Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरमा एक फरार अभियुक्त २७ वर्षपछि पक्राउ परेका छन्। काठ तस्करी मुद्दामा फरार भएका कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाका गोरे रोकाया पक्राउ परेका हुन्।  रोकायालाई अदालतबाट ०५३ सालतिर काठ चोरी निकासी मुद्दामा कैद र जरिवाना तोकिएको थियो। रोकायालाई बुधबार इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङ नेतृत्वको टोलीले घरबाटै पक्राउ गरेको थियो। रोयाकाले ०५१ सालमा वनबाट काठ तस्करी गरेका थिए। उतिवेला उनको उमेर ३४ वर्षको थियो। मुद्दा फैसला हुँदा ३६ वर्षका डाँगी अहिले पक्राउ पर्दा ६३ वर्ष पुगेका छन्। २६ असार ०५३ सालमा जिल्ला अदालत कञ्चनपुरले रोकायालाई काठ चोरी निकासी मुद्दामा एक वर्ष कैद र १७ हजार, तीन…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हुम्लाको हिल्सा हुँदै हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर भ्रमणलाई सहज बनाउन नेपालतर्फको सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिने बताएका छन्। चीनको औपचारिक भ्रमणका क्रममा बिहीबार कैलाश पर्वत र मानसरोवर क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। उनले हुम्लातर्फको सडक राम्रो भए बर्सेनि लाखौँ भारतीय पर्यटक नेपाल आउन सक्ने सम्भावना रहेको धारणा राखे। प्रम प्रचण्डले नेपाली, भारतीय र अन्य देशका पर्यटकले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी समेत दिए। हिन्दु धर्मग्रन्थहरूमा उल्लेख भए अनुसार देवताका पनि देवता, महादेवको…

Read More

कञ्चनपुर: जिल्लाको बेलौरी नगरपालिकाबाट २ किशोरीको उद्धार गरिएको छ। बेलौरी-१० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका २ किशोरीको उद्धार गरेको हो। बेलौरी- १ बस्ने उनीहरूमध्ये एकजनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ। प्रहरीले शंकाको अधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए। कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवैजनालाई उद्धार गरि आफन्तको जिम्मा लगाएको छ।

Read More

बैतडीः  बैतडीमा स्कारपियो र अल्टो कार एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन्। हिजो(बिहिवार) साँझ जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा पार्किङ गरेर राखेको सु.प.प्र०२००१ च १०१५ स्कारपियोलाई देहीमाण्डौंबाट बैतडी सदरमुकामतर्फ गइरहेको से १ ज ७५३ नम्बरको अल्टोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अल्टोले स्कारिपयोलाई ठक्कर दिँदा दुवै गाडीमा क्षति पुगेको छ। अल्टो चालक दिनेश मौनी समान्य घाइते भएका र उनी उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक वा दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति  भने कोशी र मधेस प्रदेश सहित देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

अछाम : अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ । उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूह अन्तर्गत यहाँ आएका हुन् । ती पर्यटकहरु तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले यहाँ जम्मा भएका हुन् । विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको देउडा तथा सास्कृतिक कार्यक्रममा ती पर्यटक पनि सहभागी भए । रामारोशन घुम्न आएका ती पर्यटकलाई गाउँपालिकाले स्वागत गर्ने गरेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए । पर्यटकको आगमनले रामारोशनको चर्चा बढ्न थालेको उनको भनाइ छ । पर्यटकहरुलाई रामरोशन घुम्नका लागि विभिन्न सर्तसहित अनुमति दिने गरिएको उनले सुनाए । रामारोशन आएका विदेशी पर्यटकहरु खुला चौरमा टेन्ट…

Read More

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा बैंकका ८६ सदस्य राष्ट्रको सहभागिता रहेको थियो । उच्चस्तरीय बैठकका अवसरमा अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरेका छन् । बैठकमा अर्थमन्त्री डा. महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास,…

Read More

काठमाडौं : प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा संलग्न एक जना अभियुक्तलाई पक्राउ गरेको छ।  बिहीबार प्रहरीले सयुस श्रेष्ठलाई रातोपुलबाट पक्राउ गरेको हो। पाटन उच्च अदालतको आदेशको अवज्ञा गर्दै साढे दुई वर्षदेखि फरार रहेका श्रेष्ठ आज पक्राउ परेका हुन्। आक्रमणमा संलग्न नेविसंघका सात जना मध्ये दुई जना फरार रहेका थिए। यसअघि नै पक्राउ परेकाहरूलाई पाटन उच्च अदालतले जनही पाँच लाख धरौटीमा रिहा गरेको थियो।

Read More

बैतडी : बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका– ५ कुवाकोटका ४२ वर्षीय सुरेन्द्र कुँवर मृत अवस्थामा फेला परेका हुन् । कुँवरलाई घरनजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बिहीवार बिहान मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । उनको मृत्युको कारण भने खुलेको छैन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खत्रीले बताए ।

Read More

डोटी: डोटीमा जिपबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । गत भदौ २० गते जिपबाट खसेर घाइते भएकी दिपायल सिलगढी नगरपालिका-१ कि ३३ वर्षिया महेश्वरी साउदको बिहीवार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आउँदै गरेको सु.प.प्र.०१-००१-३७८४ नम्बरको बोलेरो जिपको पछाडी सवार साउँद एयरपोर्ट रोड स्थित खसेर गम्भीर घाइते भएकी थिइन् । घाइते साउदलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल लगिएको थियो । डक्टरहरुले उनको थप उपचार सम्भव नभएको बताएपछि बुधवार (हिजो) घर ल्याइएको थियो । उक्त घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Read More