Author: महेन्द्रनगर पोष्ट

बैतडी : बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका– ५ कुवाकोटका ४२ वर्षीय सुरेन्द्र कुँवर मृत अवस्थामा फेला परेका हुन् । कुँवरलाई घरनजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बिहीवार बिहान मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । उनको मृत्युको कारण भने खुलेको छैन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खत्रीले बताए ।

Read More

डोटी: डोटीमा जिपबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । गत भदौ २० गते जिपबाट खसेर घाइते भएकी दिपायल सिलगढी नगरपालिका-१ कि ३३ वर्षिया महेश्वरी साउदको बिहीवार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आउँदै गरेको सु.प.प्र.०१-००१-३७८४ नम्बरको बोलेरो जिपको पछाडी सवार साउँद एयरपोर्ट रोड स्थित खसेर गम्भीर घाइते भएकी थिइन् । घाइते साउदलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल लगिएको थियो । डक्टरहरुले उनको थप उपचार सम्भव नभएको बताएपछि बुधवार (हिजो) घर ल्याइएको थियो । उक्त घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Read More

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द गरिएको छ। महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि अर्को सूचना जारी नभएसम्म नाका बन्द गरिएको हो। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले सीमा नाकामा आवागमन बन्द गरिएको हो। यसअघि मर्मतकै लागि भनेर सोमवार पनि आवागमन बन्द गरिएको थियो। तर, मर्मतको काम नसकिएको भन्दै मङ्गलवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको हो। अर्को सूचना जारी नहुँदासम्मका लागि दैनिक बिहान ८ः४५ देखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २:१५ बजेदेखि पुनः ४:१५ बजेसम्म पुलमा आवागमन बन्द हुने जिल्ला…

Read More

धनगढी: बैतडीको अनारखोलीमा दुईवटा जिप एकआपसमा ठोकिएका छन्। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा जिपहरू एकआपसमा ठोकिएका हुन् । बझाङदेखि धनगढी आउँदै गरेको प्रदेश–०३–०१ ०२४ च १४४० नम्बरको जिप र डडेल्धुरादेखि बैतडी आउँदै गरेको म १ ज ३४९ नम्बरको जिप अनारखोलीमा बिहीबार दिउँसो एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्ष योगेश खत्रीले बताए। जिप ठोक्किँदा जिपमा सवार एकजना यात्रुलाई समान्य चोट लागेको बताइएको छ। घाइतेको पहिचान खुलेको छैन।

Read More

काठमाडौँ : सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सङ्घीय संसद्मा पेस भएको सङ्घीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका कार्यवाहाक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले वार्ता र संवादका माध्यमबाट शिक्षा विधेयकमा व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गरेर जानुपर्ने निष्कर्ष निकालेको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । विधेयकका सम्बन्धमा असन्तुष्टि जनाउँदै शिक्षकले केही दिन पहिले काठमाडौँ केन्द्रित प्रदर्शन गरेका थिए । सरकारसँगको वार्तापछि अधिकांश शिक्षक नियमित काममा फर्केपनि राहत शिक्षकहरुले आफ्नो माग सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । उनीहरुले उठाएको माग संविधानको मर्म…

Read More

दोधारा चाँदनी : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो । विश्वविद्यालय प्रशासन र नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम समायोजन गर्ने र गत भदौमा परीक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियुका नेतालाई लगाएको मुद्दा फिर्ता लिने सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको अनेरास्ववियुका जिल्ला संयोजक रमेश पन्तले जानकारी दिए । केन्द्रीय कार्यालयमा साउन १ गते नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको थियो । यी…

Read More

दोधारा चाँदनी : सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको जानकारी दिए । ‘अनुमति प्राप्त भइसकेको छ । यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्ने गरी तयारी गरिरहेका छौँ’, उपकुलपति जोशीले भने । ‘विश्वविद्यालयले उपप्राध्यापक र सहप्राध्यापक माग गरिसकेको छ । उनले अहिले डडेल्धुरा अस्पतालमा एक सय शय्या सञ्चालनमा रहेको र त्यसलाई थप गरेर सुरुवातमा तीनसय शय्याको अस्पताल सञ्चालन गर्ने गरी तयारी गरिरहेको बताए । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको…

Read More

धनगढी: सेन्टर फर सोसल चेन्ज नामक संस्थाले सुदूरपश्चिमसहित नेपालका विभिन्न जिल्लाहरुमा शान्ति र सद्भावका क्षेत्रमा काम गरिरहेको छ। सुदूरपश्चिमको कैलालीसहित नेपालका सुनसरी, बारा र रुपन्देमा सो संस्थाले काम गरिरहेको छ। सोही क्रममा कैलालीको धनगढीमा जुलाई २४ मा सो संस्थाले एक दिवसीय तालिमसमेत दिएको थियो। शान्ति र सद्भावपूर्ण समाज निर्माण एवं शान्ति र सद्भाव कायम गर्न सञ्चार माध्यमको भूमिका के कस्तो हुने भन्नेबारे संस्थाले पत्रकारहरुलाई तालिम प्रदान गरेको थियो। सद्भाव परियोजना अन्तरगत आयोजित सो तालिममा कैलालीका विभिन्न मिडियाका २४ जना पत्रकार सहभागी थिए। यस्तै सो संस्थाले शान्ति र सद्भावको क्षेत्रमा अनुसन्धान एवं वकालतको लागि काम गर्दछ। कैलालीका पनि विभिन्न पालिका र…

Read More

कञ्चनपुर : बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा समाचारका शीर्षक बने। उनले टी–२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोड्दै नयाँ नौ बलमै अर्धशतक बनाएर नयाँ कीर्तिमान कायम गरेका थिए। कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका उनी बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मेहनती र अब्बल रहेको उनका बुवा गगनसिंह ऐरीले सुनाए। बुधबार छोराले बनाएको कीर्तिमानमा ऐरीको परिवार मात्रै होइन गाउँनै खुसी छन्। “घरको टिभीमा रिर्चाज सकिएकाले बिहान…

Read More

अछाम: अछाममा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको ढकारी गाउँपालिका–७ निवासी २५ वर्षीय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।

Read More