Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गर्भवती महिला प्रहरीलाई नेपाल प्रहरीले अब छुट्टै पोसाक दिने भएको छ। बुधबार बसेको प्रहरीको नीति समन्वय समितिको बैठकले डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने गाउनजस्तै पोसाक गर्भवती महिला प्रहरीलाई दिने निर्णय गरेको हो। अहिलेकै पोसाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सहज हुने पोसाक दिने निर्णय गरेको छ। नेपाल प्रहरीमा रहेको ८० हजार जनशक्तिमा सात हजार महिला प्रहरी कर्मचारी छन्।

Read More

काठमाडौं : नेपाल प्रहरीले पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग गरे कारबाहीको चेतावनी दिएको छ। एक सूचना जारी गर्दै प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार नगर्न आग्रह गरेको हो। त्यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ। यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले सचेत गराएको छ ।

Read More

 काठमाडौं : नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। उमेरको विषयमा छानबिन सुरू भएपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका हुन्। रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरू भएको थियो। पाण्डे आगामी प्रधानसेनापतिको रोलक्रममा समेत थिए। प्रधानसेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिए लगत्तै पाण्डे प्रधानसेनापतिको रोलक्रममा थिए। एसएलसी प्रमाणपत्रमा उनको जन्ममिति २०२१ माघ १२ गते छ। तर, २०४२ चैत २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको चलानी नम्बर ७५८८ अनुसार पाण्डेको जन्ममिति २०२३ मंसिर २३ गते कायम गरिएको भन्दै एसएलसीको नतिजा प्रकाशित भएको मिति २०३८ सालको सक्कली ढड्डामा उल्लेख छ। तर, उनको नागरिकता जिल्ला प्रशासन…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन्। त्यसका लागि सुरक्षा व्यवस्था मिलाइएको मेयर बालेनको भनाइ छ। मेयर बालेनले फेसबुकमा लेखेका छन्, ‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो देल्ने समय काठमाडौंभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो। यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं। सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन अनुरोध गर्दछौं।’ उनले सोहीअनुसार नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन्।

Read More

काठमाडौं :  भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ।  यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे अहमदाबादमा सुरु हुनेछ। दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ भने अफगानिस्तान सेमिफाइनल प्रवेशको झिनो आशासहित मैदान उत्रिँदैछ। आठ खेल खेलेको अफगानिस्तान ८ अंकसहित छैटौँ स्थानमा छ। उसले सेमिफाइनलमा स्थान बनाउन दक्षिण अफ्रिकाविरुद्ध जित निकालेर मात्र सम्भव छैन। कम्तीमा ४ सय ३८ रनको जित निकाल्न सके मात्र नेटरनरेटका आधारमा चौथो स्थानमा उक्लिने सम्भावना छ। हाल १० अंकसहित चौथो स्थानमा रहेको न्यूजिल्याण्ड नेटरनरेटमा अगाडि छ। भोलि सेमिफाइनलको अर्को प्रत्याशी टोली पाकिस्तानले इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

Read More

काठमाडौँ– जाजरकोट भूकम्पमा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्ट रहेका छन्। उनको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। योसँगै जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ। एकसाताअघि जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

Read More

दाङ : दाङमा रूखबाट लडेर मृत्यु भएका भनिएका एक व्यक्तिको छातीमा बन्दुकको छर्राको घाउ देखिएको छ। घोराही उपमहानगरपालिका-७ हर्नियाका ३० वर्षीय जुगारू चौधरीको जंगलमा मालुको पात टिप्न गएका बखत रूखबाट लडेर मृत्यु भएको भनिए पनि उनको छातीमा बन्दुकको छर्रा लागेको घाउ देखिएको हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक मल्लका अनुसार जुगारू बिहीबार बिहान आठ बजेतिर मालुको पात टिप्न भनेर जंगल गएका थिए। घटनाबारे बेलुका साढे ४ बजेपछि मात्रै प्रहरीलाई खबर आएको थियो। प्रहरी उद्धार गरेर ७ बजेर ४० मिनेट जाँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै जुगारूलाई चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले मृतक सशस्त्र प्रहरीका मान्छे हुन् भन्ने अपुष्ट…

Read More

काठमाडौँ: बझाङको सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ। गत असोज १६ गते चैनपुर केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएपछि अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको हो। पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले बझाङमा पनि मापन केन्द्र निर्माण गरेको बताइएको छ। बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण भएसँगै नेपालभर ४३ स्टेशनबाट भूकम्प मापन हुँदै आएको छ। हाल नेपालको झापा, उदयपुर, संखुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, बाजुरा, दार्चुला, सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा, महोत्तरी, दाङलगायत जिल्लाका विभिन्न स्थानमा केन्द्र निर्माण गरिएका…

Read More

काठमाडौँ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ। बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ जगदम्बा फ्याक्ट्रीमा सरसफाइको काम गर्ने सोही उपमहानगरपालिका-२ प्रभास टोल बस्ने २३ वर्षीय उज्ज्वल कार्कीको लहरीको ठक्करबाट बुधबार दिउँसो मृत्यु भएको छ। फ्याक्ट्रीमा सामान लिन आएको प्र ०२-०३-००१ ख ५९६ नम्बरको लहरीको ठक्करबाट गम्भीर घाइते भएका उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यता बाँकेको कोहलपुर नगरपालिका-११ कृषि चोकमा सुपप्र ०१००१ ख २४३२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको…

Read More

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको छ। छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो। कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए। छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख पोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो। नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९–८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए।

Read More