Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीको हार्डवयर व्यवसायमा एकछत्र रजगज चलाएका भारतीय व्यापारी आशिष गुप्तालाई ३२ लाख जरिवाना गरिएको छ । धनगढीमा हरिओम हार्डवयर एण्ड सप्लायर्सका सञ्चालक रहेका गुप्ताले ३२ लाख तीन हजार बराबरको कर छली गरेको भेटिएपछि आन्तरिक राजश्व कार्यालय धनगढीले जरिवाना तिराएको हो । गुप्ताले दुलारीदेवी भन्ने महिलाको नाममा फार्म दर्ता गरि सञ्चालन गरेको आरडेन इन्टरप्राइजेजले मूल्य अभिबृद्धि कर छली गरेको पाइएपछि ३२ लाख रुपैयाँ प्रारम्भिक कर निर्धारण गरिएको थियो । राजश्व कार्यालयले निर्धारण गरेको कर तिरेको आधार प्रमाण देखाउन नसकेपछि गुप्तालाई जरिवाना तिराइएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार साँझ सञ्चार माध्यममा इमेल पठाउँदै आरडेन इन्टरप्राइजेजलाई ३२ लाख तीन…

Read More

काठमाडौं : काठमाडौंबाट ३८ लाख नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन्। अवैध रूपमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। ५०० दरको ६ हजार थान र एक हजार दरको ८ सय थान नोट बरामद गरेको हो। उनीको एउटा स्कुटर र मोबाइल पनि प्रहरीले बरामद गरेको छ।

Read More

धनगढी : डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पर्शुराम नगरपालिका–११ सलेता स्थित सिद्ध खोलामा नुहाउने क्रममा अन्दाजी १५ वर्षीया बसन्तीकुमारी बिष्टको डुबेर मृत्यु भएको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

काठमाडौँ : जेठ दोस्रो हप्तायता झण्डै डेढ सय नेपालीहरु रुसी सेनाबाट स्वदेश फिर्ता भएको सरकारी अधिकारीहरुले बताएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मस्कोस्थित नेपाली राजदूतावासको माध्यमबाट स्वदेश फर्कने नेपालीहरुको संख्या १ सय ३८ पुगेको छ। दूतावासको माध्यम प्रयोग नगरी अन्य केही नेपालीहरु पनि रुसी सेनाबाट फिर्ता भइसकेका छन्। मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, स्वदेश फिर्तीका लागि तीनजना नेपालीहरु दूतावासको सम्पर्कमा छन्। उनीहरुलाई राजदूतावासले आश्रयको व्यवस्था गरेको छ। स्वदेश फर्कन रुसी सेनाले स्वीकृति दिएपछि दूतावासको सम्पर्कमा पुगेका उनीहरुमा लमजुङ दुधपोखरीका नवराज गुरुङ लगायत छन्। २२ फेबु्रवरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेको रुसले २०२२ सेप्टेम्बरदेखि विदेशी नागरिकहरुलाई सेनामा भर्ती लिन थालेको थियो।…

Read More

धनगढी: कैलालीको अत्तरियास्थित एक होटलमा यौनधन्दा चलाइएको पाइएको छ। गोदावरी नगरपालिका २ स्थित अत्तरियाको कैलपाल सिगास होटलमा यौनधन्दा चलाइएको हो। प्रहरीले सो होटलमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने सूचनाको आधारमा छापा हान्दा धन्दा खुलेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार हिजो (मंगलबार) राति नमस्ते गल्ली स्थित “कैलपाल सिगास होटलमा” मा अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा एक जना पुरुष, एक जना महिला र होटल सञ्चालक महिला एक जना गरी जम्मा ३ जना लाई पक्राउ गरिएको छ। सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले बाढीपीडितका लागि सहयोग गर्न सबैमा आग्रह गरेको छ । नगरको अधिकतम भूभागमा बाढी पसेपछि बालीनाली, खाद्यान्न, घरगोठ तथा पशु चौपायाको क्षति र कयौं घरपरिवार विस्थापित भएपछि सहयोगका लागि आह्वान गरिएको हो । नगरपालिकाले विपद्मा आर्थिक, प्राविधिक तथा खाद्यान्न सहयोगका लागि ईच्छुक व्यक्ति, संघसंस्था तथा निकायहरुलाई अनुरोध गरेको छ । आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अविरल वर्षाका कारण यस नगरपालिकाको अधिकतम भूभागमा बाढी पस्न गई बालीनाली, खाद्यान्न, घरगोठ तथा पशु चौपायाहरुको क्षति भएको तथा कतिपय व्यक्तिहरु विस्थापित हुन गएकोले यस विपद्को घडीमा आर्थिक, प्राविधिक तथा खाद्यान्न सहयोगका लागि इच्छुक संघसंस्था, व्यक्ति, निकायहरुलाई आह्वान गरिन्छ ।’…

