Author: महेन्द्रनगर पोष्ट

तनहुँ – प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी आयोजना समयमै सम्पन्न गरिसक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज आयोजनाको बाँधस्थल, विद्युत्गृहलगायतको निरीक्षणपछि समयमै काम सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिएका हुन् । सो क्रममा प्रधानमन्त्री देउवाले आयोजनाको हालसम्म भएका कामको प्रगतिबारे जानकारी लिएका थिए । प्रधानमन्त्री देउवाले आयोजना निर्माणका लागि सरकारको तर्फबाट आवश्यक सबै सहयोग रहने प्रतिबद्धता पनि त्यस अवसरमा व्यक्त गरे । आज तनहुँका केही कार्यक्रममा सहभागी हुन आउनुभएका प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षण गरेका हुन् । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका…

Read More

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । हिजो बुधबार सुरु भएको बैठकको दोस्रो दिनको बैठक बबरमहलस्थित कार्की ब्याक्वेटमा जारी छ । एमाले नेताहरुका अनुसार एमालेको यो केन्द्रीय कमिटीको बैठक विशेष गरी स्थानीय तहको निर्वाचन केन्द्रित छलफल हुने छ । बुधबारको बैठकमा सात प्रदेशका संयोजकले पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए भने अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

Read More

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरिद गर्ने सम्झौता भएको बताए । भारतमा विजुली महंगो भएको भन्दै प्राधिकरणले नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो । तर बुधबार भने नेपालले भारतीय बजारबाट महंगोमै भए पनि विजुली किन्ने गरी सम्झौता गरेको जनाइएको छ । ‘आजदेखि कार्यकारी निर्देशकको निर्देशनपछि हामीले २० रुपैयाँ प्रतियुनिट, त्यो भनेको नेपालमा ३८ रुपैयाँ प्रतियुनिट पर्छ, भरे १२ बजेर १५ मिनेटमा हाम्रो सबै सिष्टम नर्मल भएपछि त्यसबाट सात हजार मेगावाट आवर बिजुली…

Read More

काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी एकाएक अफगानिस्तान पुगेका छन् । इस्लामिक मुलुकहरुको समूह अर्गनाइजेशन अफ इस्लामिक कोअपरेसनको सम्मेलनमा भाग लिन पाकिस्तान गएका उनी पूर्वघोषणा बेगर नै एकाएक अफगानिस्तानको राजधानी काबुल पुगेका हुन् । दक्षिण एसियाली मुलुकहरुको भ्रमणमा निस्केका उनको पाकिस्तानपछि भारतको राजधानी नयाँ दिल्ली पुग्ने कार्यक्रम थियो । दिल्ली भ्रमण सकेर उनी नेपाल आउने बताइएको थियो । यद्यपि उनले पाकिस्तानमा रहँदा जम्मू कश्मीरका विषयमा विवादित बयान दिएको भन्दै भारतले आलोचना गरेपछि उनी एकाएक काबुल पुगेका हुन् । यस भ्रमणलाई गत वर्षको अगष्ट महिनामा इस्लामिक लडाकु तालिबानले सत्ता कब्जा गरेयता चिनियाँ पक्षबाट अफगानिस्तानमा भएको उच्चस्तरीय भ्रमण रहेको बताइएको छ । पाकिस्तानमा रहँदा उनले जम्मू कश्मीरबारे विवादित बयान दिएका थिए । इस्लामिक मुलुकहरुको सम्मेलनमा उनले कश्मीरको मामिलामा चीन…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा चैत १८ गते जाने भएका हुन् । देउवा २० गते स्वदेश फर्किने एक वरिष्ठ सरकारी अधिकारीले बताए। तालिकाअनुसार देउवा १८ गते दिल्ली जाने, १९ गते भारतीय समकक्षी मोदीलगायतका भारतीय नेतासँग वार्ता गर्ने र २० गते स्वदेश फर्कने छन्। भ्रमणका लागि परराष्ट्र मन्त्रलायले तयारी थाले पनि मिति तय भइनसकेको प्रवक्ता सेवा लम्सालले बताइन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपाल भ्रमणलगत्तै देउवा भारत जान लागेका हुन्। भारतमा रहँदा नेपाल र भारत सीमापार व्यापार र रेलमार्गलगायतका विषयमा सम्झौता हुने सम्भावना रहेको जनाइएको छ।…

Read More

नवलपुर – नेपाल आदिवासी जनजाति महासंघ नेपालको हिजो देखि सुरु भएको १०औं महाधिवेशनमा पैसा र राजनितिक चलखेलका कारण आज विहानै ८ बजे देखि सुरु हुने भनिएको बन्दसत्र अहिले सम्म सुचारु हुन सकेको छैन । चक्रिय प्रणाली अनुरुप अध्यक्षको दावेदार गोविन्द छन्तायल भए पनि नेकपा एमाले र नेपाली कांग्रेस प्रति आस्था राख्ने आदिवासी नेताहरुकोको घिनलाग्दो प्रतिस्पर्धाका कारण अधिवेशनको माहोल बडो आलोचित बन्दै गएको छ । आदिवासी जनजातिहरुका हक अधिकारका निम्ती स्थापीत संस्थाको अधिवेशनमा राजनितिक प्यानल र पैसाको चरम चलखेल भएको देखेर अधिवेशनका प्रतिनिधी पर्यवेक्षकहरुनै अचम्मित भएकाछन । अधिवेशनमा सहभागिहरु भन्छन् यो महासंघको अधिवेशन हो? वा स्थानीय, प्रदेश वा प्रतिनिधि सभाको ?…

Read More

कैलाली – नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका दलहरु आगामी निर्वाचनमा पनि मिलेर जाने बताएकी छन् । उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन् । नेतृ डा राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरिन्। उनले भनिन्, ‘संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्ला मात्रै हो, हामीहरु सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।’ नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा नेपाली कांंग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी डा देउवाले एक…

Read More

काठमाडौं – सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज (बिहीबार) बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।‘सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘अब निर्धारित स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीति अनुरुप सम्पन्न गर्न सजिलो हुन्छ । निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नीतिले सहयोग पुर्‍याउँछ ।’ बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न…

Read More

स्याङ्जा – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ‘स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ’, प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो ।’ वर्तमान सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेर अघि बढीसकेको तथा निर्वाचन तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा…

Read More

भक्तपुर – भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More