Author: Dipak Dhamala

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै सत्ता गठबन्धनका बीचमा मन्त्रालय भागबन्डाको कसरत सुरु भएको छ । गठबन्धन आबद्ध दलहरूले हैसियतभन्दा बढी मन्त्रालय दाबी गर्न थालेपछि प्रधानमन्त्री दबाबमा पर्न थालेका छन् । संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित २५ सदस्यीय हुने व्यवस्था छ । हाल सरकारमा प्रधानमन्त्री, १ उपप्रधानसहित ५ फुल मन्त्री र एक राज्यमन्त्रीसहित सात जना छन् । अब संविधानअनुसार प्रधानमन्त्रीले १८ जना मन्त्री सरकारमा थप राख्न पाउँछन् । हालको सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय जनमोर्चा,…

Read More

काठमाडौँ । आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आगामी तीन दिन मौसममा सुधार आउने सङ्केत नदेखिएको मौसमविद्हरूले जनाएका छन् ।

Read More

धनगढी – धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ओमकार जोशीले फूपाजु नाता पर्ने दुर्गाप्रसाद जोशीले ३६ लाखमा आधा कठ्ठा जग्गा खरिद गरिदिने आश्वासनपछि ८ लाख रुपैयाँ अग्रिम भुक्तानी दिए । आफूसँग भएको चार लाख र पछि फिर्ता गर्नेगरी जोशीसँग लिएको चार लाख समेत गरेर ८ लाख रुपैयाँ जग्गाधनी शान्तिकुमारी गुरुङ(थापा) लाई उनी मार्फत नै रकम तिरेका थिए । ७ माघ २०७८ मा तमसुक गर्दै जोशीले बाँकी रहेको २८ लाख रुपैयाँ २०७९ बैशाखमा तिरेपछि गुरुङको उनको नाममा जग्गा पास गरिदिने आपसी समझदारी गरेका थिए । तर उक्त जग्गा गुरुङका दुई जना नाबालक छोरा(सुवास र गोविन्द) को समेत नाममा भएका कारण मालपोत कार्यालय धनगढीले…

Read More

धनगढी: कैलालीको त्रिनगर नाका हुँदै नेपाल आउने भारतिय मालबाहक गाडीबाट ट्राफिक प्रहरीले पैँसा अशुल्ने गरेको पाइएको छ । राजश्वको जिम्मा भन्सार कार्यालयलाई भएपनि त्रिनगर नाकामा बस्ने ट्राफिक प्रहरीले गाडी इन्ट्री गरे वाफत प्रति गाडी २ सय रुपयाँ लिने गरेको पाइएको छ । भारतिय गाडी चालकहरुका अनुसार बिना रसिद पुलमा रहेका ट्राफिकले प्रति गाडी २ सय रुपयाँ लिने गरेको छ । कैलालीको त्रिनगर भन्सार नाकामा ट्राफिक प्रहरीले प्रत्येक मालबाहक गाडीबाट बिना कारण पैँसा अशुल्ने गरेको खुलेको छ । प्रत्येक मालबाहक सवारी साधनबाट २ सय रुपयाँ लिने गरेको सवारी चालकहरुले गुनासो गरेका छन् । त्रिनगर ट्राफिक प्रहरी पोस्टबाट खटिने हरेक ट्राफिक प्रहरीले…

Read More

धनगढी : तराईमा पनि स्याउ फलेको छ। लम्कीचुहाका गोकर्ण ओलीले एचआर ९९ नामको स्याउ (ट्रोपिकल एप्पल) फलाएका हुन्। गोदावरी ड्रागन फ्रुटका संचालक ओलीले गर्मी मौसममा फल्ने एचआर ९९ नामको स्याउ एक बर्षअघि १२ सय बोट भारतबाट ल्याइएर लम्कीचुहा ९ प्रतापपुरमा ३ बिगाहामा स्याउ लगाएका थिए। अहिले बोटमा फल लाग्न सुरु भएको कृषक गोकर्ण ओलीले बताए। सामान्यत स्याउ हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने गरेको पाइन्छ।

Read More

काठमाडाैं: २०७९ जेठ २२ आइतबार, बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले आफ्ना मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। त्यस अनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियाे ।यस घटनापछि पार्टी अध्यक्ष माधव नेपाल प्रति रूष्ट रहेकी साे पार्टीकी सचिव, पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्री त्यसमाथि चुनाव हारेर आएपछि थप उग्र भइन् । झाँक्रीले पछिल्ला दिनमा त माधव नेपालबाट पार्टी नै नचल्ने बताएकी थिइन् । मन्त्रीबाट हटेपछि माधव नेपालसँग बोलचाल नै बन्द गरेकी झाँक्रीले चुनाव हारेपछि थप…

Read More

सुर्खेत। सबैले जसो राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको प्रदेश राजधानी वीरेन्द्रनगर स्थित सुर्खेत बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्ष पदमा अनेरास्ववियुले बाजी मारेको छ । नेकपा एमाले निकट अनेरास्ववियुका अक्कल बहादुर सिजापतिले ९६७ मतसहित निर्वाचित भएका हुन् । सिजापतिले गठबन्धनबाट उम्मेदवार बनेका अखिल क्रान्तिकारीका हिक्मत शाहीलाई हराएका हुन् । गठबन्धनका शाहीले  ४८८ मत प्राप्त गरेका छन्। यहाँ नेकपा माओवादी निकट अखिल क्रान्तिकारीलाई नेविसंघको समेत साथ रहँदा पनि चुनाव जित्न सकेन ।  मध्यपश्चिम विश्वविद्यालयपछि राजनीतिक दलका नेताहरूले यो क्याम्पसलाई निकै महत्त्वका साथ लिएका थिए भने स्वयं नेताहरू समेत आफै मैदानमा खटिएर आ-आफ्नो उम्मेदवारलाई भोट मागेका थिए । प्रदेशमा सबैभन्दा…

Read More

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ ।  वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ -१ र बारा-२ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो । चितवन २ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो ।  आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको छ । रिक्त तीन निर्वाचन क्षेत्रमा आयोगले बैशाख १० गते एकैसाथ उपनिर्वाचन गर्ने भएको छ ।

Read More

काठमाण्डाै – आज ५८औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरे पनि नेपालले भने यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । यसवर्ष पनि जातीय भेदभाव अन्त्यका लागि चेतना जगाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम हुँदैछन् । जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् । २०६२ / ६३ सालको जनआन्दोलन पछि पुनस्थापित संसद्ले २०६३…

Read More

काठमाण्डाै – महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ । यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी सङ्गठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । सोमबार विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण भट्टले जानकारी दिए । “निर्वाचनका लागि दर्ता भएका सबै विद्यार्थी सङ्गठनबीच भएको छलफलमा २१ गते निर्वाचन गर्ने सहमति भएको छ”, उनले भने, “विद्यार्थी भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भएको छ ।” उनका अनुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीले मताधिकार प्रयोग गर्ने…

Read More