Author: महेन्द्रनगर पोष्ट

धनगढी : डडेलधुराको अजयमेरु गाउँपालिका ६ देवल दिब्यपुरका २६ वर्षीय पदमसिंह खड्काको ब्लड क्यान्सरका कारण हिजो राति मृत्यु भएको छ। उनी केही समयदेखि काठमाडौंको पाटन हस्पिटलमा उपचाररत थिए। खड्का नेपालकै एक होटलमा म्यानेजरको रूपमा कार्यरत थिए। उपचारका क्रममा लामो समयदेखि संघर्ष गरिरहेका खड्कालाई बचाउन चिकित्सकहरूले सक्दो प्रयास गरेका थिए तर अन्ततः उनको ज्यान जोगाउन सकेनन्। उनको अन्तिम संस्कार आज नै गरिने छ।

Read More

धनगढी : दाङमा नेपाली सेनाका जवानले श्रीमतीको हत्या गरेका छन् । शुक्रबार बिहान सवा ८ बजेतिर तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा श्रीमती २७ बर्षीया टीका बुढाथोकीको हत्या पछि उनी फरार भएका हुन । खुकुरी प्रहार गरि शालिकरामले श्रीमति टीकाको हत्या पछि फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीको आरोप छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

Read More

धनगढी : कञ्चनपुरमा कारगारका कैदी र एक प्रहरी र कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेको घटनामा प्रहरी कारबाहीमा परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीले प्रहरीले व्यवसायिक अनुशासन कायम नराखेको र गम्भीर त्रुटि गरेको भन्दै कारबाही गर्न निर्देशन दिएका हुन्। डीआइजी केसीको निर्देशनमा कैदीसँग भेटिएका हवल्दार रामसिंह धामीलाई निलम्बन गरिने भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले हवल्दार धामीलाई गैरजिम्मेवार र गैरव्यवसायिक काम गरेको भन्दै ६ महिना निलम्बन गरिएको जानकारी दिए। उनका अनुसार घटनाको विस्तृत छानबिनसमेत भैरहेको छ। हिजो (बिहीबार) मात्रै कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार धामी र कारागारका…

Read More

जनकपुरः मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेश गरेका छन्। शुक्रबार बिहान मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनमत पार्टीसहित ६ राजनीतिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गरेका हुन्। १०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुख भण्डारीसमक्ष पेस गरिएको दाबीमा सिंहलाई ५५ सांसदको समरथन रहेको जनाइएको छ। सिंहलाई एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसदको समर्थन रहेको छ। प्रदेशप्रमुख भण्डारीले शुक्रबार विहान १० बजेसम्म संविधानको धारा १६८ को उपधारा २…

Read More

काठमाडौंः देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र गण्डकी प्रदेशका केही पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले उल्लेख गरेको छ। महाशाखाले आज मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको उल्लेख गरेको छ। त्यसबाहेक कोशी, बागमती र गण्डकीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने उल्लेख छ भने यी प्रदेशका केही पहाडी भूभागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना पनि छ।

Read More

काठमाडौं : फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेन्टस् (युएई) विरुद्धको दोस्रो लेगको पहिलो हाफमा नेपाल २–० ले पछि परेको छ।  साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा खेलको पहिलो हाफ सकिदा नेपाल २–० ले पछि परेको हो।  यूएईका लागि दुबै गोल हरिब अब्दुल्लाह सुहेलले गरे। खेलको १२औँ मिनेटमा हरिब अब्दुल्लाह सुहेलको हेडर गोलमा युएईले सुरुवाती अग्रता बनाएको थियो। अब्दुल्लाह एड्रिसको क्रसमा उनले आकर्षक हेडर गोल गरेका हुन्।  त्यसको दुई मिनेटमा नै सुहेलले दोस्रो व्यक्तिगत गोल गर्दै युएईको अग्रता दोब्बर पारे। उनले अलि सलेहको पासमा बललाई पोष्टको जाली चुमाएका थिए। खेलको २१औँ मिनेटमा मोहम्मद…

