Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: उभिएरै धर्नामा रहेका अभियन्ता ‘ईः र काठमाण्डौ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ । ईः र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच हिजो बेलुका चारबुँदे सहमति भएको हो। सहमतिसँगै ईः ले आन्दोलनको कार्यक्रम स्थगित गरेका छन्। साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर उनले ९ दिनदेखि आन्दोलन गर्दै आएका थिए। ईः निरन्तर एक सय ९९ घन्टादेखि महानगरको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका थिए। हिजो दुई पक्षबीच भएको सहमतिमा फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्री महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने र धर्ना स्थगित गर्ने उल्लेख छ। अरु के-के भयो सहमति ?

Read More

काठमाडौं: नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ। कैलालीको लम्किचुहा नगरपालिका -२ चौरी निवासी उनको आज(बिहिवार) उपचारका क्रममा निधन भएको हो।माओवादीको ३ महिने अभियानमा सक्रिय भएका बेला एक्कासी स्वासप्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनौं लैंजादै गर्दा उनको बाटोमै निधन भएको नेकपा माओवादी केन्द्रका एक नेताले बताए। बडुवाल चर्चित सुर्खेत जेल ब्रेकर योद्धा भनेर चिनिन्थे ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ। कञ्चनपुरमा काम गर्दै आएका बैतडीको मेलौली नगरपालिका १ का ४१ वर्षीय लक्ष्मण दयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।  कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–५ स्थित देवता निर्माण एण्ड सप्लायर्स कम्पनीमा काम गर्दै आएका दयालको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।  हिजो(बुधबार) दिउँसो सो कम्पनी नजिकै रहेको मलरिया खोलाको पानीमा करेण्ट लगाएर माछा मार्ने क्रममा दयाल घाइते भएका थिए। उनको दोधारा–चाँदनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा…

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ । प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका १ हजार ५ सय १३ जना असईको एकैपटक सरुवा गरिएको हो । सरुवा सूचीः saruwa-asi-janapad-2080-06-10Download

Read More

मानिसको जीवनमा हरेक कुराको आफ्नै विधि, नियम र तौरतरिका हुन्छ। कुन समयमा कसरी गर्ने यो विषयलाई निकै ध्यान दिनुपर्ने हुन्छ। जसमा हामीले दैनिक गर्ने योग शारीरिक एवं मानसिक उपचारमा सर्वोत्तम विकल्प हो। यो यति शक्तिशाली एवं प्रभावकारी यसकारण हुन्छ कि, यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ। मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ्य बनाउन योगले महत्वपूर्ण काम गर्छ। योग पनि योगका निमम अनुसार गर्दा मात्र उपलब्धिमुलक हन्छ। तर, आज गृह मन्त्रालयले हाल एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउँदै काठमाडौं उपत्यकाभित्रका विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई योगाभ्यास–ध्यान गरेर मात्र काममा लाग्न निर्देशन दिएको छ। आज नै…

Read More

काठमाडौँ : पशुपति परिसरबाट ४० वर्षअघि चोरिएको ११ औँ शताब्दीको परशुराम प्रतिमा बेल्जियमको एक लिलामी गृहमा पाइएको छ । युरोपभर अनलाइन सामान खरिदबिक्री गर्ने ‘काटाविकी अक्सन’ मा २०२० नोभेम्बरमा यो सम्पदा बिक्री भएको पाइएको छ । चोरिएका वा हराएका सम्पदाको खोजबिन र घरफिर्तीमा सक्रिय ‘लस्ट आर्टस् अफ नेपाल’ अभियानका अनुसार, पशुपतिनाथ क्षेत्रको रुद्ररागारेश्वरबाट २०४० सालतिर चोरिएको यो विशिष्ट सम्पदाका बारे कला अन्वेषक लैनसिंह वाङ्गदेलले पनि आफ्नो कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेख गरेका छन् । अर्का स्वीस कलाविद् उल्रीच भोन स्क्रोडरले आफ्नो कृति ‘नेप्लीज स्टोन स्कल्प्चर’मो यो पुरातात्त्विक प्रतिमाको तस्बिर राखेका छन् । यो प्रतिमाको पुष्पमान चित्रकारले २०३६ सालमा खिचेको…

Read More

कञ्चनपुरः रुख काटेको आरोपमा पक्राउ परेका कञ्चनपुरका एक वडाध्यक्ष बुधवार रिहा भएका छन्। जिल्लाको बेलौरी नगरपालिका–६का वडाध्यक्ष भोजराज चौधरी रिहा भएका हुन्। वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालय कञ्चनपुरले आईतबार साँझ महेन्द्रनगरबाट पक्राउ गरेको थियो। पक्राउ परेका वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ। चौधरी बेलौरी छोटी भन्सार कार्यालय परिषर भित्र रहेको झाँडी सफाईका क्रममा रुख काटेको आरोपमा आइतबार पक्राउ परेका थिए। संघीय सरकार मातहत रहेको बेलौरी छोटी भन्सार संचालनका लागि १३ साउनमा वडाकै अगुवाईमा झाँडी सफाई गरिएको थियो। भन्सार क्षेत्रबाट कार्टिएको रुख र दाउरा वनले नियन्त्रणमा लिएको थियो। सव डिभिजनवन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन्। तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले आफूले भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको बताए। उनले भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताएका हुन् । राष्ट्रपति सी चिनफिङसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टि भएको प्रधानमन्त्रीले बताए । भ्रमणका क्रममा नेपाल र चीनबीच विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रूपमा चल्दै आएका साना-साना नाकाहरू…

Read More

बैतडी : बैतडीको पाटन नगरपालिका–८ घर भई बाजुरामा कार्यरत सशस्त्र प्रहरी हवलदार ४० बर्षीय नरेन्द्रसिंह महराको बस दुर्घटनामा मृत्यु भएको छ । मंगलबार बाजुराबाट ३ ओटा गाडीको यात्रा गरेर घर पुगिरहेका उनको हरिचन मोडमा मृत्यु भएको हो । उनलाई सुदूूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले राति १बजे ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको थियो । महरा बाजुरादेखी स्याउले, स्याउलेदेखी डडेल्धुरा र डडेल्धुराबाट खोड्पे बजार सम्म फरक–फरक गाडिमा आएका थिए । फोनमा कुरा गर्दागर्दै घर गइरहेका महराले गाडीले आफुलाई ठक्कर दिएको समेत फोनमा भनेको आफन्त बताउछन् । श्रीमती अनितासंगको कुराकानीमा उनले आफुलाई चोट लागेको बताएपछि आफन्तहरु घटनास्थल पुगेका थिए ।…

Read More