Author: Dipak Dhamala

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङमा धेरै पहिलेदेखि युनिभर्सिटी (विश्वविद्यालय ) नभएर कलेज खोल्ने चर्चा पहिलेदेखि नै भएपनि सरकारले स्वीकृति नदिएको प्रस्ट पारेका छन् । मंगलबार काठमाडौँमा सोलुखोला दुधकोशी जलविद्युत परियोजना शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङको चर्चा परिचर्चा हुनुमा त्यहाँ भएको खनिज पदार्थ कारण रहेको बताए ।  ‘अहिले मुस्ताङको विषयलाई लिएर बडो चर्चापरिर्चा हुने गरेको छ । मुस्ताङमा युनिभर्सिटी खोल्ने रे ! मुस्ताङमा अलि धेरै मान्छेको ध्यान छ । मुस्ताङको बारेमा धेरै पहिलेदेखिनै चर्चा पनि हुने गरेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मुस्ताङमा अमूल्य खनिज पदार्थहरू छन् र त्यो खनिज पदार्थ उत्खनन र प्रोसेशनमात्रै ठिक ढंगले गर्न सक्यौ भने नेपालहरूको आर्थिक…

Read More

काठमाण्डाै – नेपाली कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले नभई सङ्क्रमणकालीन न्याय पद्धतिबाट सल्टाउनुपर्ने बताएको छ । कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन मुद्दा समाधान गर्ने विषय कुनै एक दलको मात्रै नभएर सिङ्गो राज्यको दायित्व रहेको भन्दै यस्ता मुद्दालाई अदालतका नियमित इजलासले नभई सङ्क्रमणकालीन न्याय संयन्त्रबाट सल्टाउनुपर्ने बताउनुभएको हो । लेखकले भन्नुभयो, ‘द्वन्द्वकालीन मुद्दाको समाधान सामान्य फौजदारी न्याय सम्पादनबाट नभएर सङ्क्रमणकालीन न्याय पद्धतिबाट हुन्छ भन्ने कुरा सर्वोच्च अदालतलाई पनि राम्ररी थाहा छ । यसबारे पहिले नै फैसला पनि आइसकेको छ । यस्ता मुद्दामा सामान्य फौजदारी कानुन आकर्षित हुँदैन । सङ्क्रमणकालीन न्याय पद्धतिबाटै सम्बोधन हुन्छ भन्ने सर्वोच्चलाई राम्ररी थाहा छ।’ प्रधानमन्त्री…

Read More

काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि अदालतमा मुद्दा हाल्ने काम देशलाई फेरि द्वन्द्वमा रुमल्ने गम्भीर षड्यन्त्रअन्तर्गत भएको आराेप लगाउनुभएकाे छ । अध्यक्ष भट्टराईले सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्ने याे कामलाई अदालती प्रक्रियामा लगेर डलरको खेती गर्नेहरूको शान्ति प्रक्रियालाई गिजोलेर देशमा द्वन्द्वको खेती गर्ने, स्थितिलाई अस्थिर बनाइराख्ने, बाह्य शक्तिको चलखेल बनाइराख्ने गम्भीर षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध आवाज उठाउन पनि सबैलाई आह्वान गर्नुभयो । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज मङ्गलवार काठमाण्डाैमा आयाेजित एक कार्यक्रममा बोल्दै उहाँले आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौतालाई पूर्णता दिनका लागि जारी गरिएको अध्यादेश पनि अदालतमा मुद्दा हालेर…

Read More

धनगढी: नेपाल प्रहरीका पूर्व प्रमुख (आइजिपी) कुबरेसिंह रानालाई मातृशोक परेको छ। आज रानाकी ९५ वर्षीय आमा जोगमाया रानाको निधन भएको हो। उनको आजै दाहसंस्कार गरिने छ।

Read More

काठमाडौं । माओवादी धारका नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेबाट लिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीकाका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती लगायत बैठकमा सहभागी छन् । माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल पनि सहभागी छन् । प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि माओवादी नेताहरु नजिकिएको देखिन्छ…

