Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपालको शान बढाउदै बझाङको बित्थडचिर गाउँपालिकाका रविन्द्र ढाँटले रुसका तोरेप्च्ची डोंगाकलाई हराएका छन्। मिक्स मार्सल आर्ट्समा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै उनले वन फ्राइडे फाइट्समा जित हासिल गरेका छन्। शुक्रबार थाइल्याण्डको बैंककमा भएको वन फ्राइडे फाइट्स ३३ अन्तर्गत फ्लाईवेट डिभिजनमा २४ वर्षीय रविन्द्रले रुसका तोरेप्च्ची डोंगाकलाई तेस्रो राउण्डमा टेक्निकल नकआउटमा हराएका हुन्। रविन्द्रले इतिहास रचेका छन्। उनी वन च्याम्पियनसिपको फ्राइडे फाइट्समा जित हासिल गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्। गत महिना नेपालमै सम्पन्न नेपाल वारियर्स च्याम्पियनसिपको मेन इभेन्टमा भारतीय फाइटरलाई हराएका रविन्द्रले वन च्याम्पियनसिप खेल्ने दुर्लभ अवसर पाएका थिए। थाइल्याण्डमा ऐतिहासिक जित दर्ता गरेसँगै उनलाई अब वन च्याम्पियनसिपमा…

Read More

बैतडीः  बैतडीमा जीप र मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्। जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको पाटन नगरपालिका–८ ज्यापुमा जीप र मोटरसाइकल एक-आपसमा ठोक्किंदा  मोटरसाइकल चालक घाइते भएका छन्। बझाङबाट धनगढी आउँदै गरेको से १ ज ९७९ नम्बरको जीप र धनगढीबाट बझाङतर्फ गइरहेको से ७ प ६२८५नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएका हुन्। उक्त दुर्घटनामा मोटरसाइकल चालक सुर्नया गाउँपालिका–५ का मदन बिष्ट घाइते भएका छन्। उनको डडेल्धुरामा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ।

Read More

ताप्लेजुङ: जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेको बताइएको छ । शिक्षक शाहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा यही भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। उनका…

Read More

कञ्चनपुरः नदीमा डुबेर कञ्चनपुरका एक युवक बेपत्ता भएका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका-४ स्थित महाकाली नदीमा नुहाउने क्रममा सोही नगरपालिका-२ बस्ने १७ वर्षीय निरज पुजारा शनिवार साँझ डुबेर बेपत्ता भएका हुन्। प्रहरीले निरजको खोजतलास तथा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। 

Read More

काठमाडौँ:” हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका  केही  स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढी : कैलाली हार्डव्ययर व्यवसायी संघका अध्यक्ष तथा युवा उद्यमी कुवेर शाहीले श्रमको सम्मान गर्ने परिपाटिको विकास हुनु जरुरी रहेको बताएका छन् । शनिबार सुदूरपश्चिम प्रदेश प्लम्बर एशोशियसनको दोस्रो साधारण सभा उद्घाटन गर्दै अध्यक्ष शाहीले विदेशमा युवाले श्रम गर्दा राष्ट्रलेनै सम्मान गर्न जानेको बताउँदै विदेश जस्तै नेपालमा पनि सरकारी स्तरबाटै श्रमको सम्मान गर्ने नीति अवलम्बन गरिनुपर्ने बताए । उनले प्लम्बरले समय सापेच्छे अनुसार अपग्रेट हुन सक्नुपर्ने बताए । अहिले अनुभवका आधारमा काम गर्ने परिपाटी भएपनि विस्तारै प्रमाणपत्र देखाउनुपर्ने स्थिती आउन थालेको बाउादै उनले शिप विकाउन सिटिइभिटीको तालिम लगेर दक्षताको प्रमाणपत्र आर्जन गर्न आग्रह गरे । हार्डव्यर व्यवसायी र प्लम्बर व्यवसायीको…

Read More

काठमाडौं : काठमाडौंको तीनकुनेमा चार जनाको हत्यामा प्रयोग भएको हतियार बरामद भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको हो । खुकुरी र चुलेसी जस्तो घरमा प्रयोग भएको घरेलु हतियार प्रयोग गरेर हानेको पाइएको प्रहरीले जनाएको छ । गएराति ११ः५५ बजे तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको सूचना प्रहरीले पाएको थियो । लगत्तै घटनास्थलमा पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले चार जनाको शव भेटेको थियो । मिलमा सुरक्षागार्डका रुपमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका…

Read More

धनगढी: धनगढीको २ होटेलमा प्रहरीले छापा हानेको छ। धनगढीको चौराहस्थित जोगबुढा होटल र चटकपुरको जोगबुढा होटलमा प्रहरीले छापा हानेको हो। सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले छापा हानेको हो। छापा हान्दा २ होटलबाटै यौनजन्य क्रियाकलाप गर्ने/गराउने साहुनीहरुसहित एक/एक जोडीलाई समातिएको वडा प्रहरीका प्रमुख इन्सपेक्टर जनक ढुङ्गानाले बताए। उनका अनुसार चौराहको होटलकी साहुनी इन्द्रा खड्का र चटकपुरकी साहुनी चन्द्रा देउवासहित एक/एक जोडीलाई समातिएको हो। अहिले उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाइएको छ।

Read More

काठमाडौं : नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्नेलगायत निर्णय गरेको छ।संघले कुरा जनाएको हो। मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा शनिबार विज्ञप्ति जारी गर्दै आन्दोलन थालिएको संघले जनाइएको छ। यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले उल्लेख गरेको छ। घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो। दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो। देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ।

Read More

अछाम : अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।

Read More