Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः डडेल्धुरामा एक व्यवसायी बेपत्ता भएका छन्। सोमबार बिहानदेखि परशुराम नगरपालिका–५ परीगाउँका ५३ वर्षीय खेमसिंंह प्वाली बेपत्ता भएका हुन्। बेपत्ता प्वालीको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा र मोबाइल परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय जेगबुढाका इन्चार्ज सुरज रोकायाले बताए। उनले महाकाली नदीमा हामफालेको आशंकामा सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर १५ जनाको टोली खटिएको उनले बताए।

Read More

काठमाडौं: विवादित सहसचिव राजेश्वर ज्ञवाली उद्योग मन्त्रालयमा सरुवा भएका छन्। निजामती क्षेत्रमा राजस्वमाराको आरोप खेप्दै आएका ज्ञवालीको हिजोमात्र सरुवा भएको हो। उनले अब उद्योगतर्फ सेटिङमा विभागहरुतर्फ डीजी बन्न पावर लगाएर सरुवा गराएको आरोप लागेको छ। यस्तै उनले त्यसका लागि मन्त्री दामोदर भण्डारीलाई रिझाइरहेको पनि बताइन्छ। कालो काङ्ग्रेस भनेर चिनिने उनले अहिले सरुवामा पनि मोटो रकम कबोलेर उद्योगमा पुगेको बुझिएको छ। विवादित ज्ञवाली उनै सहसचिव हुन्, जो तत्कालीन समयमा काठमाडौंका पुर्व मेयर विध्यासुन्दर शाक्यलाइ अख्तियार पुर्याउने भूमिकामा थिए। उनी काठमाडौं महानगरको प्रमुख कार्यकारी अधिकृत भएका बेला मेयर शाक्यसहित आफू अख्तियारको फन्दामा परेका थिए। उनै ज्ञवालीसहित हिजो सरकारले ४० सहसचिवको सरुवा गरेको…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले भान्सेमा आफ्नै श्रीमतीलाई नियुक्त गरेको खुलेको छ। साउन २२ गते मन्त्री नियुक्त भएका लक्ष्मणकिशोरले श्रीमती सरस्वती चौधरीलाई भान्सेमा नियुक्त गरेको पाइएको हो। नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित लक्ष्मणकिशोर यसअघि केही समयका लागि सामाजिक विकास मन्त्री समेत बनेका थिए। यस्तै सुदूरपश्चिमका अन्य मन्त्रीहरुले पनि आफन्त, भाइ भतिजा छोरी बुहारीहरुलाई नै सरकारी नियुक्ति दिएका छन्।

Read More

धनगढी: गृहमन्त्री रमेश लेखकले निजी सचिव परिवर्तन गरेका छन्। लेखकको निजी सचिवबाट कञ्चनपुरका तत्कालीन सहायक सिडिओसमेत रहेका धर्मराज जोशी हटाइएका हुन्। गृहजिल्लामा सहायक सिडिओ रहेका उनलाई मन्त्री भएपछि गृहमन्त्री लेखकले निजी सचिवमा नियुक्त गरेका थिए। तर ककेही समय अगाडी उनको स्थानमा बद्री तिवारीलाई ल्याइएको बताइएको छ। निजी सचिवको जिम्मेवारीबाट अलग भएका जोशी हाल अध्यागमन विभागमा गएका छन्। र, यो पनि: कञ्चनपुरका सहायक सिडिओ जोशी गृहमन्त्रीको निजी सचिव नियुक्त

Read More

धनगढी: कैलालीको धनगढीबाट दुई लाख बढीको चिनी बरामद गरिएको छ। भन्सार छलेर चिनी ल्याइरहेका दुई जनालाई पक्राउ गरिएको छ। मध्यराति परिचालित सशस्त्र प्रहरी बल नेपालको टोलीले दुई लाख बढीको भन्सार छलीका सामानसहित दुई जनालाई पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका- १८ फुलवारीस्थित थापाघाट सीमा इलाकाको बाटो हुँदै भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ भित्र्याइरहेको दुई सय ५० किलो चिनी र सो चिनी बोक्न प्रयोग गरिका मोटरसाइकल तथा तीन वटा साइकल बरामद गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक धनबहादुर नाथको कमाण्डमा खटिएको टोलीले तस्करीमा संलग्न धनगढी उहानगरपालिका-१८ बस्ने सुरज बिष्ट र २९ वर्षीय हरिष बिकलाई पनि पक्राउ गरेको छ। तस्करीमा संलग्न दुबै जनालाई…

