Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात आज कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।ग्रहणका बेला नित्य कर्म गर्नुहुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए । यो चन्द्रग्रहण वि.सं. २०८० मा…

Read More

काठमाडौं: नेपाल प्रहरीका प्रहरी निरीक्षक कैलाश लिम्बुले भारतमा ‘बिएसएफ ट्रफि फोर प्रोफिसेन्सी इन आउटडोर’ उपाधि हाँसिल गरेका छन्। भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडमीमा सञ्चालित ‘आएपियस ७५ आरआर’ समूहमा सहभागी उनलाई उक्त उपाधि दिइएको हो।

Read More

कैलाली : कैलालीको गोदावरी नगरपालिकाले २४ जना कर्मचारी माग गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदहरुमा २४ जना कर्मचारी माग गरेको हो। करार सेवाका लागि खुलाइएको विज्ञापनमा १५ दिन भित्र आवेदन दिन भनिएको छ । आवेदन फारम नगरपालिकाको वेवसाइटमा राखिएको छ।

Read More

काठमाडौं: आज आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्नेको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउने धार्मिक विश्वास छ । माता दुर्गाका तीन वटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल…

Read More

काठमाडौँ :”हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

बैतडी : बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि सुरु हुने पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । कूल १७ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल कात्तिक १२ गते दशरथचन्द प्रतिष्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए । सोही दिन मेलौली नगरपालिका र टिम क्वालिटी कैलपालबीच पनि खेल हुने आयोजकले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख गरिएको छ । चारवटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह विजेता र समूह उपविजेता क्वालिफायर राउण्डमा प्रवेश गर्ने छन् । प्रतियोगिताका सबै खेल श्रीकृष्ण माविको खेलमैदानमा हुनेछन् । प्रथम हुने टिमले रु. एक…

Read More

दाङ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। चितवनको भरतपुर महानगरपालिका– १२ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका राँझामा डेरा भाडा गरी बस्ने ३७ पर्षीय मोहन कोइराला पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार कोइरालालाई सार्वजनिक गरेको हो। बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार पक्राउ परेका कोइरालाले आफूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै सरकारी कार्यालय तथा विभिन्न संघसंस्थाबाट सुविधा लिँदै आएका थिए। ‘कुनै कार्यालय वा संघसंस्थाका कर्मचारीको कमजोरी पत्ता लगाई उनीहरूसँग रकम बार्गेनिङ गरी असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी डाँगीले भने, ‘पक्राउ परेका व्यक्तिउपर थप अनुसन्धान हुन…

Read More

कैलाली : बाजुरामा पाँचौँ छेडेदह कप फुटबल प्रतियोगिता भोलि (शनिबार) बाट सुरु हुने भएको छ । छेडेदह स्पोर्टस क्लबको आयोजनामा गर्न लागेको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लको सर्वाधिक धनराशिको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । खेल अवधिभर खेल क्षेत्र आसपासका पसलहरू र बजार क्षत्रमा मदिरा बिक्री वितरणमा पूर्ण रुपमा बन्द गर्ने सहमति समेत भएको छ । आयोजक र स्थानीय व्यापारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूबीच भएको सहमति अनुसार खेल अवधिभर सात दिनसम्म मदिरा बिक्री वितरणमा गर्न रोक लगाइएको हो । भोलिदेखि सुरु हुने प्रतियोगिता १७ गतेसम्म जारी रहने छ ।प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ३५ हजार ३३५ रुपैयाँ…

Read More

काठमाडौँ : नेपाल सरकारको परराष्ट्र मन्त्रालयले चरमपन्थी समूह हमासले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ । जोशी गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमला भएको दिनदेखि बेपत्ता छन् र उनको ठेगाना अझै अज्ञात छ। परराष्ट्र मन्त्रालयले गाजामा दुईजना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । मन्त्रालयले उनीहरुको रिहाइको लागि कतार राज्य र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।

Read More

गाजा : गाजापट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र शहरहरूमा गाजा-सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप गाजाविरुद्धको आक्रमणलाई तीव्रता दिएको छ । उसले सीमित भूमिगत अपरेशनहरू पनि शुरु गरेको छ, जसबाट इजरायलमा कम्तीमा एक हजार ४०० जनाको ज्यान गएको छ ।

Read More