Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : ५९ हजार छ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको कञ्चनपुरमा ७२ प्रतिशत नागरिक कृषि पेसामा निर्भर छन् । खेतीयोग्य जमिनमध्ये यहाँ सबैभन्दा बढी ४८ हजार चार सय हेक्टरमा धान खेती हुँदै आएको छ तर वर्षौंदेखि कृषिमा निर्भर किसानले आवश्यक रासायनिक मलखाद पाउन नसकेको अवस्था छ । खेतीको समय भारतीय सीमावर्ती बजारबाट मल ल्याउन स्थानीय प्रशासनले सामान्य रूपमा खुकुलो गर्दै मलको तत्कालीन समस्या समाधान गरिँदै आए पनि सरकारबाट कञ्चनपुरलाई मागभन्दा निकै कम मल उपलब्ध गराउने गरेको सरकारी तथ्याङ्कले नै देखाएको छ । कृषि ज्ञानकेन्द्र कञ्चनपुरको तथ्याङ्कानुसार जिल्लालाई वार्षिक ५० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ तर केन्द्रले कञ्चनपुरलाई गत…

Read More

काठमाडौं : सुन किन्‍ने बहानामा  विभिन्न सुन पसलमा गरगहना चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-९ घर भई हाल काठमाडौंको ढुंगेधारा बस्‍ने ३३ वर्षीया रत्न महर्जन, तारकेश्वर-४ पुरानो गुहेश्वरीका २२ वर्षीय सुमन पुतुवार, नुवाकोटको बेलकोटगढी-७ घर भई हाल काठमाडौं महानगर-१६ नयाँ बजार बस्‍ने ३६ वर्षीय बिरेन्द्र विक र भारतको महाराष्ट्र घर भई हाल काठमाडौं महानगर-१६ माछापोखरी बस्‍ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ। उनीहरूले काठमाडौं उपत्यकाको ७ भन्दा बढी स्थानहरूमा…

Read More

दोलखा : जिल्लाको विगु गाउँपालिकाले एक सातादेखि आन्दोलनरत मास्टरलाई काम नलगाएको भन्दै स्पष्टीकरण सोधेको छ । गाउँपालिकामा रहेका विद्यालयमा कार्यरत राहत शिक्षकहरु विद्यालयमा अनुपस्थित भएपछि विद्यालय व्यवस्थापन समितिले पालिकालाई जानकारी गराएको थियो । पालिकाले सोहीअनुसार विद्यालयमा कार्यरत राहत शिक्षकहरुलाई किन हाजिर गराई कामकाजमा लगाउन नसकिएको भन्दै लिखित स्पष्टीकरणको माग गरेको हो । यस समयमा विद्यालयमा अनुपस्थित शिक्षकहरुलाई कारबाही गर्न नपर्ने विषयहरु समेत उल्लेख गरि गाउँपालिकाको कार्यालयमा पेस गर्न निर्देशन दिईएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा सत्तारुढ तीन दलका नेताले सरकारी गाडी फिर्ता गरेका छन् । अनुसूचीमा नभएको सुविधा लिएको भन्दै भदौ २१ गते बसेको सार्वजनिक लेखा समितिले प्रदेश सभा सचिवालयलाई माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरीले प्रयोग गरिरहेको गाडी तीन दिन भित्र फिर्ता माग्न निर्देशन दिएको थियो । त्यसको तीन दिन पछि प्रदेश सभा सचिवालयले तीनै दलका नेताहरूलाई पत्र काटेर गाडी फिर्ता माग गरेको थियो । निर्धारित समयमा गाडी फिर्ता नगरेपछि केही ढिलो गरी सबै भन्दा पहिलो नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले गाडी…

Read More

धनगढी: धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सई कृष्ण मल्लको जागिर चैट भएको छ। स्रोतका अनुसार हिजो नै उनलाई पदबाट हटाइएको हो। उपमहानगर स्रोतका अनुसार नगर प्रहरीका इन्चार्ज मल्ललाई नगरप्रमुख गोपाल हमालको निर्देशनमा हटाइएको हो। प्रमुख प्रसाशकिय अधिकृत रामलाल श्रेष्ठले मल्ललाई हिजै बर्खास्त गरेको बुझिएको छ। मेयर हमालले हालै गरेको छड्के अनुगमनका क्रममा उनी ड्युटीमा नभेटिएर घर बसेको पाइएपछि जागिर गएको बताइन्छ। उनको जागिर खोसिएपछि नगर प्रहरी असई चेतराज जाेशीलाई जिम्मेवारी दिएकाे छ।

Read More

धनगढीः कैलालीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक १३ वर्षीय बालक घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरस्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ६१८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री १३ वर्षीय एक बालक घाइते भएका हुन्। घाइतेको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरबाट धनगढीका एक किशोर लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बजारबाट शून्य दशमलव शून्य ९ ग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–१३ राजपुरका १९ वर्षीय सुसिलसिंह राना पक्राउ परेका हुन्। मंगलवार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले रानालाई लागुऔषधसहित पक्राउ गरेको हो।

Read More

दिपायल: डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाध्यक्ष चन्द्रमान सुनारले आफू चढ्ने मोटरसाइकल स्वास्थ्य चौकीलाई प्रदान गरेका छन्। आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष सुनारले मोटरसाइकल चवरा चौतारा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन्। स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्षसमेत रहेका सुनारले आफूले प्रयोग गर्दै आएको से १ ब १२१८ नम्बरको मोटरसाइकल स्वास्थ्य चौकी प्रमुख प्रकाशबहादुर विकलाई हस्तान्तरण गरेका छन्। वडाको कार्य सहजताको लागि मोटरसाइकल आफूले प्रयोग गरे पनि हाल स्वास्थ्य चौकीलाई त्यसको आवश्यकता बढी रहेकोले हस्तान्तरण गरिएको उनले बताए। मोटरसाइकल बुझ्दै स्वास्थ्य चौकी प्रमुख प्रकाशबहादुर विकले स्वास्थ्य चौकीको एउटा आवश्यकता पूरा गरिदिएकोमा वडाअध्यक्ष सुनारलाई धन्यवाद दिए। अध्यक्षले गरेको सहयोगले बिरामीले…

Read More

ओखलढुंगा : महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउपालिका- १० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्। २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ। आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले चार दिनअघि (असोज ५ गते) जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन्। धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार पक्राउ गरिएको प्रहरीको भनाइ छ। प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट निजलाई हिरासतमा राखी अनुसन्धान गर्नू भनी ७ (सात) दिन म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले प्रविधिको दुरूपयोग गरी हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण तथा अनुसन्धान गर्न नयाँ नयाँ प्रविधि भित्र्याउनुको साथै प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउनुपर्ने बताएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले गुनासो व्यवस्थापनको लागि क्यूआर कोडको प्रयोग सार्वजनिक गर्न सोही कार्यालयमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् । कार्यक्रममा उनले कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्बन्धि कार्यविधि, २०८० र उक्त क्यूआर कोड सार्वजनिक गरे । उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोड प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी…

Read More