Author: महेन्द्रनगर पोष्ट

बुटवलः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विष्फोटक पदार्थ विष्फोट भएको छ। उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ। विस्फोटबाट सडकमा क्षति पुगेको छ। विष्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ। आज बिहान नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले विष्फोट भएको स्थानको अवलोकन गरेको थियो। सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विष्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए। विष्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा फेला परेको डीएसपी डाँगीले जानकारी दिए ।

Read More

बैतडी : एक दिन बैतडीको पाटन नमुना बन्छ, त्यसपछि नमुना सहर बजारमा मान्छेलाई हिँडडुल गर्न खाली ठाउँ हुँदैन। ‘ओपन स्पेस’ वा खोली ठाउँ नभएको सहर बस्ने लायक मानिँदैन। यस्तै अनेक सपना देखाइएको थियो, बैतडीका स्थानीय बासिन्दालाई। त्यही भएर बैतडीको पाटन नमुना सहरबाट करिब ५ किलोमिटर टाढा सुन्दर डाँडामा हिरापुर पार्क निर्माणको काम थालियो। तर, त्यो पार्क बनेर सकिन नपाउँदै जीर्ण बनेको छ। सल्लाका रुखमा मुनि बनेका भौतिक संरचनाहरू भताभुङ्ग छन्। स्थानीय बासिन्दाको भनाइमा सरकारी हेलचक्र्याइँ मात्र होइन त्यहाँ भएका देवीदेवता रिसाएकाले पनि पार्कको निर्माण पूरा हुन नसकेको हो। स्थानीय बासिन्दाको मेलापात गर्ने ठाउँमा पाटन नगरपालिकामा रहेको नमुना सहर कार्यालयले करोडौँ…

Read More

धनगढीः नेपाल प्रहरीका एआइजी सन्दीप भण्डारी सुदूरपश्चिम आएका छन्। भण्डारी आज सुदूरपश्चिमको अस्थायी मुकाम धनगढी पुगेको स्रोतले जानकारी दिएको छ। भण्डारी निरीक्षणका लागि सुदूरपश्चिम आएका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले एआइजी अनुगमन तथा निरीक्षणमा आएको जानकारी दिए। उनका अनुसार प्रहरी दिवसको प्रयोजनका लागि कार्यरत नेपाल प्रहरीका कर्मचारीको प्रफमेन्स हेर्न एआइजी सुदूरपश्चिम आएका हुन्। एआइजीले प्रदेश प्रहरीका युनिट लगायतमा निरीक्षण तथा अनुगमन गर्ने बताइएको छ। करिब २ दिन उनी यो प्रदेशमा रहने र त्यसपछि नेपालगन्ज जाने कार्यक्रम छ। अहिले देशका सबै प्रदेशमा यस्तो अनुगमन भैरहेको छ।

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारका चार मन्त्रालयले कर्मचारी हेरफेर गरेको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयले कर्मचारी हेरफेर गरेको हो। आर्थिक मामिला मन्त्रालयले नेपाल प्रशासन सेवा, लेखा समूह, सहायक पाँचौ, अधिकृत छैटौं तहका १६ वटा कर्मचारी हेरफेर गरेको छ भने सामाजिक विकास मन्त्रालयले २९ जना कर्मचारीको सरुवा गरेको छ। यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको भदौ २७ गतेको निर्णयअनुसार २२ जना कर्मचारीको सरुवा गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयलले भदौ २९ गतेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ पाचौं/छैटौं तहका १८ कर्मचारीको सरुवा गरेको छ।

Read More

धनगढी: कञ्चनपुरस्थित नेपाल-भारत सीमानाका क्षेत्रमा अवैध चामल फेला परेको छ। आज (आइतबार) प्रहरीले जिल्लाको पुनर्वास नगरपालिका-६ मा उक्त चामल फेला पारेर बरामद गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र त्यहाँको स्थानीय प्रहरी टोलीले ६० बोरा अवैध चामल फेला पारेको र बरामद गरिएको जनाएको छ। भारतबाट नेपालतर्फ आउने बाटोमा बेवारिसे अवस्थामा चामल भेटिएको थियो। अहिले प्रहरीले सो चामललाई भन्सार पठाउने तयारी गरिरहेको छ।

Read More

कञ्चनपुर: प्रतिबन्धित लागुऔषधीसहित कञ्चनपुरमा एकजना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका– ११ गड्डाचौकीबाट लागुऔषधसहित उनी पक्राउ परेका हुन्। गड्डाचौकीबाट १ एमपुल डाइजेफाम, २२ एम्पुल फेनारगन र १० एम्पुल रेक्सोजेसिकसहित बेदकोट नगरपालिका–७ बस्ने २० वर्षीय सन्तोष भट्ट शनिबार राति पक्राउ परेका प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा भट्टको साथबाट उक्त लागुऔषधी फेला परेको बताइएको छ।

Read More

काठमाडौं: नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ। गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामी कुरुवाले कुटपिट गरेका थिए। घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो। संघले डाक्टरहरुलाई कुटपिट गर्नेहरुलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन माग गरेको थियो । तर सो समयअवधिसम्म पनि कारबाही नगरिएको भन्दै संघले आज सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेको हो। सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट बन्चित भएका छन्।

Read More

जयपुर: भारतको जयपुरमा एक सुटकेसमा एक नेपाली महिलाको फेला गरेको छ। बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीय ती महिलाको शव फेला परेको थियो। लक्ष्मी नाम गरेकी उनलाई ४ महिला अघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ। चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए। प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन्। दुवै जना पश्चिम बङ्गालका हुन्। स्वपन वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ। उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ। स्वपनले नै महिलालाई ४…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशमा आज अट्वारी पर्व मनाइँदै छ।अट्वारी पर्व पश्चिम नेपालको तराइका जिल्लाहरूमा बसिरहेका थारु समुदायले मनाउँदै आइरहेका छन्। विशेषगरी कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा यो पर्वको उल्लास बढेको छ। यो पर्वको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिइएको छ। आदिवासी थारु समुदायले मनाउन अट्वारी पर्वको अवसरमा ती प्रदेशहरूमा सार्वजनिक बिदा दिइएको हो। अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात् पूर्णिमामा पर्दछ। पहिलो दिन दर खाने र दोस्रो आधा दिनसम्म व्रत बस्ने गरिन्छ। अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो। अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन्। ‘भेंवा’ को नामले थारु जातिले पुकारेर…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित एक पुरुष पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका २ त्रिनगर ब्यारेलबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पदम बिष्ट पक्राउ परेका हुन्। शुक्लाफाँटा नगरपालिका १ बस्ने २४ वर्षीय पदम बिष्टलाइ स्पास नामक १५५ पिस र अल्पाजोलम २० पिस ट्याब्लेटसहित प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बिष्टको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

Read More