Author: महेन्द्रनगर पोष्ट

धनगढी: भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ। यहि असार २९ गते बिहान ६ बजेदेखि ३० गते बिहान ६ बजेसम्म बाँधको ढोका खोलिन लागेको हो। उत्तराखण्ड राज्यको धारचुला पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि महाकाली नदी किनारका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। परियोजनाको सिल्ट सरसफाई गर्नका लागि बाँधको ढोका खोलिने भनी एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशनबाट पत्र आएको जिल्ला प्रशासन कार्यालय, बैतडीले जनाएको छ। प्रशासनले सार्वजनिक सूचना निकाल्दै महाकाली नदीको जलस्तर बढ्न सक्ने भएकाले किनारका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। सूचनामा उल्लेख छ, ‘मिति २०८१-०३-२९ गते बिहान ६ बजेदेखि २०८१-०३-३०…

Read More

धनगढी : महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । “शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ”, उनले भने । शनिबार साझँ महाकालीमा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ। पहिरोले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने सडकहरू अवरुद्ध भएका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो गएको छ। जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो। दार्चुलाको शैलेशिखर नगरपालिका–६ पर्नेवासमा पहिरो गएको छ। खोड्पे–दार्चुला मुख्य सडक पहिरोले अवरुद्ध पारेको हो। बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द भएको छ। पहिरोका कारण बैतडीको सिँगास गाउँपालिका–९ बाजपानीमा पनि पहिरो गएको छ। यता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ रुवाखोलामा पहिरो गएको छ। रुवाखोलामा पहिरो गएपछि राजमार्ग बन्द भएको हो। डडेल्धुराको अनारखोलीमा खरु खसेको छ। रुख डलेकाले जोगबुढा–बुडर सडकको आलिताल गाउँपालिका–८ सुनखोलामा सडक अवरुद्ध…

Read More

काठमाडौँ : लगातारको वर्षाका कारण बहाव बढेको बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धारका भएको छ। शनिबार दिउँसो कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको उद्धारको लागि सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको थियो। उद्धार गरिएकाहरुमा हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेको नेपाल प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं.२० विपद् उद्दारगण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १५ परिचालन गरिएको थियो। त्यस्तै सशस्त्रको नं.१८ निलबाराहीगण किर्तिपुरबाट १० जनाको टोली खटाइएको थियो।

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उहाँको निवास बालकोटमा सुरक्षार्थ खटिएको सुरक्षा समूहका प्रमुख तथा इन्सपेक्टर उमेश थापा बितेका छन् । हिजो साँझको खाना खाएर सुतेका उनी आज बिहान नउठेपछि तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । भक्तपुरको गुण्डु निवासी ४२ वर्षे सशस्त्र प्रहरी निरीक्षक थापा अचेत अवस्थामा भेटिएपछि भक्तपुर जिल्ला अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनले प्राण त्यागेको बताइन्छ । बालकोटमा तैनाथ टोलीका एक जना सुरक्षाकर्मीले उनलाई एक सातादेखि सञ्चो नभएको बताएका छन् । मुटुको समस्या थियो कि तर थापा ग्यास्टृक भनेर बसेकाले गएराति ओछ्यानमै केही भएको हुनसक्ने आशंका छ ।…

Read More

काठमाडौं : नेकपा एमालेका नेता भीम रावल उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन् । सहकारी रकम अपचलनपछिको परिस्थितिबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्न व्यक्तिलाई जोगाउन प्रहरी प्रशासन र राजनीतिक दलका शीर्ष नेताहरु लागेको जिकिर गरे । उनले भने, ‘अहिले पार्टीमा केही सोध्न पनि पाइँदैन, भर्खरै नयाँ पार्टी आएको, महामन्त्रीले केके सोध्यो भनेर पार्टीबाटै निकालिदिएछन् । भन्ने बेलामा भयंकर लोकतन्त्र भन्छन् । त्यो स्वर टेलिभिजनमा सुन्दा त नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्ने धर्तीमुनि पस्ला जस्तो, भरे सतहमा आउँदा त नागरिकता हेर्‍यो दुइटा, राहदानी दुइटा, अरु के तीन वटा, त्यसपछि सहकारी ठगी, अनि उसैलाई देशको सबै जिम्मा, उसलाई…

