Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं – नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएकाे छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेकाे प्रस्ताव बहुमतले पारित भएकाे हाे । आज शुक्रवार दिनभरकाे छलफलपछि नागरिकता ऐन २०६३ लाई संशाेधन गर्न बनेकाे विधेयक प्रतिनिधि सभाले बहुमतले पारित गरेकाे हाे । विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समयसीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो । विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गरेका थिए । वैवारिक अङ्गीकृत नागरिकताका लागि…

Read More

दार्चुला – जिल्ला हुलाक कार्यालय दार्चुलाले ७ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा हुलाक कार्यालय दार्चुलाले ७ लाख ३१ हजार ३ सय २२ रुपैँया राजस्व संकलन गरेको हो । हुलाक कार्यालय दार्चुलाका सुचना अधिकारी मदन सिह ठगुन्नाका अनुसार हुलाक सेवा शुल्कबाट ४ लाख ६९ हजार २सय ९२ रुपैँया प्रशासनिक सेवा शुल्कबाट ६सय ४५ तथा जिल्लामा रेडियो एफ एम नविकरण तथा रोयल्टी वाफत २ लाख २० हजार ७ सय ७७ रुपैँया अन्य विक्रीबाट १ हजार ८ सय गरी गत आर्थिक वर्षमा ७ लाख ३१ हजार ३ सय २२ रुपैँया राजस्व संकलन गरिएको जिल्ला हुलाक कार्यालय दार्चुलाले…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन हजार ८३८ जनाको कोरोना परीक्षण गर्दा ४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये दुई हजार १६८ जनाको पिसिआर र एक हजार ६७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर दुई हजार ८४१ जना सक्रिय संक्रमित छन् भने ८० जना संक्रमित निको समेत भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताए। गत आर्थिक वर्षमा कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत रहेको थियो। त्यस्तै बैंकबाट हुने कर्जा केन्द्रिकरण घटाउने भएको छ।

Read More

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले जनताले सहज र सरल ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले स्वास्थ्य बीमाका विषयमा धेरै समस्या देखिएको भन्दै स्वास्थ्य बीमा भुक्तानीका देखिएका समस्याहरु समाधान गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गर्न जाँदा धेरै समस्या झेल्नुपरेको भन्दै यस्ता समाधानहरू पनि दीर्घकालीन रूपमा नै समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन्। बैठकले सरकारी भन्दा पनि नीजि अस्प्तालमा बीमा भुक्तानीको समस्या भएको गुनासो आएको भन्दै ऐन कानूनको व्यवस्था अनुसार समस्या हल गर्न पनि निर्देशन दिएको छ ।…

Read More

काठमाडौं – वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेको अवस्थामा गम्भीर घाइते वा विरामी भई विभिन्न देशका विभिन्न अस्पतालमा सघन उपचार गराइरहेका नेपालीहरुको स्थिति बुझ्न, उनीहरुको उद्धार गर्न तथा आवश्यक सहयोग गर्न माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णयबाट एक कार्यदल गठनका निम्ति निर्देशन दिएका छन्। तीन सदस्यीय उक्त कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख रहने तथा सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक रहने छन् । समितिले विशेष गरी वैदेशिक रोजगारीमा गई सघन उपचारमा रहेका श्रमिकहरुको एकिकृत तथ्याङ्क तयार गर्ने, तिनीहरुलाई उद्धार गरी स्वदेशमा फर्काउने उपायहरुको पहिचान गर्ने, स्वदेशमा ल्याए पश्चात…

Read More

हेटौंडा – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिएका छन्। नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै उनले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताए। प्रधानमन्त्री देउवाले भने, “सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादितरुपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस् । निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ बनाउँछ ।” उनले राजनीतिक स्थायित्वका विषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यकता औँल्याए। प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको जनाउँदै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे।…

Read More

काठमाडौं – नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमतिविपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् । नेपाल नागरिकता (पहिलो संशोधन)विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै छल हो कि छलफल ? भन्ने कविता वाचन गर्दै रावलले नागरिकता विधेयकमा छलफल होइन, छल भएको तर्क गरेका छन् । ‘संविधान निमार्णताका प्रमुख राजनीतिक दलहरू र राज्य व्यवस्था समितिमा भएको छलफलको सहमतिविपरीत विधेयक ल्याइएको छ,’ रावलले बैठकमा भने, ‘विशाल ठुला देशको बीचमा रहेको र भू-राजनीतिक…

Read More

काठमाडौं – राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियागिताका लागि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । पूर्वखेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुन् । यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षकविहीन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेरेका थिए । महिला साफ ६ देखि १९ सेप्टेम्बरसम्म काठमाडौंमा हुँदै छ ।

Read More

काठमाडौं – नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेको महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा मुल संशोधनकर्ताकातर्फबाट धारणा राख्दै सांसद अधिकारीले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका हुन् । ‘यसअघि पनि संसदीय समितिमा नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत दिने भन्ने सहमति भएको थियो,’ अधिकारीले बैठकमा भने, ‘सोही सहमतिका आधारलाई मानेर नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्छ, नत्र मुलुक फिजीकरणको दिशातर्फ जाने देखिन्छ ।’ नागरिकताजस्तो संवेदनशील विषय ‘फास्ट ट्रयाक’ पारित गर्न नहुने भन्दै संसदीय समितिमा पुनस् पठाउनुपर्ने अधिकारीको माग छ । यसअघि संसदमा पेस…

Read More