Author: महेन्द्रनगर पोष्ट

कैलाली-सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले आह्वान गरेको तह विहीन वन रक्षक पदको विज्ञापन खारेज गर्न माग गरिएको थारुसँग आवद्ध संघ संस्थाले छ। थारु कल्याणकारी सभा कैलाली सहित ११ दलले संविधान विपरीत खुलाएको भन्दै खारेज गर्न माग गरेका हुन्। ‘प्रदेशको लोकसेवा आयोगको मिति २०७८/१२/०९ गते प्रकाशन गरेको वन रक्षक पदको विज्ञापनले हाम्रो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ। सु.प प्रदेश सरकारले चालेको यो कदमको हामी घोर निन्दा र भत्संना गर्दछौ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘समयमै व्यवस्था नगरे अदालतको ढोका ढक्ढक्याउने र त्यसबाट न्याय नपाए कडा भन्दा कडा आन्दोलन गर्ने ब्यहोरा समेत यसै विज्ञप्ति मार्फत सबैलाई जानकारी गराउन चाहन्छौँ ।’  प्रदेश लोक सेवा…

Read More

काठमाडाैं – बालिका अपहरण गरी १५ लाख फिरौती माग्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । प्रहरीले धनुषा कमला नगरपालिका–२ घर भई जनकपुर उपमहानरपालिका–१६ बस्ने ध्रुव कुमार मण्डलकी ४ बर्षीया छोरी अपहरण गर्ने ३ जनालाई आइतवार पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा नगरपालिका–३ सिजियाहीका २१ बर्षीय अरविन्द मुखिया, जनकपुर उपमहानरपालिका–१ का २१ बर्षीय रविकुमार दास र कमलामाई नगरपालिका–८ सोनापाराका २० बर्षीय अभिषेकचन्द्र दास छन् । उनीहरुले योजना बनाएर चैत १० गते अपहरण गरेर परिवारलाई १५ लाख रुपैयाँ फिरौती माग गरेका थिए । ९८१४८१२५९१ सिम नम्बरबाट १५ लाख रूपैयाँ माग गरेको नत्र छोरीलाई मारेर फालिदिने धम्की दिएको…

Read More

काठमाडौं – चुरे वन जंगलको संरक्षण तथा भूमिहीन सुकुम्बासीहरूको मुद्दा उठाउँदै अभियानकर्मीहरुले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । घेराउ गर्न पुगेका अभियानकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै आन्दोलनकारी मध्ये ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । सिरहाको मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनका नाममा व्यक्तिले कब्जा गरेर विक्री गरेको विषयमा छानबिनका गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सोमबार विरोध प्रदर्शन गरिएको हो । उनीहरूले…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १९ चैतमा भेटवार्ता हुनेछ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् । भारतीय व्यवसायीहरुलाई पनि सम्बोधन गर्ने प्रधानमन्त्री देउवाले २० चैतमा नेपाल फर्किनुअघि वाराणासीको पनि भ्रमण गर्नेछन् । भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अरु मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Read More

कञ्चनपुर – प्रायः हरेक तहका निर्वाचनमा महाकाली सन्धिअनुसार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकालाई सिँचाइका लागि पानी ल्याउन पहल गर्ने विषय प्राथमिकतामा पर्छ । दलीय एजेन्डा बन्ने गरेको सिँचाइको विषय चुनाव सकिएसँगै ओझेलमा पर्छ, तर सन्धिको अढाइदशक बितिसिक्दा पनि महाकाली नदी पारीको उक्त नगरपालिकाले अझै सिँचाइका लागि पानी पाएको छैन । तीन हजार ६०० हेक्टरमा कृषि हुँदै आएको दोधारा चाँदनीको उत्तरदेखि दक्षिण भारतीय सीमासम्म महाकाली नदी अविरल बगिरन्छ, तर त्यहाँका स्थानीयवासीले भने दशकौँदेखि आकाशे र बोरिङको पानीका भरमा खेती गर्नुपर्ने बाध्यता विद्यमान छ । नेपाल–भारत एकीकृत महाकाली सन्धिअनुसार बनबसा पुल नजिकैको शारदा नहरबाट नेपाली सिमानासम्म करिब एक हजार २०० मिटर मूलनहर लगायतका…

Read More

दार्चुला – व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ। स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्व भएको हो। गत मङ्सिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ । हिमपातका कारण अहिले पनि सो क्षेत्रको टेलिफोन सेवा सञ्चालन गर्न नसकिएको नेपाल टेलिकमका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङले बताए। “नेपाल टेलिकमको स्काई टावर राखिएको क्षेत्रसम्म अहिले पनि हिउँ नपग्लिएका कारण जान सकिने अवस्था रहेन”, गुरुङले भने, “हिउँ पग्लिएपछि वैशाखपछि मात्रै फोन सेवा सञ्चालन गर्न सकिएला, सशस्त्र प्रहरीका लागि एन्टीसेटमार्फत जडान गरिएका दुई फोन लाइन भने सञ्चालन गरिएको छ।” सशस्त्र प्रहरीले पनि महिनौँ दिन सञ्चारविहीन हुनुपरेको थियो। अहिले कार्यालय प्रमुख…

Read More

काठमाडौं – अवैध बुद्ध चित्तसहित एक कोरियन नागरिक पक्राउ परेका छन् । अवैध रूपमा कोरिया लैजान लागेको बुद्ध चित्त जस्तो देखिने वस्तुको १ सय ४३ थान माला सहित राहदानी नम्बर एम ८०९०९५६४ बाहक कोरियन नागरिक सुन उन जाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै कोरिया जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त माला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति जारी छ । कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको हो । स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिहरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन् । बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा पदाधिकारीले धारणा राख्दैछन् । कांग्रेसमा १४ जना पदाधिकारी छन् । धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् ।

Read More

रोल्पा – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने बताएका छन् । ७ वर्षपछि रोल्पा पुगेका अध्क्ष दाहालले निर्वाचनका बेला अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि नगरिने बताए । पार्टीका प्रवक्ता कृष्णबहादुर महराका घरमा आज (सोमबार) आयोजित पत्रकार भेटघाटमा दाहालले भने, ‘आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं । आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्छौं ।’ महाधिवेशन र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेकाले निर्वाचनमा आफ्नो जित हासिल हुनेमा विश्वास भएको दाबी समेत उनले गरे। आफ्नै नेतृत्वमा २०५२ फागुन १ मा माओवादी सशस्त्र द्वन्द्वको सुरुआत गरेको जिल्ला रोल्पामा आयोजित…

Read More

महेन्द्रनगर – बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु ६ जना घाइते भएका थिए । आइतबार साँझ पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएको थियो । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार सुर्नया गाउँपालिका–३ का २५ बर्षीया दुर्गा चन्दको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको त्यस्तै दुर्घटनामा परेर सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया माधवी चन्द, ३५बर्षीया वसन्ती भट्ट र ३३ बर्षीया कलावती भट्ट घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । समान्य घाइते भएका सुर्नया–३ कै २८ बर्षीया निर्मला चन्द र…

Read More