Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आसन्न चीन भ्रमणका क्रममा दलीय, गुटीय र निजी स्वार्थ निम्ति राष्ट्रिय हितविपरीत अपारदर्शी सम्झौता नगर्न सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले बहुदलीय लोकतन्त्रमा दलहरूबीच अरू विषयमा मतभिन्नता भए पनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्न सुझाव दिए । प्रधानमन्त्रीले अमेरिका र चीन भ्रमणको एजेण्डाबारे छलफल गर्न आज बैठक राखेका थिए । तर, बैठकमा आफू उपस्थित हुन नसकेको भन्दै भट्टराईले तीन बुँदे सुझाव दिएका छन् । यस्ता छन् भट्टराईका सुझाव १. बहुदलीय लोकतन्त्रमा दलहरूबीच अरू विषयमा मतभिन्नता भए पनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्ने र त्यसलाई…

Read More

धनगढी: धनगढीमा प्रहरीले मह भनेृर पगालेको चिनी बेच्ने एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत उत्तर प्रदेश जिल्ला बस्ती पो.औ. देवापार थाना-नगर, ग्राम बकसर स्थायी घर भएका ३० वर्षीय जुमाईदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । उनी धनगढी उपमहानगरपालिका-२ फनपार्कस्थित रमेश कुमार सैजुको कच्ची टहरामा भाडामा बस्दै आएका थिए । उनले मह भनी बिक्री गर्नका लागि प्लाष्टिकको गेलन (डिब्बा)मा प्याक गरी राखेको महजस्तो देखिने पगालेको चिनिको रस ४०० के.जी बिना महको माहुरीको चाका ५ के.जी, कुट २ के.जी, कडाई थान एक र चिनि ५० के.जी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यसैगरी खाने, पिउने वा…

Read More

महेन्द्रनगर: कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलन कार्य सकिएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–२ र ३ मा पर्ने सामुदायिक वनमा छेला औद्योगिक क्षेत्रको स्थापनाका गर्न करिब अढाई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने उद्देश्यले पहिलो पटक विसं २०५२ मा उक्त प्रस्ताव भएको थियो । यहाँको वेदकोट नगरपालिका–२ र ३ को वन क्षेत्रमा विसं २०७२ मा सरकारले चार किल्ला तोकेर नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।जिल्लास्थित डिभिजन वन कार्यालयले दुई वर्ष लगाएर औद्योगिक क्षेत्रमा पर्ने रुखको लगत सङ्कलन गरेको…

Read More

काठमाडौँ: जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणका १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले पक्राउ परेका १८ मध्ये १७ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको छ । कोसँग कति धरौटी माग ? केशव तुलाधर,साधारण तारेखमा रिहा,शिवजी भट्ट–३ लाख ३० हजाररुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजारबालकृष्ण श्रेष्ठ –७ लाख ५० हजारकलाधर देउजा –१५ लाखघमन कुमार कार्की– ७ लाख ५० हजारगोपाल कार्की –७ लाख ५० हजारविनोद पौडेल– १५ लाखयोगराज पौडेल– ७ लाख ५० हजारनारायणराज मिश्र –७ लाख ५० हजारअरुण कुमार…

Read More

काठमाडौँ: जिल्ला अदालत काठमाडौँले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ । आइतबार ललिता निवास प्रकरणमा न्यायाधीश भोलानाथ ढकालको इजलासले गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

Read More

महेन्द्रनगर: ‘भष्ट्राचार विरुद्धको हाम्रो अभियान–२०८०’ सुरु गरिएको छ । अभियानले पहिलो चरणमा भष्ट्राचार लगायतका वेथिति नियन्त्रणका लागि सरकारलाई ध्यानार्कषण गराएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाईएको हो । अभियानका केन्द्रीय संयोजक विक्रम बहादुर बमले भष्ट्राचार नियन्त्रणसँगै विभिन्न स्थानीय मुद्धाहरुलाई उठाएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको बताए । उनका अनुसार अभियानले देशमा व्याप्त विभिन्न समयका भष्ट्राचारका काण्डहरुको छानबिन र यसको नियन्त्रणका लागि दबाव दिन अभियान थालिएको हो । अभियानले महेन्द्रनगरको मदनचोकमा कोण सभा आयोजना गरि सडक ¥यालीसहित कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीमार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । अभियानले भष्ट्राचार नियन्त्रणसँगै स्थानीयका प्रमुख…

