Author: महेन्द्रनगर पोष्ट

मुग्लिन-चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चितवनको इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन्। मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। उनीहरुको शव परीक्षणको लागि…

Read More

कञ्चनपुर-महाकाली नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले संयुक्त चुनाव लड्ने भएका छन। दार्चुलाको महाकाली नगरपालिकामा माओवादी केन्द्र र समाजवादीले संयुक्त मोर्चा बनाएर चुनाव लड्ने भएका हुन।शुक्रबार माओवादी केन्द्र र समाजवादीविच संयुक्त उम्मेदवार उठाएर चुनावमा होमिने निर्णय गरेका हुन्। माओवादीको तर्फबाट नगर अध्यक्ष गणेश खत्री, उपाध्यक्ष हरिष भट्ट, सचिव राजेन्द्र विष्ट, प्रदेश सदस्य खडक धामी, दिपक जोशी, समाजवादीका तर्फबाट नगर अध्यक्ष धनुषा पाल प्रदेश सदस्य दिलेन्द्र पाल, गणेश जोशी, प्रमाराम ओड, राधिका जोशीले सहमती गरेका छन।

Read More

न्युयोर्क-अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन्। ‘युक्रेनमा हामीले रुसविरुद्ध लडाइँ गर्ने छैनौं। नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध हो। यसलाई हामीले रोक्ने प्रयास गर्नुपर्छ,’ बाइडेनले भने।यसअघि रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको अमेरिकाले रुसी भोड्का, सिफुड, डायमन्डलगायतका सामाग्रीमा नयाँ प्रतिबन्ध लगाएको छ। युक्रेनमाथि रासायनिक हमला प्रयोग गरे पुटिनले ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए। यसैबीच, रुसी सेनाले युक्रेनका तीन वटा मुख्य सहरहरुमा हमला गरेको छ। यसअघि युक्रेन संकटबारे रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको वार्ता निष्कर्षविहीन भएको थियो। रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाबीच टर्कीमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।एजेन्सी

Read More

मस्को-रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग मस्कोको वार्तामा केही प्रगति भएको खुलासा गरेका छन्। मस्कोका चासोहरुलाई पश्चिमा देशहरुले सम्बोधन गरेमा द्वन्द्व अन्त्य हुने रुसी प्रशासनले बताइरहेका बेला राष्ट्रपति पुटिनको सो धारणा आएको हो। बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग मस्कोमा भएको भेटमा पुटिनले पश्चिमी प्रतिबन्धले रुसको विकासमा बाधा नपर्ने र रुस अझ बलियो हुने दाबी गरे। उनले युक्रेनी वार्ता व्यवहारिक रूपमा भइरहेकोसमेत बताए। ‘निश्चय नै सकरात्मक परिवर्तन भएको हाम्रा पक्षका वार्ताकारहरुले बताएका छन,’ पुटिनले भने, ‘यसबारे पछि मैले सबै भन्नेछु।’ यसै साता रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता भएको थियो। युक्रेन युद्ध सुरु भएपछि अहिलसम्मकै उच्च तहमा भएको…

Read More

झापा-झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ।आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ। यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए।प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ। झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए। अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयम्सेवक छ/छ सय परिचालन गरिएको छ भने उनीहरुमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि (डीइसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ…

Read More

काठमाडौँ-भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ। उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि परीक्षा स्थगित गरिएको हो। विभागले फागुन २८ मा भन्सार एजेन्टको इजाजत पत्रको लागि लिखित परीक्षा गर्ने तयारी गरेको थियो। तर उच्च अदालत पाटनबाट फागुन २६ मा विभाग समेतको नाममा चैत ६ गतेसम्म स्थगित गर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको विभागले जनाएको छ।

Read More

काठमाडौँ -सरकारले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरेको हो। महिना दिन अघि बढुवा भएका उपसचिवहरु हिजो मात्रै पदस्थापन भएका थिए। MOFAGA_Notice_20220311065504-1Download

Read More

कैलाली-भारतको उत्तरप्रदेशको शाहजापुराका ४२ वर्षीय कुलदीप गुप्ता २१ फागुनमा धनगढी पुगे। श्रीमतीसँग झगडा भएर भारतबाट नेपाल आएका गुप्ता त्यो रात धनगढी उपमहानगरपालिका–८ स्थित आफ्नो कान्छो भाइ सुनिल गुप्ताको घरमा बसे। केही बर्षदेखी शिवपुरीधामनजिकै डेरा गरी आफ्नो जोहो गर्न सामान्य काम गर्दै आएका थिए। कोरोना महामारीको समयमा परिवारसहित भारत गएका उनी पछि पुनः रोजगारीका लाागि फेरी धनगढी फर्किए। गुप्ता २२ फागुनमा काम खोज्दै निस्किए। धनगढीकै एक आइसक्रिम उद्योगमा काम गर्न थाले।दिनभरि आइसक्रिम बेचेर बेलुका ज्याला लिएर आफन्तको घरमा फर्किएका गुप्ता धनगढीको अदालत रोडनजिक आफन्तको घरमा गए। त्यहाँबाट राति नै निस्किएका उनको अर्को बिहान शव फेला पर्‍यो। एक सातादेखि उक्त विषयमा अनुसन्धान…

Read More

 काठमाडाैं -शनिवार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यता सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइ छ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश १ को एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय वायूकाे सामान्य प्रभाव रहेकाे छ ।

Read More

कैलाली- नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित एक महिने अभियान आइतबारदेखि सुरु गर्ने भएको छ। ७७ वटै जिल्ला, ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा हुने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि कांग्रेसका केन्द्रीय नेताहरु जिल्ला पुगेका छन्। केन्द्रीय प्रतिनिधिहरुलाई अभियानको उद्घाटन भन्दा २ दिनअघि नै सम्बन्धित जिल्लामा पुग्न कांग्रेसले निर्देशन दिएको थियो। सोही अनुसार प्रतिनिधिहरु खटाइएको जिल्लामा पुगेका छन्। कांग्रेसको १ महिने अभियान अन्तर्गत मुख्यतः वडा र टोल केन्द्रीत कार्यक्रमहरु हुँदैछन्। अभियान अन्तर्गत टोल समितिहरुको गठन, प्रशिक्षण, नयाँ मतदातालाई तालिम, पार्टीको नेतृत्वमा भएका कामहरुको प्रचार तथा नेकपा नेतृत्वको अघिल्लो सरकारका कामहरुको भण्डाफोर गरिने कांग्रेसले…

Read More