Author: महेन्द्रनगर पोष्ट

जीवन विष्ट, धनगढी: कैलालीको चुरेकी निर्मला बोहराको दैनिकी अचेल सडकमै बित्छ। खानीडाँडाको सडक क्षेममा त्रिपालको टहरोमा उनी लालाबाला सहित बस्छिन्। दुई छोरी र एक छोराको लालन–पालनसँगै विद्यालय पढाउन श्रीमान् भारतमा मजदुरी गर्छन्। भारतबाट पठाएको तलबले उनको झुपडीमा चुलो बल्छ। २०७७ मा आएको पहिरोले घर खेत लगेपछि बिचल्लीमा छ उनको परिवार। घरबास नरहेपछि केही दिन आफन्तकोमा बास बसेका उनीहरूले अहिले सडक छेउँमै अस्थायी रूपमा बसोबास गरिरहेका छन्। ‘घर खेत पहिरोले लग्यो। खाने गाँस बस्ने बास छैन। कसरी बाँच्नु हामी ? ४ वर्षदेखि सडकमै छौँ, कुनै निकायले हेरेको छैन हामीलाई,’ उनले भनिन्। निर्मला जस्तै दर्जनौँ परिवार भीमदत्त राजमार्गस्थित खानीडाँडा क्षेत्रको सडकमा टहरो…

Read More

काठमाडौँ: नेपालले मल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स अन्तिम ओभरमा मात्र ७४ रनमा अलआउट हुन पुगको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो। आजको खेलमा अभिनाश बोहराले ६ विकेट लिए।नेपालको जीतमा नायक बनेका अभिनाशले दुई वटा ओभरमा ३–३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न ठुलो योगदान दिए। उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ५ विकेट लिए। सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए।

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। हिजो(शनिबार) राति धनगढी उपमहानगरपालिका–३ शान्तिटोलबाट २०० मिलिग्राम लागूऔषधसहित २३ वर्षीय विकाश चौधरी र कैलालीको चुरे गाउँपालिका–५ का २४ वर्षीय दिपक अर्खालीमगर पक्राउ परेका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ: मात्र २३ रनमा माल्दिभ्सले छैटौँ विकेट गुमाएको छ । नेपालले प्रस्तुत गरेको २१३ रन पछ्याउने क्रममा माल्दिभ्सले नवौँ ओभरमा छैटौँ विकेट गुमाएको हो । सन्दीप लामिछानेले माल्दिभ्सको छैटौँ विकेट लिए । यसअघि, अभिनाश बोहराले ३ विकेट लिएका थिए भने गुल्शन झा र सोमपाल कामीले १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र ३ छक्का हिर्काए ।  माल्दिभ्सविरुद्धको खेलमा…

Read More

बैतडी: बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको शनिबार भिरबाट लडेर मृत्यु भएको हो। दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन्। भिरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्। 

Read More

धनगढीः  प्रथम सुदूरपश्चिमश्री शारिरीक सुगठनको उपाधि लक्ष्मीदत्तपन्त र सुनिल चन्दले प्राप्त गरेका छन्। सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगिता अन्तरगत शारिरीक सुगठन विधामा चन्द र मेन्स फिजिकतर्फ पन्तले उपाधि पाएका हुन्। यस्तै शारिरीक सुगठन विधामा दितिय पुरस्कार आर्यान शाही, तृतिय अर्जुन साउद र शान्त्वना अनिल सेरलाले प्राप्त गरेका छन भने मेन्स फिजिकतर्फ दितिय पुरस्कारतर्फ अजय रिजाल, तृतिय अमृत रावत र शान्त्वना सन्देश शाहले प्राप्त गरेका छन्। प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही नगद २५ हजार पुरस्कार प्रदानगरिएको छ । यस्तै दुवै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार पुरस्कार दिइएको छ ।…

Read More

काठमाडौं: स्वास्थ्यका हाकिमलाई उनकै कर्मचारीसँग डेटिङ गएको अवस्थामा फेला पार्ने पत्नीले मुख खोलेकी छिन्। झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमती आएकी थिइन्। केही दिनअघि नगरमा कार्यरत सिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा फेला पारेपछि बबाल भएको थियो। तर, हिजो(शनिबार) भने हाकिमकी पत्नी प्रतिमा कोइराला बस्नेतले उक्त दिन आफू अवेशमा आएको र मिडियामा आएको जस्तो डेटिङ नभएको बताएकी छिन्। आफूले सो दिन आवेशमा आएर श्रीमानसँग भेटिएकी युवतीलाई नानाथरी गाली गरेको भन्दै उनले आत्मअलोचना गरेकी छिन्। उनले एक भिडियोमा श्रीमान र उनकै महिला…

Read More

कैलाली: नेकपा एमाले सुदूरपश्चिमको अध्यक्षमा अहिलेसम्म कृष्णप्रसाद जैसी र बचनबहादुर सिंहले दावी गरेका छन्। तर, केन्द्रीय सदस्यद्वय लालबहादुर थापा र झपट रावललाई समेत अध्यक्षमा उठ्न दवाव सिर्जना गर्न थालिएको छ। यदि उनीहरु मैदानमा आएनन् भने उपाध्यक्ष कमल तिमिल्सेना पनि भिड्ने चर्चा अहिले चलेको छ। असोज २१ र २२ गते हुने पहिलो प्रदेश अधिवेशनका लागि ५३ हजार २५२ पार्टी सदस्य र जनसंगठनबाट गरेर झण्डै ६ सय प्रतिनिधि छानिने दाबी गरिएको छ। यस्तै ९० हजार सदस्यमध्ये ४७ हजारले नवीकरण गरेको र पाँच हजार नयाँ थपिएको नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले बताए।  

Read More

कैलाली: कैलालीको एक निजी घरभित्र जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। कैलालीको गोदावरी नगरपालिका–१ का ६० वर्षीय दुर्गा घलेको घरभित्र जुवातास खेलिरहेको अवस्थामा घलेसमेत ९ जनालाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले नगद ५५ हजार रुपैयाँ र ५ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More