Author: महेन्द्रनगर पोष्ट

बझाङः बझाङमा आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। बझाङ सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा गत मंगलबार राति भएको उक्त घटनामा तीन जना घाइते भएका थिए। घटनामा संलग्न कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका उनले प्रहार गरेको छुराबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका थिए। चौधरीले अपराधमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन। राति १२ बजेतिर अनुहार मास्कले ढाकेर लुटपाट गर्ने उद्धेश्यले कोठाभित्र…

Read More

धनगढीः धनगढीमा सुदूरपश्चिम प्रादेशिक डेउडा प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा यही भदौ १४, १५ र १६ गते धनगढी —उपमहानगरपालिकाको प्राङ्गणमा सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता सञ्चालन हुने भएको हो। स्थानीय ‘भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो।’ भन्ने मुल नाराका साथ २०७३ साल देखि निरन्तर गर्दै आएको र २०८० मा पनि ८ औं पटक गर्न लागेको डेउडा प्रतिष्ठानका महासचिव तोयाप्रसाद भट्टले बताए। डेउडा प्रतियोगिताबाट प्रथम हुनेलाई २१ हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई ९ हजार र सान्त्वनालाई ५ हजारका साथै प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ।

Read More

धनगढीः दार्चुलामा एक बृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया भागरथी चन्दको धारिलो हतियार चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ। दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले घर नजिकै मृत अवस्थामा भेटिएकी चन्दको हत्या भएको हुनसक्ने आशंका गरिएको बताए । घटनापछि चन्दका नाती फरार भएकाले हत्या गरेर भागेको हुनसक्ने बताउदै अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीकाअनुसार चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरिएको छ। उनी घरमा एक्लै बस्दै आएकी थिइन् भने कहिले कही नाती आएर पैँसा मागेर दुःख दिने गरेका थिए।

Read More

धनगढी: सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेयको सरुवा भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ६ भदौंमा बसेको मन्त्रिपरिषद् बैठकले डा पाण्डेको सरुवा गरेको हो । डा पाण्डेलाई महाकाली प्रादेशिक अस्पतालको मेडिकल सुपरिडेन्टेन्टमा सरुवा गरिएको हो । डा पाण्डे ११ औं तहका चिकित्सक हुन् । वि.सं. २०७५ साउनमा डा. पाण्डेलाई स्वास्थ्य निर्देशनालयले मेडीकल सुपरीडेन्टेन्टको जिम्मेवारी दिएको थियो ।

Read More

काठमाडौं : नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना तोकेको छ । प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि प्राधिकरणले उनलाई जरिवाना तिराउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार प्राधिकरणले हवाई तथा उडान सुरक्षा प्रभावित बनाउने गरी अभिव्यक्ति दिएको तथा समाचार सामग्री छपाएको भन्दै सिम्रिक एयरका समेत सञ्चालक थापालाई स्पष्टीकरण सोधेको थियो । प्राधिकरणले लिएको रात्रि बिसान, मनसुनमा उडान समत तोक्नेसहितका विषयमा अध्यक्ष थापा र प्राधिकरणबीच विवाद हुँदै आएको छ ।

