टन क्षमताको कोल्ड च्याम्बर सञ्चालनमा आउने भएको छ । सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयले गाउँपालिकाको वडा नम्बर ३ क्रसर डाँडामा कोल्ड च्याम्बरको पूर्वाधार तयार गरी सञ्चालनका लागी चुरे गाउँपालिकालाई सोमवार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । ५१ लाख १६ हजार २ सय ८४ रुपैयाँको लागतमा चन्द्र बिकास यज्ञ लक्ष्मी निर्माण सेवा धनगढीले तयार गरेको भवन गत साउन १३ गते निर्देशनालयलाई हस्तान्तरण गरेको थियो । निर्देशनालयले भवनको उद्घाटन गर्दै सञ्चालनका लागी गाउँपालिकालाई जिम्मा दिएको हो । कोल्ड च्याम्वरको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मङ्गलवार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको कोरोनरी एन्जिओग्राम गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।

Read More

काठमाडौँ: इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरूको शव केहिदिन भित्रमा नेपाल पठाइने भएको छ । इजरायलस्थित नेपाली राजदूतावासले शव नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ। पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर २/३ दिनमा नेपाल पठाउने भएको हो । गत शनिबार हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये ५ जनाको शव नेपाली दूतावासलाई प्राप्त भएको छ । प्राप्त भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने दूतावासले जनएको हो।

Read More

धनगढी : कैलालीबाट डोटीको बड्डीकेदार जाँदै गरेको बस दुर्घटना भएको छ। जोशीपुरदेखि डोटीको बडिकेदार जाँदै गरेको सु.प.प्र.०१००१ख २३४५ नम्बरको बस सहजपुर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। सुपर गुरास यातायातको बस चुरे गाउँपालीका ३ सहजपुरमा दुर्घटना प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। प्रहरीका अनुसार बस अनियन्त्रीत भएर सडकको नालामा खसेको हो । बसमा सामान्य क्षती भए पनि सवार यात्रु सकुशल रहेको बताइएको छ।

Read More

काठमाडौं : नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ साताव्यापी बेलायत भ्रमण सकेर स्वदेश फर्किएका छन् । पार्टीका कार्यक्रममा भाग लिन गत साता बेलायत पुगेका उनी आज कतार एयरवेजको क्यूआर–६४६ उडानमा दोहा हुँदै अपरान्ह साढे ४ बजे काठमाडौँ आइपुगेका हुन् । महासचिव गुरुङलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य विमल अधिकारीसहित सचिवालयका पाँच जनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । त्यसअघि माओवादी केन्द्रीय कार्यालयले गुरुङका स्वकीय सचिव, पिएसओ र चालकसहितलाई भिआईपी पास उपलब्ध गराउन आग्रह गर्दै विमानस्थल कार्यालयलाई पत्र लेखेको थियो । माओवादीको प्रवासी संगठन जनप्रगतिशील मञ्चको निमन्त्रणामा गुरुङ असोज २३ गते बेलायत गएका हुन् ।

Read More

काठमाडौँ : नेपालका पहिलो पुस्ताका इतिहासकार चित्तरञ्जन नेपालीको सोमबार निधन भएको छ । भीमसेन थापा र रणबहादुर शाहबारे उनले लेखेका दुई कृति असाध्यै लोकप्रिय र चर्चित छन् । उनले नै पहिलो पटक नेपाली इतिहासका यी दुई प्रमुख पात्रबारे लेखेका थिए र त्यसपछि मात्र उनीहरूबारे थप अध्ययन सुरु भएको मानिन्छ । नेपाल भाषा एकेडेमीका पूर्व चान्सलर पनि रहेका नेपालीको ९४ वर्षको उमेरमा निधन भएको हो । उनको चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको थियो । उनको वास्तविक नाम भने नारायणप्रसाद राजभण्डारी हो । साहित्यकार पनि रहेका नेपालीले लेखनमा आफ्नो वास्तविक नाम भने प्रयोग गरेनन् । नेपाली २०१३ मा पहिलो पटक मदन पुरस्कार…

Read More