Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको धनगढी भएको राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिता २०८१ को उपाधि राष्ट्रिय युवा सङ्घ डोटीले जितेको छ। आज भएको फाइनल खेलमा टिम मालिकार्जुनलाई हराउँदै राष्ट्रिय युवा सङ्घ डोटी विजयी भएको हो। विजेता टिमले दुई लाख २५ हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता बनेको टिम मालिकार्जुनले एक लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। तेस्रो भएको राना थारु आदर्श युवा क्लबले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान प्राप्त गरेको थियो। हिजो भएको खेलमा शाह पोल्ट्री फर्मलाई हराउँदै राना थारु आदर्श युवा क्लबले तेस्रो स्थान हासिल गरेको…

Read More

काठमाडौं: सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतम आज मंगलबारदेखि अवकाशप्राप्त भएका छन्।  उनलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले मंगलबार नै विदाइ गरेको छ। सीमा सुरक्षा विभागमा कार्यरत गौतम सशस्त्रमा कायम ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका हुन्। ३० वर्षे हटाएर आफ्नो कार्यकाल लम्ब्याउन एक महिनायता कार्यालय नै नगई प्रयास गरे पनि सम्भव नभएपछि गौतमको सेवा अवधि टुंगिएको हो।  २०५२ वैशाख ३ गते नेपाली सेनामा भर्ना भएका गौतम क्याप्टेन हुँदा सशस्त्र प्रहरीमा सरेका थिए। २०७५ पुस १३ गते डीआईजीमा बढुवा भएका गौतम २०७९ जेठ २३ गते एआईजी बनेका थिए।  उनी अवकाशप्राप्त भएसँगै सशस्त्र प्रहरीमा एक जना एआईजीको दरबन्दी खाली…

Read More

काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देलले महोत्तरीस्थित श्री मध्यपूर्वी पृतना हेडक्वार्टर र सुनसरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन्। निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले उक्त पृतनाहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका नेपाली सेनाले जनाएको छ।

Read More

डोटी: डोटीमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको छ। खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि डोटीको दीपायल सिलगढी नगरपालिकामा अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो। दीपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाँजिसिंह खड्काका अनुसार सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पोष्ट स्थापना भएको जानकारी दिए। पोष्टमा प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा सात जना प्रहरी राखिएको छ। पर्यटकहरू माथि दुर्व्यवहार हुन नदिने, सुरक्षित अनुभूति गराएर बसाइँ लम्ब्याउने वातावरण बनाउने, आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने र पर्यटकहरूलाई गाइड गर्ने उद्देश्यले पोष्ट स्थापना गरिएको…

Read More

काठमाडौं: उच्च अदालत,पाटन (ललितपुर)ले कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पूर्वपत्नी आरती रावल गिरीले दायर गरेको बलात्कार मुद्दामा सफाइ दिएको छ। कामु मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गत भदौमा न्यायाधीश भुवनले दायर गरेको पुनरावेदनको सुनुवाइपश्चात् हिजो सफाइ दिएपश्चात उनलाई काममा फर्कन बाटो खुलेको छ। तर,सामाजिक रुपमा लागेको गम्भीर आरोपको दाग भने गिरीमाथि सँधै रहने छ। यसअघि उच्च अदालत पाटनले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो। तर इजलासमै आरतीले बिष खाने धम्की दिएपछि सर्वोच्च अदालतले २०८० चैत २१ गते थुनामा पठाइदियो भने सोही आदेश तामेल गर्ने क्रममा जिल्ला अदालत काठमाडौंले सात वर्ष कैद र तीन लाख…

Read More

काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हिजोआज हराउन थालेको बताएका छन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित ‘विश्व नेपाली साहित्य महोत्सव’ को समापन समारोहमा उनले हामी सबैमा आआफ्नो भाषा बोल चाल गर्ने बानी घटी सकेको बताउँदै यसलाई छोड्न नहुने धारणा व्यक्त गरे। सभापति देउवाले भने, ‘अलिकति बैतडीका दाजुभाइले आफ्नो भाषा बोल्ने गरेको भए पनि अन्य जिल्लाकाले भने बोल्नै छाडेका छन्। भाषा बोलचालबाटै हराउँछ भने त्यो भाषा कति दिन टिक्न सक्छ।’ उनले नेपाली भाषाको उत्थान सुदूरपश्चिमबाट भएको हो भनेर धेरै विद्वानहरूले मानेको उल्लेख गरे। सभापति देउवाले भाषा, संस्कृतिको संरक्षणका लागि सबै एक जुट भएर लाग्नु जरुरी रहेको बताए।

Read More

धनगढी: कैलालीमा झन्डै २० लाख मूल्य पर्ने चोरीको ब्रेजा कार बरामद गरिएको छ। गत २६ चैतमा भजनी नगरपालिका–५ लालबोझीमा प्रहरीले बा. प्र. ०१–०२६ च७९९४ नम्बर टासेको ब्रेजा कार शंकास्पद रुपमा फेला पारेको थियो। यातायात कार्यालयमा बुझ्दा उक्त नम्बरको कारको इन्जिन नम्बर र चेसिस नम्बर मेल नखाएको पाइएपछि कार चोरीको भएको पुष्टि भएको थियो। उक्त कारलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको छ।

Read More

धनगढी: धनगढीमा सुविधासम्पन्न होटेल सञ्चालनमा आएको छ। युवा व्यवसायी सुरेन्द्र पन्तले धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार रोडमा ‘होटेल देव इन’ सञ्चालनमा ल्याएका हुन्। होटेलको संचालक सुरेन्द्र पन्तकी आमा डम्वरीदेवी पन्तले रिवन काटेर होटेलको उद्घाटन गरेकी हुन्। होटेलमा सुविधासम्पन्न १९ कोठाहरू छन्। होटेलमा चार वटा लग्जरियस रुम र बाँकी १५ वटा डिलक्स रुम छन्। होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले बाह्य पर्यटकलाई पनि आकर्षित गर्ने संचालक पन्तको विश्वास छ। होटेलमा हल, डाइनिङ रेष्टुरेन्ट र बार रहेका छन्। होटेलमा लिफ्टको सुविधा छ। यस्तै, अन्डरग्राण्ड र बाह्य पार्किङको व्यवस्था पनि रहेको सञ्चालक पन्तले जानकारी दिए।

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अपराध अनुसन्धान समूहका प्रमुख समेत रहेका वरिष्ठ सई बासुदेव अवस्थीसहित ६१ जना इन्सपेक्टर बढुवाका लागि सिफारिस भएका छन्। नेपाल प्रहरीका ६१ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई)लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस गरिएको हो। आइतबार साँझ बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो। यस अगाडि बढ्दो चलखेलका कारण बढुवा प्रभावित हुँदै आएको थियो।

Read More

धनगढी: दार्चुलामा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–५ सैकेबगर स्थित कुलेश्वर नौगाड सडकखण्डमा बा३ क ३०९९ नम्बरको ट्याङकरको ठक्कर दिदा सोही ठाउँका ५५ वर्षीय हरीसिह एैरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। चालक संखुवासभा घर भएका सुरत तामाङ र ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More