Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका सव–इन्जिनियर अख्तर हुसेनलाई घुससहति पक्राउ गरेको छ । अख्तियारको इटहरीबाट खटिई गएको टोलीले हुसेनलाई सेवाग्राहीबाट एक लाख रुपियाँ घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । फुङलिङ नगरपालिका-४ न्यूरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग एक लाख रुपियाँ घुस मागेको प्रवक्ता घिमिरेले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ले समीकरण फेरिन हल्ला यथार्थ नभएको ब्रिफिङ गरेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता सकारात्मक भएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले यो गठबन्धन लामै समय जाने बताएको जानकारी दिइन् । “बाहिर असझदारी भए भन्ने चर्चा परिचर्चा, हल्ला छन् । ती सबै कुरा असत्य हुन् । त्यस्तो छैन । हाम्रो छलफल अत्यन्तै सकारात्मक ढंगले अघि बढिरहेको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भनिन्, “यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।” उनले सरकार यसरी नजाओस् भन्नेहरूले गलत सूचना…

Read More

काठमाडौँ : अदालतले तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैदको फैसला सुनाएको छ। जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचारको कसुरमा सोमबार यस्तो फैसला सुनाएको हो। जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ती भराउन समेत आदेश गरेको स्रेस्तेदार सदन अधिकारीले बताए। यसअघि भण्डारीकै इजलासले असार १० गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज सोमबारका लागि पेसी तोकेको थियो। बमजनलाई सीआईबीले २०८० पुस २४ गते काठमाडौँबाट पक्राउ गरेर कारबाहीका लागि सर्लाही पठाएको थियो। जिल्ला अदालत सर्लाहीले पुस २७ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

Read More

धनगढी : डडेल्धुराको एक निजी विद्यायलको छात्रवासमा विद्यार्थीमाथि निर्घात कुटपिट भएको पाइएको छ । अमरगढी नगरपालिका–५ मा रहेको क्याम्ब्रिज पब्लिक स्कूलको छात्रवासमा रहेका दुई जना विद्यार्थीहरुलाई एक शिक्षकले कुटपिट गरेर घाइते बनाएका हुन् । घाइते विद्यार्थीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गृहकार्य नगरेको भन्दै विज्ञान विषयका शिक्षक महेश नाथले होस्टेलमा रहेका विद्यार्थीलाई कुटेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता वीरबहादुर थापाले बताए । विद्यार्थी कुट्ने शिक्षक अहिले प्रहरीको नियन्त्रणमा छन् । घाइते हुनेमा सिगास गाउँपालिका २ बैतडी घर भएका १२ वर्षका भुपेन्द्र धामी र डडेल्धुराको अमरगढी नगरपालिका ३ का १३ वर्षका विद्यार्थी बिवेक बोहरा रहेको प्रहरीले जनाएको…

Read More

धनगढी : कञ्चनपुरमा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा जिप दुर्घटना भएको हो। म १ च ५७७ नम्बरको जिप सोमवार दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भीमदत्त नगरपालिका–१२ का ३७ वर्षीय नरेश जोशी घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउन भने बाँकी नै रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: हालको सरकार र सत्तारुढ गठबन्धन ढल्ने चर्चाकाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी र सरकारको नेतृत्व गरिरहेको दलका अध्यक्ष एवं प्रधानमन्त्रीबाटैसमेत प्रधानमन्त्री पदको अफर आएको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओलीलाई प्रधानमन्त्री अफर गरेको र गोप्य सहमति भएको चर्चा चुलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री अफर गरेका हुन्। स्रोतहरूका अनुसार कांग्रेस एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको छ। सोही अनुरुप कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठकमा संसदको बाँकी साढे तीन वर्षको अवधिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरी समझदारी बन्न लागेको हो। जसमा…

Read More

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिकाको गाडीमा तोडफोड भएको छ। आज (सोमबार) महेन्द्रनगर क्षेत्रमा रहेका खोकाछाप्रा उद्दार समितिमा आबद्ध मजदुरले नगरपालिकाको गाडीमा तोडफोड गरेका हुन। आज भीमदत्त नगरपालिकाको टोली घर तथा टहरा हटाउन स्काभेटर लगेर गएको थियो। खोकाछाप्रा उद्दार समितिमा बस्दै आएका मजदुरले स्थानीय सरकार दमनमा उत्रिएको भन्दै स्काभेटर फकाई दिएका थिए। खाली गरेका घर तथा टहरा हटाउन अवरोध नगर्न अनुरोध गर्न गएका भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष शुशिल भट्ट र आफुमाथि खनिएका उनीहरुले गाडीमासमेत तोडफोड गरेको भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले बताए। भिडले प्रवक्ता अवस्थी र भट्ट चढेर गएको बा २ झ ३८८९ नम्बरको जिपमा तोडफोड गर्दा क्षति पुगेको छ।

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ। नाउपा सुदूरपश्चिमका संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई पत्र काटेरै फिर्ता बोलाएको जानकारी दिए। उनका अनुसार उनीहरू फिर्ता नआए कारबाही गरिने छ। उता मन्त्री कैलाशले भने आफू फिर्ता नहुने र पार्टी केन्द्रको निर्देशनअनुसार चल्ने उनको भनाई छ। सुदूरपश्चिममा नाउपाका कैलाश चौधरी र टीका थापा मन्त्री छन्। चौधरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री र थापा कृषि तथा भूमि सुधारमन्त्री छन्। उनीहरू नाउपामा रञ्जिता श्रेष्ठ पक्षका हुन्। तर आजमात्रै रञ्जितालाई दलको नेताबाट हटाएर गङ्गा चौधरीलाई नेता चयन गरिएको छ। यसअघि प्रमुख सचेतक रहेका चौधरीलाई बहुमत सांसदले संसदीय दलको…

Read More

काठमाडौं : पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुवास जोशी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ स्तरीय बैठकले जोशीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यसअघिका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरिदिएको थियो । पुनको योग्यताका सम्बन्धमा प्रश्न उठाउँदै पशुपति क्षेत्र विकास कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कामकाज नगर्न नगराउन भनि अन्तरिम आदेश जारी गरेको थियो ।

Read More

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई ‘अलर्ट’ रहन निर्देशन दिएका छन्। नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनाउने चर्चा भइरहेका बेला ओलीले आफ्ना मन्त्रीहरूलाई ‘अलर्ट’मा रहन निर्देशन दिएका हुन्। अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच बालुवाटारमा छलफल चलिरहेको छ। प्रधानमन्त्री दाहालसँगको कुराकानी आफू अनुकूल हुन नसकेमा ओलीले आफ्ना मन्त्रीहरूलाई आजै राजीनामा गराउन सक्ने स्रोतले बताएको छ। एमालेबाट सरकारमा सहभागी एक मन्त्रीका अनुसार उनीहरूलाई आज सोमबार टाढा नजान निर्देशन दिएका छन्। ती मन्त्रीका अनुसार ओलीले साँझ साढे ६ बजे आफ्नो केही कुरा भन्ने बताएका छन्। ओलीको उक्त निर्देशनपछि एमालेका मन्त्रीहरू दिनभर…

Read More