Read More

धनगढी : वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ। ठाउँ–ठाउँमा मुख्य तथा शाखा सडक अवरूद्ध बनेका छन् भने बाढी तथा पहिरोको जोखिमले केही स्थानीयहरूले घर छोडेका छन्। केही स्थानीयका घरमा पूर्ण रूपमा क्षति समेत भएको छ। अवरूद्ध सडकमध्ये बैतडीको सतबाँझ–श्रीभावर सडक एक हो। सुर्नया गाउँपालिका–४ बङसल्लामा पहिरो खसेपछि सडक अवरूद्ध भएको हो। यस्तै बझाङमा पहिरोका कारण जयपृथ्वी राजमार्ग पनि अवरूद्ध भएको छ। शनिबार बिहान राजमार्ग अन्तर्गत तमैलमा पहिरो खस्दा सडक अवरूद्ध भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरत शाहका अनुसार पहिरोलाई हटाउने काम भइरहेको छ। यस्तै पहाडी जिल्लाका ग्रामीण क्षेत्र जोड्ने दर्जनौं शाखा सडक पनि…

Read More

धनगढी: कैलाली कारागारका डेढ सय कैदीलाई स्थानान्तरण गरिएको छ। कैलाली कारागारमा एक सय ५० जना कैदीबन्दी अटाउने क्षमता भएकोमा सात १५ जनालाई राखिएको थियो। उनीहरुलाई त्यहाँ व्यवस्थापन गर्न समस्या भएपछि एक सय ५० जना कैदीलाई बाँकेको नौवस्ता कारागारमा स्थानान्तरण गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए। उनकाअनुसार बिहीबार र शुक्रबार ७५÷७५ जनाका दरले उनीहरुलाई नौवस्ता कारागारमा पुगाइएको हो। कैलाली कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यताका कारण व्यवस्थापनमा चुनौती व्यर्होनुपरेको छ।

Read More

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहीमाथि कुटपिट गर्ने कुलाउ स्वास्थ्य चौकीका सिनियर अहेव पानबहादुर चन्द र मेडिकल सञ्चालक बिरबहादुर चन्दलाई प्रहरीले धरौटीमा छोडेको छ। उनीहरुलाई बैतडी प्रहरीले ३ दिन थुनामा राखेर अस्ति ५/५ हजार धरौटीमा छाडेको हो।  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दिपक गिरीका अनुसार पीडित शाहको उजुरीका आधारमा उनीहरू पक्राउ परेका थिए। अघिल्लो हप्ताको शुक्रबार उनीहरुले शाहमाथि गालीगलौज तथा कुटपिट गरि फरार भएका थिए। उनीहरूले स्वास्थ्य शाखा प्रमुख शाहलाई आफ्नो बारेमा गाउँपालिकामा रिर्पोट पु¥याएको भन्दै कुटेको बताइएको थियो। कुटपिटपछि शाहको कम्मरमा समस्या आएको थियो। बैतडीका विभिन्न स्थानीय तहका कर्मचारीमाथि आर्थिक बर्षको अन्तीममा कुटपिट हुने गरेको…

Read More

धनगढी : धनगढीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ । धनगढी उपमहानगरपालिका-१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेकाे  से३ प५६९५ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर नालमा खसेकाे थियाे । दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका-८ का  कृष्ण चाैधरीकाे शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएकाे प्रहरीले जनाएको छ । पछाडि सवार साेही ठाउँ बस्ने २८ वर्षका यादव चाैधरी सामान्य घाइते भएक छन् ।

Read More