Read More

-खगेन्द्र गिरी कोपिला२०४४ सालमा म वीरगन्जमा काम गर्थें। त्यो वर्ष त्यहाँ पञ्चायतका छ ओटा वर्गीय संगठनहरुको राष्ट्रिय अधिवेशन भएको थियो। विश्वबन्धु थापा प्रोढ संगठनको केन्द्रिय सभापतिमा उठ्नुभएको थियो। मेरो गृह जिल्ला कञ्चनपुरबाट वीरगन्ज पुगेको प्रतिनिधि मण्डलमा मेरो बुवाका साथीहरु पनि हुनुहुन्थ्यो। उहाँहरूले प्रोढ संगठनको सभापतिमा विश्वबन्धु थापालाई भोट दिने विचार गर्नुभएको थियो। बुवाका साथीहरुलाई वीरगन्जमा खाने बस्ने व्यवस्था मैले गरिदिएको थिएँ। तर उहाँहरुले विश्वबन्धु थापालाई भोट दिने गरेको निर्णय मलाई मन परेको थिएन। ‘विश्वबन्धु थापा भनेका पहिले वीपीलाई र पछि राजालाई धोका दिने मान्छे हुन् तिनी राम्रो मान्छे हैनन्’ भन्ने भ्रमले गाँजेको थियो मलाई पनि। मैले बुवाका साथीहरुलाई कन्भिन्स गर्दै…

Read More

धनगढीः कैलालीको लम्कीमा एक किशोरमाथि सामूहिक कुटपिट भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ का १७ वर्षीय प्रविन शाहीलाई सोही ठाउँका किशोरहरुको एक समूहले कुटपिट गरेका हुन्। भदौ १९ गते उनलाई किशोरहरूले जंगलमा लगेर कुटपिट गरेका थिए। प्रविनले घर र साथीहरूसँग कुटपिट भएको बारेमा भनेका थिएनन्। तर, उनलाई कुटेको भिडिओ सार्वजनिक भएर भाइरल भएपछि प्रविनका बुवा खडकबहादुरले इलाका प्रहरी लम्कीमा शुक्रवार उजुरी दिएका थिए। उनको उजुरीका आधारमा चार जना किशोर पक्राउ परेका छन्। उनीहरु नाबालक भएकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन। उनीहरूको विरुद्धमा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

Read More

बैतडी: अविरल वर्षापछि आएको पहिराले महाकाली राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघर नजिकै आज ११:३० बजे सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनका अनुसार अहिले यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्न जेसिबी पहिरो खसेको स्थानतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । रासस

Read More

धनगढी: अछाममा ‘मदिरालयहरु’ (मदिरा व्यापारी) बाट राजस्वका नाममा अन्धाधुन्ध रकम असुली गरेको आरोप लागेका प्रहरी इन्चार्जको सरुवा भएको छ। जिल्लाको चौरपाटी गाउँपालिकामा असुली धन्दा चलाएको आरोप लागेका प्रहरी चौकी सिउँडीका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) लालसिंह बिष्टको सरुवा भएको हो। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डिएसपी सन्तोष पाठकले सई बिष्टलाई जिल्ला तानिएको जानकारी दिए। अहिले उनको स्थानमा असई लोकबहादुर विष्टलाई पठाइएको छ। उनी यसअघि मङ्गलसेनमा कार्यरत थिए। महेन्द्रनगरपोष्टले भदौ ८ गते मदिरालय र सई विष्टबारे समाचार प्रकाशित गरेपछि बिष्टलाई जिल्ला तानेर अनुसन्धान गरिएको थियो। बिष्टलाई जिल्ला तानेर उनीमाथि लागेको आरोपका सवालमा अनुसन्धान एवं छानबिन गर्नका लागि छानबिन समितिसमेत बनाइएको थियो।…

Read More