Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ। सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। उनी नौ दिन अघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् । असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको आशंका गरिएको छ।

Read More

काठमाडौँ : सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल,…

Read More

काठमाडौंः  बझाङ र त्यस वरपरका अन्य जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद  भानुभक्त जोशीले माग गरेका छन्। एकीकृत समाजवादीका नेता जोशीले बझाङ र वरपरका जिल्लाका भूकम्प पीडितका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका छन्। बिहीबार संसद बैठकको विशेष समयमा बोल्दै बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जोशीले १६ भदौमा गएको भूकम्पले जिल्लाका सबै पालिकामा क्षति पुगेको भन्दै पीडितलाई तत्काल राहत र घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरे। प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरू त्यसतर्फ जान लागेकामा धन्यवाद दिँदै जोशीले भ्रमण गर्ने भन्दा विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने माग गरे। ‘यसअघि ०७८ सालमा गएको बेमौसमी वर्षाका कारण ठूलो क्षति भएको थियो। एकै घरका ७ जनाले ज्यान गुमाए…

Read More

डडेल्धुरा: जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।दसैँ तिहार नजिकिएसँगै जिल्लामा आउने यात्रुको सहायताका लागि जिल्लाको बसपार्क, स्याउले, सकायल र भित्री मधेसको जोगबुढामा यात्रु सहायता कक्ष स्थापना गरिएको बताइएको छ। दसैँ तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायव निरीक्षक भीम बहादुर बोहराले बताए। उनले जो सुकैलाई पनि समस्या परे सहायता कक्षमा आएर सहयोग लिन आग्रह गरेका छन्।

Read More

काठमाडौँ : नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना…

Read More

धनगढी: भारतले बनाउने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिम रुप दिन भारतीय टोली काठमाडौं आइपुगेको छ। १४ जनाको टोली आज दिउँसो ४ बजे नयाँ दिल्लीबाट भिस्तारा एअरको उडान नम्बर युके १५५ मा आएको बताइएको छ। उक्त आयोजना प्रतिवेदन (डिपीआर) लाई अन्तिम रुप दिन भोलि र पर्सि नेपाल र भारतका विज्ञ समूहको बैठक काठमाडौंमा बस्न लागेको हो। सोही बैठकमा सहभागी हुन भारतीय केन्द्रीय जल आयोगका अध्यक्ष कुशबिन्दर बोहराको नेतृत्वमा एक दर्जन बढी सदस्य रहेको टोली आएको छ। टोलीमा सोही आयोगका सञ्चालक समिति सदस्य नवीन कुमारलगायत इञ्जिनियर, प्रशासक सामेल छन्। प्राप्त विवरण अनुसार अतुल जैन, प्रदीपकुमार शुक्ला, गोवद्र्धन प्रसाद, विवेक…

Read More

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराखेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका बिरामीहरुलाई नाम दर्ता गराउन आह्वान गरेको छ। बिरामीलाई उपचारबापत खर्च उपलब्ध गराउने कार्यविधि, २०७८ बमोजिम चालु आर्थिक वर्ष २०८०–८१ मा खर्च उपलब्ध गराउन विवरण माग गरेको नगरपालिकाले जनाएको छ। असोज मसान्तसम्मको समय तोकेर नगरपालिकाले नयाँ सेवा लिनेलाई नाम दर्ता गराउन सूचित गरेको छ । नाम दर्ता भएका बिरामीहरुले सो अवधिमा नवीकरण गराइसक्नुपर्ने छ । प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहलेका अनुसार नाम दर्ता तथा नवीकरणका लागि चिकित्सकको सिफारिस, मेरुदण्ड पक्षघातको हकमा अपाङ्गतासम्बन्धी प्राप्त रातो वा निलो कार्डको प्रतिलिपि, वडा कार्यालयबाट प्रमाणित निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, सम्बन्धित अस्पतालको बिरामी पूर्जी…

Read More

धनगढी: बैतडीबाट झुलाघाट हुँदै भारत प्रवेश गर्न खोज्ने एक चाइनिजलाई फिर्ता पठाइएको छ। नेपाल घुम्न आएकी चिनिया पर्यटक महिलालाई भारत जान नमिल्ने भन्दै नाकाबाट फिर्ता पठाइएको हो। सुरक्षा स्रोतले जानकारी दिएअनुसार चीनबाट नेपाल घुम्न आएकी ती महिला भारतसँगको सिमानाका झुलाघाट पुगेकी थिइन्। उनी भारततर्फ जान लागेको अवस्थामा नेपाल प्रहरीले नै उनलाई नाकाबाट फिर्ता पठाएको हो। बैतडी प्रहरीका अनुसार उनीसँग नेपालको भिसामात्र थियो। प्रहरीले नेपालको भिसामा भारत जान नपाउने भन्दै फिर्ता पठाइएको जनाएको छ। बुधबार उनलाई नेपालतर्फ नै फर्काइएको बताइन्छ पछिल्लो समय भारतले पनि चिनियाँहरु अवैध रुपमा देश पस्न थालेपछि सीमानाकामा कडाइ गरेको छ।

Read More

दार्चुला: दार्चुलामा सशस्त्र प्रहरी बलले विपत् व्यवस्थापन उद्दार अभ्यास गरेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा भूकम्प, आगलागी र बाढीबाट आउनसक्ने विपतबाट जोगिने तरिकाबारे अभ्यास गरेर देखाइएको थियो। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एव प्रमुख जिल्ला अधिकारी किरण जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त अभ्यासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बर बहादुर बिष्ट, प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंह, अनुसन्धान अधिकृत भगेन्द्र बहादुर चन्द, हाइड्रो पावर सुरक्षा बेश प्रमुख गजेन्द्र बहादुर चन्द, नेपाली सेनाका जमदार सुदर्शन पाण्डे, शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्कर धामी र नेपाल रेडक्रस दार्चुलाका मन्त्री दिपक अवस्थी लगायतको उपस्थिति रहेको थियो।

Read More

काठमाडौं: प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई एक तह बढुवा दिने निर्णय गरेका छन्। चीनको हाङ्झाउमा भएको १९ औं एशियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा विश्व र्कीतिमान बनाएका क्रिकेटर ऐरी नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान छन्। उनी प्रहरी जवान हुन्। महानिरीक्षक कुँवरले ऐरीलाई बधाई दिँदै संगठनका तर्फबाट पुरस्कारसहित सहायक हवल्दार पदमा बढुवा गरेका हुन्। ऐरीले सेप्टेम्बर २७ मा मंगोलिया विरूद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान कायम गरेका थिए। प्रहरी महानिरीक्षकले बढुवा गर्न सक्ने अधिकार प्रहरी नियमावली अनुसार ऐरीको…

Read More