Read More

काठमाडौं: नेपाल प्रहरीमा रिक्त एआइजी पदमा बढुवामा सिफारिससँगै तल्लो तहमा पनि बढुवाको सरगर्मी बढेको छ। बढुवाका आकांक्षीहंरु शक्तिकेन्द्र धाउन थालिसकेका छन्। खासगरी डिआईजी र एसएसपी बढुवामा ठूलो रस्साकस्सी छ। हाल प्रशासनतर्फ डिआइजीका चार र एसएसपीका १२ पद रिक्त छन्। एआइजीमा बढुवा सिफारिस भएकी किरण राणाले १६ कात्तिकमा अवकाश पाएपछि डिआइजीका ५ पद रिक्त हुनेछन्। ११ कात्तिकमा डिआइजी राजेश बास्तोलाले अवकाश पाउने भएकाले त्यसबेला डिआइजीको थप एक पद रिक्त हुनेछ भने एआइजी रामदत्त जोशीले १८ कात्तिकमा अवकाश पाउनेछन् । जसअनुसार तिहारपछि डिआइजीका सात पद रिक्त हुने छन् । जसकारण डिआइजीको बढुवा भने तिहारपछि मात्र हुने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए…

Read More

दार्चुलाः भन्सार छलेर ल्याएको सामान पसलबाट बरामद गरेको विरोधमा दार्चुलाको सदरमुकाम खलंगाका व्यापारीले नेपाल–भारत जोड्ने झोलुंगे पुलमा ताला लगाएका छन्। उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्वमा व्यापारीहरूले जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा ताला लगाएका हुन्। प्रहरीको सुरक्षा रहने पुलमा व्यापारीले सोमबार ताला लगाएका छन्। भन्सार तिरेर भित्र्याइएको सामानलाई प्रहरीले अवैध भन्दै छापा मारेर बरामद गरेको भन्दै पुलमा ताला लगाएको व्यापारिकको भनाई छ। उद्योग वाणिज्य संघ दार्चुलाका कार्यवाहक अध्यक्ष विशनसिंह बोहराले पटक–पटक प्रहरीले व्यापारीहलाई दुःख दिएकाले तालाबन्दीमा उत्रिनु परेको बताए। सुरक्षाकर्मीले सामानको भन्सार तिर्न लगाउने र फेरि आफैं व्यापारीको पसल बन्द गराएपछि छापा मार्न आउने बोहराको आरोप छ। आइतबार साँझ…

Read More

बैतडी: पञ्चेश्वरकी एक १७ वर्षीय किशोरी बेपत्ता भएको १२ दिन पुगेको छ। किशोरी बेपत्ता पारेको आरोपमा स्थानीय प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार थुनामा छन्। पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी किशोरी बेपत्ता पारेको आरोपमा मुछिएका हुन्। हवलदार जोशीलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए। उनले भने, “किशोरीका आफन्तले दिएका जाहोरी अनुसार प्रहरी हवलदारमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ । किशोरीको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।”    गएको असोज २५ गते बिहान प्रहरी हवलदारलाई भेटेपछि ती किशोरी बेपत्ता भएको किशोरीका आफन्तले बताएका…

Read More

धनगढी: धनगढीका विभिन्न स्थानमा प्रहरीकै सेटिङमा जुवाखालहरु चल्ने गरेको आरोप लाग्दै आएको छ। उसो त सेटिङमात्र होइन, प्रहरीकै कार्यालय, गेष्टहाउस तथा ब्यारेकभित्र पनि बेलाबखत जुवा भैरहन्छन् भन्ने गरिन्छ। केही समय अगाडि त धनगढीका ठूला व्यवसायीका होटल तथा राष्ट्र बैंकको गेष्ट हाउसभित्र पनि जुवा हुने गरेको बताइएको थियो। त्यहाँ हुने जुवाहरुमा न कहिले प्रहरी जान्थ्यो, न कतै छापा मारिन्थ्यो अर्थात कुनै रोकटोक थिएन। हो, यस्तै प्रहरी सेटिङ्वाला मानिने एक जुवाघरमा भने कैलालीका सिडिओले नै छापा हान्न भ्याएका छन्। जबकी उनले प्रहरी परिचालन गरेर पनि छापा हान्न लगाउन सक्थे। तर मध्यरातमा उनले जिल्लाका सुरक्षा निकायका प्रमुखसहित दलबल बोकेर धनगढीको एक ठूलो जुवाघरमा…

Read More

काठमाडौँ:अस्ति जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की तानिए। उनलाई तानेर त्यहाँ एसपी राजन लिम्बुको काज गरियो। तर लिम्बु त्यहाँ गएनन्। त्यसपछि काज नै रद्द गरियो। र, त्यहाँ अहिले प्रहरी प्रमुखमा एसपी नारायण प्रसाद चिमोरियाको काज गरेर पठाइएको छ। उता प्रहरी प्रधान कार्यालय नक्साल तानिएका एसपी भने झमेला पनि तानिएका छन्। उनी छानबिनको दायरामा तानिएका हुन्। नक्साल स्रोतका अनुसार उनीमाथि आर्थिक अनियमितताको आरोपमा छानबिन जारी छ। आर्थिक अनियमितताको विवाद आएपछि उनलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको हो। २०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा तानिएका हुन्। उनले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोप छ। क्रिप्टोको कारोबारीको…

Read More