Author: महेन्द्रनगर पोष्ट

बारा: बारामा एक जना शिक्षकमाथि गोली प्रहार भएको छ। मोटरसाइकल चढेर आएका व्यक्तिहरूले बाराको कलैया उपमहानगरपालिका- ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार गरेका हुन्। उनको टाउको र घाँटीमा गोली लागेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। गोली लागेर घाइते भएका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको छ।

Read More

दाङ : दाङमा अस्पतालको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका १९ वर्षीय विवेक नेपाली पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका–१७ का नेपाली मोवाइल चोरी गरेको अभियोगमा शनिबार पक्राउ परेका थिए। सोमबार बिहान साढे ९ बजे उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगिएको थियो। शौचालय जाने भन्दै उनको हतकडी समेत खोलिएको थियो। पछि उनी प्रहरीलाई छलेर भागेका थिए। उनी घोराही-१८ नवलपुरको नाला छेउमा लुकेर बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

Read More

दार्चुला: दार्चुलाको गोकुलेश्वर पुलबाट खसेर एक पुरूष चमेलियामा बेपत्ता भएका छन्। शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर स्थित पुलबाट खसेर एक पुरूष बेपत्ता भएको स्थानीय कालू चन्दले जानकारी दिए। पुलबाट खसेर चमेलियामा बगेका पुरूषको पहिचान खुल्न बाकी छ भने अवस्था अज्ञात रहेको स्थानीयले बताएका छन्।

Read More

काठमाडौं : अभ्यासका क्रममा घाइते भएका नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटका सबै खेल गुमाउने सम्भावना बढेको छ।  सोमबार बिहान त्रिवि मैदानमा सिंगापुरविरूद्धको खेलअघिको अभ्यासका क्रममा उनको कुर्कुच्चामा चोट लागेको थियो। त्यसपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्‍याइएको थियो। अस्पतालबाट फर्केका दीपेन्द्र वैशाखी टेकेर त्रिवि मैदान आएका थिए। उनको खुट्टामा चोट लागेको कारण सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरविरूद्धको खेल गुमाएका थिए। तर, उक्त खेलमा सिंगापुरविरूद्ध नेपालले ८ विकेटको जित निकालेको थियो। अब नेपालले एक साताभित्र बढीमा चार र कम्तीमा दुई खेल खेल्नेछ। नेपालले भोलि मलेसिया र बिहीबार ओमानसँग खेल्नेछ। त्यसपछि शुक्रबार सेमिफाइनल र आइतबार फाइनल…

Read More

धनगढी : बैतडीमा १८ वर्षीया किशोरीलाई पीडक किशोरले घरमै बोलाएर कुकर्म गरेको पाइएको छ। पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय पीडकले राति घरमा बोलाएर जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको बैतडीका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए। ती किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भनेर पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो। सोही उजुरीको आधारमा किशोरलाई गएराति नै प्रहरीले पक्राउ गरिसकेको छ। पीडक र पीडित दुबै दलित समुदायका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ।

Read More

डडेल्धुरा : डडेल्धुराका एक व्यक्ति  दिउँसै राँको बालेर न्याय खोजी रहेका छन्। जिल्लाको परशुराम नगरपालिका- ३ (बुङा) शीर्षका दत्तराम पाण्डेय न्यायकाे खाेजीमा दिउँसै राँको बालेर न्याय खोजी रहेका हुन्। पाण्डेय आफ्नो जमिन फिर्ता पाउ भन्दै विगत लामो समयदेखि आन्दोलित छन्। परशुराम नगरपालिका- ४ सुनखर्कमा रहेको परिगाउँ नहरको मुलदेखी पूर्व, सुनखर्कदेखी पश्चिम, रज्यौडा बस्तीदेखी दक्षिण र रगुन नदीदेखी उत्तरमा रहेको २०५३ सालदेखी भोगचलन गर्दै आएको करिब चार विगा जमिन आफ्नो भएको र उक्त जमिन फिर्ता पाउँ भन्ने उनको माग छ। ‘२०५३ सालमा मेरो परिवारसहित स्थानीयहरुले सुनखर्कमा खनजोत र टहरा निर्माण गरेका हौं,’ उनले भने, ‘अरु स्थानीयको जमिन भोगचलनमा रहेको भए पनि मेरो…

Read More

काठमाडौं : सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। हिजो सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ।

Read More

काठमाडौं : कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटमा ८४ रनको सानदार साझेदारी गरेपछि नेपालले ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले १ सय ४६ रनको लक्ष्य १६.३ ओभरमै पूरा गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । कुशलले ७४ रन बनाए । नेपाललाई विजयका लागि ५ रन आवश्यक भएको समयमा उनले लङ अफमा क्याच दिए । ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । कुशल र आसिफले नौ ओभरमै ८४ रन जोडी विजयको आधार बनाएका थिए । १० औं ओभरको पहिलो बलमा अक्ष्य पुरीले आसिफलाई बोल्ड गरि…

Read More

बैतडी : बैतडीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन्। पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

बैतडी :  बैतडीको पाटनमा आइतबार देखि सुरु भएको तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल)मा तीन खेल हुने छन्। पहिलो खेलमा टिम क्वालिटी कैलपाल, दशरथचन्द प्रतिष्ठान दोस्रोमा भुमेश्वर युवा क्लब र सहस्त्र लिङ्ग क्रिकेट क्लब र तेस्रोमा मेलौली नगरपालिका एवं ग्वाल्लेक क्रिकेट क्लब आमनेसामने हुनेछन्। १७ टोली सहभागी प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार एक सय ११ र द्वितीय हुने टिमले रु ५५ हजार पाँच सय नगदसहित ट्रफी पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Read More