Read More

धनगढी: बाजुरामा एक गर्भवती बाटोमै सुत्केरी भएकी छन्। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनार बाटोमै सुत्केरी भएकी हुन्। बाजुराको बुढीगंगा नगरपालिका-१० वडाध्यक्ष डेभिड क्षेत्रीका अनुसार प्रसूति व्यथा लागेपछि अस्पताल पुर्‍याइएकी सुनारले अस्पतालबाट फर्किने क्रममा बाटोमै शिशुलाई जन्म दिएकी हुन्। वडाध्यक्ष, स्थानीय र स्वास्थ्य इन्चार्जको रोहबरमा बाटोमै उनले बाटोमै शिशुलाई जन्म दिएको बताइएको छ। स्थानीयका अनुसार उनी व्यथा लागेपछि अछामको बयलपाटा अस्पताल पुगेकी थिइन्। अस्पतालमा चिकित्सकले उनको स्वास्थ्य जाँच गर्ने क्रममा बच्चा पाउने अवधि दुई साता नाघिसकेको भन्दै तत्काल शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने सुझाव दिएका थिए। तर, डाक्टरको सल्लाहपछि अप्रेसनको डरले उनी घर फर्किने क्रममा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका तीन अस्पताललाई दुर्गा दशरथ भट्ट स्मृति प्रतिष्ठानले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सोमबार अत्तरियास्थित प्रतिष्ठानमा आयोजित औपचारिक कार्यक्रमकाबीच डडेल्धुरा अस्पताल, सेती प्रादेशिक र महाकाली प्रादेशिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । प्रतिष्ठानका संरक्षक तथा पूर्वमन्त्री नेकपा एमालेका केन्द्रीय सचिव एवंम् कर्णाली इन्चार्ज लेखराज भट्टले तीनै अस्पताललाई एक करोड २२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् । भट्टले उक्त सामाग्री हस्तान्तरण गरेको पत्र सेती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाह, डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टलाई प्रदान गरे । अस्पतालका अध्यक्षहरुले प्रतिष्ठानले गरेको सहयोग प्रती धन्यवाद दिँदै…

Read More

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले स्पेनको फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । गत साता भएको महिला विश्वकपको फाइनलमा स्पेनकी खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेपछि उनलाई तीन महिनाको निम्ति निलम्बन गरिएको बताइएको छ । फाइनलमा स्पेनले इङ्ल्याण्डलाई शुन्यको विरुद्ध एक गोलले हराएपछि लुइसले हर्मोसालाई मैदानमा पुगेर ओठमा चुम्बन गरेका थिए । फिफा अनुशासन समितिले रुबियाल्सको आचरण र अन्य व्यवहारबारे पनि अनुसन्धान थाल्ने भएको छ । उक्त चुम्बनको दृश्य एकाएक विश्वभर फैलिएको थियो । सामाजिक सञ्जालमासमेत भिडियो र फोटो भाइरल भएपछि उनले क्षमा याचना गरे तर सहमतिमा चुम्बन गरेको बताएका छन् । जेनीले भने उक्त दाबीलाई झुठो भनेकी छन्…

Read More

धनगढीः दार्चुलामा कांग्रेस डडेल्धुराका सभापतिसमेत रहेका भीमबहादुर साउँदको निर्माण कम्पनीले योजनाहरु अलपत्र पारेको बताइएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाका निकटस्थ मानिने साउँदको राजेन्द्र निर्माण सेवाले ठूला विकास निर्माणका कामहरु अलपत्र पारेको हो। स्रोतका अनुसार राजनीतिक पहुँच र संरक्षणको आडमा देउवासँग जोडिएका नेता ठेकेदारले ठेक्कापट्टाको काम अलपत्र पार्ने गरेका छन्। सडक, पुल र तटबन्ध निर्माणजस्ता महत्वपूर्ण क्षेत्रका आधा दर्जन ठेक्का सो कम्पनीले पाएको र निर्माण ठप्प गरिदिएको अवस्था छ। दार्चुलामा संघीय सरकारको प्रत्यक्ष लगानीअन्तर्गत सञ्चालित महाकाली कोरिडोर सडक आयोजना र महाकाली नदी नियन्त्रण आयोजनाका ४ वटा निर्माण ठेक्का लिएको राजेन्द्र निर्माण सेवाले काम ठप्प पारेको छ। ठेक्का व्यवस्थापन गर्ने निकायहरूले…

Read More

धनगढीः धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्त प्रर्दशनमा उत्रिएका छन्। पत्थरीको शल्यक्रियापछि उच्च रक्तश्राव भएर डाक्टरले मिर्गौला निकालेपछि कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका छन्। उनीहरुले धनगढीको शहीद गेटमा सडकमा अवरोध सिर्जना गर्दै सवारीसाधन चल्न दिएका छैनन्। चौधरीको उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै उनीहरु प्रर्दशनमा उत्रिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोश बस्यालले पीडित पक्षले उठाएका मागका सम्बन्धमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जानकारी प्राप्त भएको बताए। स्वास्थ्यमा समस्या देखिएपछि शुुक्रबार स्वस्तिक कार्डियो…

Read More