Read More

धनगढी : चालु आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेश सरकारले ६३ प्रतिशत बजेटमात्र खर्च गरेको छ । सरकारले चालु आवको लागि विनियोजन गरेको २९ अर्ब २८ करोडको १८ अर्ब ६२ करोड २५ लाख अर्थात् ६३.५९ प्रतिशत खर्च गरेको हो । सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख बासुदेव जोशीका अनुसार चालुतर्फ ११ अर्ब ९६ करोड विनियोजन गरेकोमा ८ अर्ब ५१ करोड खर्च भएको छ । पुँजीगत तर्फको १७ अर्ब २५ करोडमध्ये १० अर्ब ५७ करोड बजेट खर्च भएको जोशीले बताए । प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा कुल बजेटको ६६ प्रतिशत बजेट खर्च गरेको थियो । जेठ मसान्तसम्म सुदूरपश्चिम प्रदेश…

Read More

धनगढी : नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टीकापुर–९ खक्रौलामा रहेको १०५ नम्बर पिलर कटानको उच्च जोखिममा परेको छ । मोहना नदीले कटान तीव्र पारेपछि सीमा पिलर जोखिममा परेको हो । सीमामा रहेको पिलर नदी कटानको जोखिममा परेपछि स्थानीय चिन्तित भएका छन् । सो नम्बरको पिलर भत्काउन ५० फिट पनि बाँकी नरहेको बताइएको छ । मोहना नदीले पिलर बगाउने हो भने दुई दर्जन परिवारको विस्थापित हुने र सयौँ बिघा जमिन नदीमा परिणत हुने स्थानीय बताउँछन् । भारत र नेपालको सीमामा पर्ने १०५ नम्बर पिलर मोहना नदीले बगाउने जोखिम रहेको स्थानीयवासी खड्ग धामीले जानकारी दिए । ‘पिलर बगाएपछि समस्या हुन्छ’, उनले भने, ‘स्थानीय…

Read More

काठमाडौं : उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा यात्रु बहाक डबल डेकर बस दूध ट्याङ्करमा ठोक्किँदा १८ जनाको मृत्यु भएको छ । बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले पछाडिबाट दुधको कन्टेनरमा ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा अन्य १९ जना घाइते भएका प्रहरीले जनाएको छ। उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो। बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्रु बस यहाँ राष्ट्रिय राजमार्गमा दूध ट्याङ्करसँग ठोक्किएको थियो। दुर्घटनामा १८ जनाको ज्यान गएको र अन्य १९ जना घाइते भएका उन्नाओ जिल्ला मजिस्ट्रेट गौराङ राठीले मिडियालाई बताएका छन्। प्रारम्भिक अनुसन्धानले बस…

Read More

काठमाडौं : अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा नेपाली सेना मौका गुमाउँदै गएको छ । नागरिकता लगायतका प्रमाणपत्रमा कैफियत देखिन थालेपछि राष्ट्र संघमा कार्यरत सेनाका अधिकृतहरू जागिरबाटै बर्खास्तीमा पर्न थालेका हुन् । योसँगै अन्तर्राष्ट्रिय फोरममा नेपाली सेनाको छविमा नराम्रो प्रभाव पर्न थालेको हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली सेनाको सैनिक सल्लाहकार पदमा कार्यरत रहन कर्णेल दिरेन्द्रकुमार मल्ल नागरिकतामा केरमेट गरेको आरोप लागेको थियो । त्यसपछि उनी जागिरबाट बर्खास्तीमा परेका छन् । अहिले उनको स्थानमा कर्णेल रोहित गुरुङलाई नेपाली सेनाले छनौट गरी पठाउने तयारी गरेको सैनिक स्रोत बताउँछ । चार महिना अघि न्यूयोर्कमा सैनिक सल्लाहकार पदमा नियुक्त भई गएका कर्णेल…

Read More