Author: महेन्द्रनगर पोष्ट

बझाङ: पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर शनिबार पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको हो । जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ५.३ म्याग्निच्युडको रहेको थियो । गत १६ गते ६।३ म्याग्निच्युडकोभ भूकम्प गए यता सो जिल्लामा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेका छन् ।

Read More

बझाङ : गत मंगलबारको भूकम्पपछि परकम्प गइरहेका छन्। ६.३ म्याग्निच्युडसम्मको भूकम्पले जनधनको मात्रै क्षति गरेन, विद्यालयका भवन पनि भत्कायो। जिल्लाका १२ वटै स्थानीय तहमा क्षतिको विवरण केलाउँदा अन्यभन्दा विद्यालयको तुलनात्मक रूपमा बढी छ। विद्यालयमा भएको क्षतिले राज्यलाई भार मात्रै परेन विद्यार्थीको भविष्य पनि अन्योलमा पर्ने देखिएको छ। प्राप्त विवरणअनुसार तल्कोट गाउँपालिकामा ४, जयपृथ्वी नगरपालिकामा ६, थलारामा ४, छबिसपाथिभेरामा २, थलारा गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ४, बित्थडचिर गाउँपालिकामा २, मष्टा गाउँपालिकामा ४ र केदारस्युँ गाउँपालिकाका २ विद्यालयका भवनमा पूर्णरूपमा क्षति भएको प्रारम्भिक रिपोर्ट छ। जिल्लाभरका दुई सयभन्दा बढी विद्यालय भवनहरू चर्किएका छन्। केही ठाउँको रिपोर्ट नै प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले…

Read More

काठमाडौं : सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। आइतबारदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ४२ जिल्लाका ४८ स्थानमा सञ्चालन गर्ने जनाएको हो। सूपथ मूल्य पसलबाट उपभोक्तालाई ७ देखि १० रुपैयाँसम्म राहत पुग्ने भएको छ। सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहने छन्। उपत्यकाबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं,…

Read More

डडेल्धुरा : बझाङको जयपृथ्वी नगरपालिका–१० की राधा बोहरा मंगलबार घरको काम गर्दै थिइन् । २ बजेर ४० मिनेटमा अचानक उनको घर हल्ल्लियो । हतपत उनी बाहिर आइन् । ‘भुइँचालो गएछ क्यारे सोच्यौं’ उनले त्यो क्षण सम्झिइन् । त्यतिबेलासम्म उनको घरमा अलिकता चिरा परेको थियो । तर, केही छिन पछि आएको अर्को धक्काले उनको घर तहसनहस भयो । ‘बाँकीको घर भत्किएको छ । बस्न पनि छैन । खान पनि छैन’ टेन्टमा बसिरहेकी उनले भनिन्, ‘अब सरकारले बनाइदिनुपर्छ ।’ यस्तै विपद् सोही ठाउँका गणेश बोहराको परिवारलाई पनि आइपरेको छ । ‘भूकम्पले बिजोग पारेको छ हजुर । मेरो घर पूरै भत्काएको छ’ उनी…

Read More

काठमाडौँ : यस वर्षको मनसुन शुक्रबार नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ । नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक(-स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

बझाङ : थलारा गाउँपालिका वडा नम्बर ९ का हंसुबहादुर लुहार पहिलेदेखि नै गाउँ–गाउँमा गएर आरनको काम गरी जीविका चलाउँदै आएका छन्। आरनबाट जीविका चलाउन मुश्किल हुन थालेपछि उनी बेलाबेला भारत पनि जाने गर्छन्। भारतका विभिन्न सहरमा मजदुरी गरेर छोराछोरीलाई पढाइ र घरायसी खर्चको जोहो गर्दैगर्दा अघिल्लो वर्ष कात्तिकमा गाउँमा भूकम्प गयो र उनको घर चर्कियो । त्यसपछि उनी घर फर्किए र चर्किएको घर टालटुल गरेर बस्न थाले। अघिल्लो वर्षको भूकम्पको पीडा बिर्सन नपाउँदै गएको मङ्गलवारको ठूलो भूकम्पले उनको घर भत्कियो । अहिले उनीसहित ४ छोराछोरी श्रीमतीको त्रिपालमुनिको बास भएको छ । लुहारले भने, ‘गाउँ–गाउँबाट आरनको काम गरेर जम्मा गरेको अन्नपानी…

Read More

काठमाडौँ : घातक रासायनिक पदार्थको बिक्रीवितरणको व्यवस्थालाई नियन्त्रण गर्ने गरी सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली जारी गरेको छ। खुद्रा रूपमा घातक रासायनिक पदार्थ बिक्रीवितरण हुँदा एसिड आक्रमणलगायतका घटना बढेपछि सरकारले नयाँ कानुन बनाएको थियो। २०७९ असार ३१ गते राजपत्रमा प्रकाशित ऐन अनुसार बिहीबार नियमावली प्रकाशित भएको हो। ऐन पारित भएको १४ महिनापछि नियमावली जारी भएको हो। खरिद–बिक्रीको मौजुदा व्यवस्थालाई व्यवस्थित र कसिलो बनाउने सरकारले रणनीति लिएको छ । बिक्रीको नियमनलाई नियमावलीले जोड दिएको छ। एक लिटरको खरिदलाई पनि प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति अनिवार्य बनाइएको छ।बिक्रेताले दैनिक बिक्रीको परिमाणको जानकारी सरकारले तोकेको विद्युतीय प्रणालीमा पेस गर्नुपर्ने व्यवस्था…

Read More

धनगढी: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ। हिजो (शुक्रबार) राति १० बजेको समयमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जिल्लाको दोधाराचादनी नगरपालिका-६ मा दुर्घटना भएको हो। प्रहरीले म १ प २४६८ नम्बरको मोटरसाइकल र से २ प १४५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको बताएको छ। सो दुर्घटनामा परेर सोही ठाँउ बस्ने २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्। ती अर्का मोटरसाइकलका चालकको अहिले भारतमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

Read More

दार्चुलाः दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिकामा खर काट्ने क्रममा नौगाड–१ दल्याडकी ३२ वर्षीया रेवती ठगुन्ना भीरबाट शुक्रवार लडेर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ। मृतक ठगुन्नाका श्रीमान्, दुई छोरा र दुई छोरी छन्। 

Read More

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकामा खर काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ । आज शुक्रवार दिउँसाे खर काट्ने क्रममा लडेर नाैगाड–१ दल्याडकी ३२ वर्षीया रेवती ठगुन्ना घाइते भएकी थिइन् । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएकाे प्रहरीले जनाएकाे छ । मृतक ठगुन्नाका श्रीमान्, दुई छाेरा र दुई छाेरी छन् । उहाँका छाेरीहरू कक्षा ५ र ३ तथा छाेराहरू कक्षा २ र १ मा अध्ययनरत छन् । अहिले सुदूरपश्चिमका पहाडी जिल्लामा खर काट्ने चटारो छ । घाँस काट्ने क्रममा भिरबाट लडेर वर्षेनी स्थानीयले अनाहकमा ज्यान गुमाउँदै आएका छन् ।

Read More