Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- आज सोमबार न्यायापरिषद्‌को बैठक बस्ने भएको छ। न्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। उच्च अदालत र सर्वोच्च अदालतमा न्यायाधीशहरूको दरबन्दी रिक्त रहेको अवस्थामा बैठक बस्न लागेको हो। नियमित तालिकाअनुसार नै बैठक बोलाइएको हो। प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्‌मा कानुनमन्त्रीसहित अन्य चारजना सदस्य रहने व्यवस्था छ। अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा रहेकाले कामु प्रधानन्यायाधीशको अध्यक्षतामा बैठक बस्नेछ। सर्वोच्च तथा उच्च अदालतमा ठूलो संख्यामा दरबन्दी रिक्त छ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको बताएका छन् । भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताउदै भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको प्रतिक्रिया दिए । ‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, सञ्चारकर्मीहरूसँग प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो । मोदीसँग भेट नभएपनि…

Read More

काठमाडौं – प्रतिवन्धित लागूऔषध हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले तीन जनालाई चार किलो हेरोइनसहित पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए। पक्राउ पर्नेमा दुई जना विदेशी र एक जना नेपाली नागरिक छन्। दक्षिण अफ्रिकाको जोहानशबर्गबाट दुबई हुँदै काठमाडौंमा असार ३१ गते शुक्रबार ६१ वर्षीय अफ्रिकी नागरिक ज्याक्वेस एन्टन एनजेलब्रेचमाथि प्रहरीले शंका गरेको थियो। उनको गतिविधि शंकास्पद देखेपछि प्रहरीले उनीमाथि निगरानी गरेको थियो। अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-२६ ठमेलको एउटा होटलबाट उनलाई प्रहरीले पक्राउ गर्यो। उनले ल्याएको सुटकेशमा फल्सबटमभित्र चार किलो हेरोइन बरामद भएको थियो। यस्तै लागु औषध भारतमा लैजान लागेको प्रहरीको भनाई छ।…

Read More

काठमाडौं – नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उनले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमान्दारीपूर्वक काम गर्नेछु’, पदभार ग्रहणका क्रममा उनले भनिन्, ‘चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढङ्गबाट बढाउन मद्दत गर्नेछु ।’ यसअघि आजै उनलाई राष्ट्रिपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ गराएका थिए । प्रतिनिधिसभाको…

Read More

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको शपथ लिएकी छन्। आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सहभागी रहेका थिए । भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताउनुभएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले लाभ लिनुपर्ने विचार व्यक्त गर्नुभयो । “स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट सहरमा जानेको सङ्ख्या बढ्न थालेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ, स्तरीय स्वास्थ्य सेवा सबैले पाउने हक संविधानले सुनिश्चित् गरेको छ, संस्थानले पनि दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न योगदान गरेर गुन लगाएको छ”,…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप एक सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षण गर्दा एक सय ३५ जनामा संक्रमण भएको हो । जसमध्ये एक हजार चार सय ७३ जनाको पीसीआर परीक्षण गर्दा एक सय १४ जना र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । यसबीच ५९ जना संक्रमणमुक्त भएका छन् । आज (आइबार) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख…

Read More

काठमाडौं – सरकारले आयातमा गरिएको कडाइलाई निरन्तरता दिने भएको छ । १० वस्तुको पैठारीमा लगाइएको बन्देजलाई भदौ १४ गते सम्म निरन्तरता दिने निर्णय गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे आज (आइतबार) जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबाहादुर कार्कीले आयातमा गरिएको कडाइलाई निरन्तरता दिइएको बताए । यस्तै, सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्ने क्रममा दुर्घटनामा परी ज्यान गुमाएका इन्जिनियर सतिस कुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरको परिवारलाई क्षतिपूर्ति स्वरूप पाँच–पाँच लाख उपलब्ध गराउने पनि निर्णय गरेको उनले जानकारी दिए । मन्त्रिपरिषद् बैठकका निर्णयहरू :१ . राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य…

Read More

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् । ९-११ साउनमा सिडनीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ डिफरेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लागेका हुन् । ३१ असारको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको सो भ्रमणलाई स्वीकृत गरिसकेको छ । प्रधानसेनापति शर्मा हालै मात्र अमेरिकालगायतका देशको भ्रमण पूरा गरी स्वदेश फर्किएका थिए ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय जनता पार्टी (बीजेपी)का राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । प्रचण्डले बीजेपीको हेडक्वार्टरमा पुगेर अध्यक्ष नड्डालाई भेटेका हुन् । भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी छन् । तीन दिने भारत भ्रमणका लागि शुक्रवार दिल्ली पुगेका प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम छ । मोदीसँगको भेटपछि प्रचण्ड आजै स्वदेश फर्किने छन् ।

Read More