Author: महेन्द्रनगर पोष्ट

बझाङ : बझाङमा एक जना सेती नदीमा बगेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मष्टा गाउँपालिका वडा नम्बर-४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत रहेका छन् । उनी आज दिउँसो करिब २ बजेतिर सेती नदीमा गाइको बाछो तराउने क्रममा बगेर बेपत्ता भएको स्थानीय शुशिल कठायतलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनको खोजीका लागि स्थानीय र प्रहरी खटाइको बझाङ प्रहरी प्रमुख तथा डिएसी भरत शाहले बताए ।

Read More

काठमाडौँ : बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेका छन् । राष्ट्र प्रमुखका रूपमा राष्ट्रपतिले नवदुर्गा भवानीको प्रसाद ग्रहण गरेका हुन् । सो क्रममा राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गरेका थिए । नवदुर्गाका देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उनले दक्षिणासमेत प्रदान गरे ।

Read More

काठमाडौँ : विश्वमै पहिलोपटक जनकपुरमा अन्नबाट ११ हजार स्क्वायर फिटको प्रतिमा (मूर्ति) बन्ने भएको छ । विवाह पञ्चमीको अवसरमा जनकपुरमा अन्नको मूर्ति बनाइने भएको हो । जनकपुरमा हुने विवाह पञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि सो मूर्ति निर्माण गर्न लागिएको जनकपुर बृहत्तर क्षेत्र विकास कोषका अध्यक्ष शीतल साहले बताए । यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० स्क्वायर फिटको मूर्तिले गिनिज बुकमा नाम दर्ज गराई सकेको छ । जनकपुरमा त्योभन्दा ठुलो मूर्ति बनाउन लागिएको साहले बताए । सो मूर्ति निर्माण भएपछि वर्ल्ड रेकर्डका लागि दाबी गर्ने उनले बताए । अन्नबाट राम–सीता स्वयंवर (विवाह) को मूर्ति बनाइने निर्णय भएको साहले…

Read More

नयाँदिल्ली : भारतको सुरत शहरमा सामूहिक आत्महत्याको खबर सार्वजनिक भएको छ । यस दुखद घटनामा एकैसाथ सात जनाको मृत्यु भएको छ । सुरतको यो हृदयविदारक घटनामा पुरै परिवारले विष पिएर सामूहिक आत्महत्या गरेका छन् । एक परिवारका श्रीमान श्रीमती, बाबुआमा, एक छोरा र दुई छोरीसहित सामूहिक आत्महत्या गरेको खबर सार्बजनिक भएको हो । शान्तिलाल सोलंकीले झुण्डिएर आत्महत्या गरेका छन् भने परिवारका अन्य सदस्यले पनि विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ । यो घटना सूरतको पालनपुर क्षेत्रमा भएको हो । प्रहरीका अनुसार यो दुखद घटना शनिबार सूरतको अडाजन क्षेत्रमा भएको हो । यस घटनाले सुरतका बासिन्दाहरूलाई स्तब्ध बनाएको छ किनभने…

Read More

काठमाडौँ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सुनसरीको दुहबी नगरपालिका-११ स्थित सडकमा को.४ प ९१७८ नम्बर र को.२४ प १७५८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा को.४ प ९१७८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५० वर्षीय अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ । को.२४ प १७५८ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीकै धरान उपमहानगरपालिका-१५ सजन रोडस्थित सडकमा प्र.१-०२-०४७ प ७७८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक धनकुटा शहिदभूमि गाउँपालिका-१ घर भई हाल धरान उपमहानगरपालिका-१६ डेरा गरी…

Read More

कैलाली: कैलालीको अत्तरियाबाट एक सरकारी मोटरसाइकललाई स्थानीय युवाले नियन्त्रणमा लिएका छन्। सार्वजनिक बिदाको दिन सहरी विकास तथा भवन निर्माण कार्यालयका सव–इन्जिनियर उपेन्द्र महतराले अनुमति बिना चलाएको मोटरसाइकल स्थानीय युवा भुवन भट्टले नियन्त्रणमा लिएका हुन्। सुदूरपश्चिम प्रदेश ०१००१ ब २०८६ नम्बरको सो मोटरसाइकल भट्टले नियन्त्रणमा लिएर सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई खबर गरेका थिए। प्रहरीले चेकजाँच गर्दा सो मोटरसाइकल अनुमति बिना बिदाको दिन चलाएको फेला पारेपछि नियन्त्रणमा लिएको थियो। उक्त मोटरसाइकल अहिले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा राखिएको छ। महतराले बिदाका दिन चलाएको मोटरसाइकलका कागजात तथा परिचयपत्र पनि साथमा नभेटिएको प्रहरीले जनाएको छ। प्रहरीले कागजात ल्याए आइतबार मोटरसाइकल फिर्ता…

Read More

काठमाडौं : नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले) का शीर्ष नेताहरु सहभागी भएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी भएका हुन्। कांग्रेसले बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो। कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ।

Read More

काठमाडौं : इजरायलले ७ अक्टोबरमा इजरायलमाथि आक्रमणको योजना बनाउन सहयोग गर्ने हमास कमाण्डर मारिएको जनाएको छ। इजरायली सेनाले आफ्नो लडाकु विमानको आक्रमणमा हमास एरिएल आरे प्रमुख असेम अबु रकबा मारिएको दाबी गरेको हो। इजरायली सेनाले उनी युएभी, ड्रोन तथा प्याराग्लाइडिङबाट इजरायलमा गरिएको आक्रमणको प्रमुख योजनाकार रहेको बताएको छ। यसअघि पनि उनी इजरायली भूमिमा आश्चर्यजनक आक्रमणमा सक्रिय रहेको बताइएको छ। इजरायलको यो दाबीबारे हमासले कुनै प्रतिक्रिया जनाइसकेको छैन। यसैबीच अमेरिकाको न्युयोर्कस्थित ग्राण्ड सेन्ट्रल स्टेशनमा इजरायल हमास युद्धविरोधी प्रदर्शनमा सहभागी भएका २ सयभन्दा बढी गिरफ्तार भएका छन्। जेविस भ्वाइस फर पीस नामको संस्थाले आयोजना गरेको प्रदर्शनमा सहभागीले तत्काल युद्धविराम गर्न र प्यालेस्टाइनीहरुलाई…

Read More

बैतडी : बैतडीमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।  जिल्लाको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत पाटन नगरपालिका– ५ स्याडीखोलमा पाटनबाट मेलौलीतर्फ गइरहेको सामान बोक्ने सु.प.प्र.०२ ००१ च ८४१ नम्बरको जीप र मेलौलीबाट पाटनतर्फ आइरहेको म२प ६९१६ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। दुवै सवारी साधन एकआपसमा ठोक्किँदा मोटर साइकल चालक मेलौली नगरपालिका–६ का २१ वर्षीय नरेन्द्र भट्ट गम्भीर घाइते भएका प्रहरी निरीक्षक खत्रीले बताए। उनकाअनुसार घाइते भट्टको डडेल्धुरामा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ। जीप चालक डडेल्धुराको भागेश्वर गाउँपालिका-३ का भुवन जोरा र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

काठमाडौँ : आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति १ बजेर १९ मिनेटमा सुरु हुने ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने जनाएको छ। समितिका अनुसार चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। ग्रहणको समयमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ। ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख…

Read More