Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: लेखा अधिकृतसँग कार्यकक्षमै अश्लिल हर्कत गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको ‘इन्टेग्रीटी आइकन नेपाल-२०१९’ अवार्ड रद्द गरिएको छ। अकाउण्टबिलिटी ल्याब नेपालले अवार्ड रद्द गरेको हो विज्ञप्ति जारी गर्दै ल्याबले उनको अनैतिक क्रियाकलाप सार्वजनिक भएपछि २४ घण्टे स्पष्टीकरण सोधिएको जनाएको छ। आफ्नो विषयमा सार्वजनिक भएका घटनाको जिम्मा लिने र संस्थाले गरेको निर्णय मान्य हुने उनको जवाफपछि ल्याब अवार्ड रद्द गर्ने निर्णयमा पुगेको हो। उक्त अवार्ड तत्कालीन समयावधिमा प्राप्त जानकारी, सूचना र मापदण्डको आधारमा दिइएको उल्लेख गर्दै विज्ञप्तिमा समाचारहरूमा संस्थाको नाम जोडेकोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ । केही दिनअघि राईले कार्यकक्षमा आफ्नै सहकर्मीसँग यौनजन्य गतिविधि गरिरहेको…

Read More

दाङ: बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। शुक्रबार राति ९ बजे कोहलपुरको शमशेरगञ्जमा भएको बस दुर्घटनामा ७ को ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए। दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो। बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन्। घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, सहचालक र अन्य २ को मृत्यु भएको हो । सहचालक र अन्य २ को नाम खुलेको छैन।

Read More

बैतडी : निजामती सेवा दिवसको अवरसरमा बैतडीबाट कुनै पनि निजामती कर्मचारी पुरस्कृत हुन सकेनन् । निजामती सेवा दिवसमा सुदूरपश्चिमका १७ जना कर्मचारी पुरस्कृत भएका बेला बैतडीका एक जना कर्मचारी पनि पुरस्कृत नभएका हुन् । बैतडीबाट कुनै पनि कर्मचारी पुरस्कृत नभएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले बताए । यता जिल्ला प्रशासन कार्यालयले भने कार्यालयमा उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई सम्मान गरेको छ । कार्यालयमा अनुशासित भएर उत्कृष्ट काम गर्ने कम्प्युटर अपरेटर सुरेन्द्र देब भट्टलाई प्रशासनले नगद पाँच हजार सहित सम्मान गरेको सूचना अधिकारी बोहराले बताए ।

Read More

धनगढीः कैलालीका विभिन्न स्थानबाट भन्सार छलिका अवैध सामान प्रहरीले बरामद गरेको छ। जिल्लाको धनगढी उप–महानगरपालिका–१ शान्तिनगरबाट भन्सार छलीका अन्दाजी करिब ५० हजार मुल्य बराबरका साडी, लेडिज सुट, धोती, लेहंगा लगायतका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ। यस्तै धनगढी उप–महानगरपालिका–३ बिशालनगरबाट अन्दाजी करिब १५ हजार मुल्य बराबरका भन्सार छलीका लेडिज सुट, लेहंगा, धोती लगायतका सामान शुक्रवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Read More

धनगढी: धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आगलागी भएको छ। आज (शुक्रवार) बेलुका क्याम्पस क्षेत्रमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार करिब ८ बजेतिर क्याम्पसको बी-फ्लोरको सिढीमुनि रहेको बिजुलीको तार एक्कसी सट भएर आगो लागेको हो। आगलागीबाट मेन स्वीच र मिटर जलेको कैलाली प्रहरीका इन्सपेक्टर लोकेन्द्र कार्कीले बताए। तर, अन्य क्षती भने नभएको प्रहरीको भनाई छ।

Read More

डोटी : सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका- ११ सिमारका प्रकाश नेपालीका छोरा रेन्जर नेपाली बगेर बेपत्ता भएका हुन् । नदीमा लुगा धुन फुपूसँगै गएका अढाई वर्षीय रेन्जर बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए । बेपत्ता बालकको खोजी भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

Read More

मुस्ताङ : स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा निर्णय गरिएको छ । सोही निर्णयलाई कार्यान्वयन गर्न बिहीबार घरपझोङ गाउँपालिकाले बजारमा बिक्रीका लागि राखिएको २५ किलो स्याउ जफत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिकाले बजार अनुगमन गर्दा जोमसोमस्थित कोसेली हाउसमा बिक्रीका लागि राखेको उक्त स्याउ जफत गरेको अधिकृत आचार्यले बताए । उनका अनुसार गाउँपालिकाले जोमसोम क्षेत्रमा…

Read More

विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रुपमा २०७९ पुस २४ गते कार्की नियुक्त भएका थिए । सर्वाेच्च अदालतले बिहीबार मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वाेच्चले यसअघिका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई बदर गरिदिएको थियो । थापा पदमुक्त भएसँगै संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्की दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन । कार्की १७४ दिनमात्र सत्ताको बागडोर सम्हालेर बिदा भएका थिए ।…

Read More

काठमाडौं : गृह मन्त्रालयले १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । इलाका प्रशासन कार्यालय, कटारीमा कार्यरत उपसचिव चेतराज बरालालई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय, भोजपुरको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ । यस्तै अञ्जन न्यौपानेलाई डडेल्धुरा, भीमकान्त पौडेललाई बाजुरा तथा जनकराज पन्तलाई मुस्ताङको सीडीओका रुपमा खटाइएको छ।

Read More

धनगढी: गृहमन्त्रालयले सुदूरपश्चिमका २ जिल्लामा नयाँ सिडिओको सरुवा गरेको छ। आज (शुक्रबार) गृहले सुदूरपश्चिमका डडेल्धुरा र बाजुरामा नयाँ सिडिओ पठाएको हो। गृह स्रोतका अनुसार अञ्जन न्यौपानेलाई डडेल्धुराको सिडिओमा सरुवा गरिएको हो। यस्तै भीमकान्त पौडेललाई बाजुरा पठाइएको छ। यसअघि बाजुरामा पुष्कर खड्का र डडेल्धुरामा विश्वराज न्यौपाने सिडिओ थिए।

Read More