Read More

धनगढी : नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा बाजुराला पदम ओली नियुक्त भएका छन् । नेपाल सरकार उद्योग मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्को बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । उद्योग मन्त्रालयले ओली सहित सिर्जना श्रेष्ठ र संजयलाल मानन्धरलाई सिफारिस गरेको थियो ।   सिफारिस गरिएका ३ जना मध्ये बाजुराका पदम ओलीलाई नियुक्ति दिने मन्त्री परिषदको बैठकले निर्णय गरेको हो । १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै ओली सहीत तीन जना पहिलो चरणमा सिफारिस भएका थिए । महाप्रबन्धकका लागि मन्त्रालयले जेष्ठ २२ गते सिफारिस गरेको थियो । मन्त्रीपरिषद्को बैठकले २ दिन पछि नियुक्तिका लागि निर्णय गरेको हो ।  ओली नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टले केही दिन यता कञ्चनपुर जिल्लामा प्रहरीको गतिविधि लगायतको अनुगमन थालेका छन्। एसएसपी बिष्टले अस्ति २१ गतेका दिनदेखि अनुगमन एवं निरीक्षण थालेका हुन्। बिष्टले अस्ति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आन्तरिक तथा बाह्य निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरु तथा मातहत प्रहरी इकाईका युनिट इन्चार्जहरुलाई शान्ती सुरक्षा, अपराध अनुसन्धान, अवैध चोरी निकासी पैठारी नियन्त्रण, लागू औषध ओसार पसार नियन्त्रण, वन पैदावार कटान ओसार पसार, खानी तथा नदि जन्य पदार्थहरुको उत्खनन् ओसार पसार नियन्त्रण लगायतका बिषयहरुमा निर्देशन दिएका थिए। यस्तै उनले सिमावर्ती अपराध र तस्करी नियन्त्रणमा शुन्य सहनसिलताको नीति अपनाई उपलब्धीमुलक ढंगले कार्य गर्न…

Read More

काठमाडौं : नेपाली सेनाका महासेनानी दिरेन्द्र कुमार मल्ललाई सैनिक प्रहरीले हिरासतमा लिएको छ । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ललाई सेनाले सैनिक हिरासतमा राखेको हो । चार महिनाअघि सैनिक सल्लाहकारको रुपमा न्यूयोर्क पुगेका मल्ललाई गत आइतबार सैनिक हिरासतमा राखिएको सैनिक स्रोतले जानकारी दियो । प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई न्यूयोर्कबाट फिर्ता बोलाएर सैनिक हिरासतमा राखिएको छ । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि फिर्ता बोलाएर अनुसन्धान सुरु गरिएको सेनाका एक उपरथीले बताए । मल्ल ३१ बेसिकका सैनिक अधिकृत हुन् । उनी प्रक्राउ परेको बारे सेनाले अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएको छैन ।

Read More

काठमाडौं : सर्वोच्च शिखर सगरमाथा सफल आरोही  सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी सङ्घले आज काठमाडौँमा सम्मान गरेको छ । उनले यही जेठ ७ गते बिहान १०ः२० बजेको समयमा सगरमाथाको चुचुरोमा नेपाल र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए ।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पहिलो पटक सङ्गठनका तर्फबाट  सगरमाथा आरोही पौडेलले हिमाली भेग तथा ‘हाई अल्टिच्युड’का भू–भागमासमेत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कर्मचारीलाई सीमा सुरक्षार्थ थप अभिप्रेरित गरेको  बताए । उनले नेपालको सीमा सुरक्षा गर्ने कार्यदेश बोकेको सशस्त्र प्रहरी बल नेपालले उच्च जोखिम एवं जस्तोसुकै परिस्थितिमा पनि हामीले आफूलाई जित्न सक्यौँ भने असम्भव भन्ने केही पनि…

Read More