Read More

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले सडकमा बत्ती जडान गर्दा मिटर अनिवार्य जडान गर्न र सडक बत्तीको महसुल समयमै भुक्तानी गर्न अनुरोध गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले सूचना निकालेर विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै समयमै भुक्तानी गर्न भनेको हो । यस्तै पालिकाहरुले प्राधिकरणको सहमति नलिइ आफूखुसी सडक बत्ती जडान गर्ने र मिटर समेत जडान नगरिएका सडक बत्तीको महसुल नतिर्ने गरेको प्राधिकरणको भनाइ छ । सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नुपरेको सूचनामा उल्लेख छ । प्राधिकरणले सडकमा बत्ती जडान गर्दा मिटर जडान नगरेमा…

Read More

धनगढी: उकेरा नामक अनलाइनमा कार्यरत एक महिला पत्रकारले आफूमाथि सम्पादकले हिंसा गरेको आरोप लगाएकी छन्। उकेराका सम्पादक केपी ढुङ्गानाले आफूलाई पटकपटक दुव्र्यवहार गरेको पत्रकार सुश्मा तिमल्सिनाले आरोप लगाएकी हुन्। उनले सामाजिक संजालमा आफूमाथि मिडिया हाउसमै र कार्यरत रहदा सम्पादक ढुंगानाले गरेको व्यवहारको बेलीविस्तार लेखेकी छन्। यस्तो छ उनको स्टाटस उकेरा डट.कममा काम गर्दाको मेरो सुरुवाति केही दिनहरू सामान्य नै थियो। तर बीचबीचमा धेरै समस्याहरू आए। जसले गर्दा मैले धेरै पटक काम छोड्ने निर्णय गरेपनि आज भने फाइनल निर्णय लिएकी छु। उकेरा डट.कमको प्रधान सम्पादक केपी ढुङ्गाना। उहाँले मलाई मिटिङमा मेरो व्यक्तिगत कुराहरू जोडेर डाेमिनेट गर्ने प्रयास गर्नु भएको छ र…

Read More

दैलेख – दैलेखकाे नारायण नगरपालिका–११ बिन्ध्यवासिनीमा कुटपिटबाट एक जनाकाे ज्यान गएकाे छ । छिमेकका श्रीमान् श्रीमती झगडा गरिरहेको ठाउँमा सम्झाउन गएका ५३ वर्षीय गगनबहादुर विकको कुटपिटबाट ज्यान गएकाे हाे । कुटपिटबाट घाइते भएका विककाे दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे । जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले टाउको, छाती र ढाडमा चाेट लागेर अत्यधिक रगत बगेको कारण विककाे ज्यान गएकाे बताउनु भयाे । कुटपिटमा संलग्न छिमेकी २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढा लगायतकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको लम्सालले जानकारी दिनुभयो ।

Read More

तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ । कोहलपुरलाई पर्यटनसँग जोड्न  उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गरे । उनले यसबाट  ‘सेन्थेटिक’ रङले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गरे।  स्पेनमा ‘ला टोमाटिनो फेस्टिभल’  प्रख्यात पर्व मानिन्छ ।  सो पर्व नेपालमा मनाइने होली जस्तै  हो । सो पर्वमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गर्ने गरिन्छ । आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेँडा सिधैँ किसानबाट खरिद गर्ने जनाएको छ । ‘सकेसम्म स्थानीय उत्पादनलाई हाम्रो…

Read More

काठमाडौं । ट्राफिक प्रहरीले नियम उलङघन गरेको कसुरमा सोमबार मात्रै २ हजार ५ सय ५६  सवारी चालकलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार यसरी मादक पदार्थ सेवन गर्ने ४ सय २६ जना रहेका छन भने लेन अनुशाषन उलङघन गर्ने ९ सहित २ हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको हो । यसैगरी, रेड लाइट उलङघन गर्ने ६१, अनावश्यक हर्न बजाउने १४, स्पष्ट नदेखिने नम्बर प्लेटसहित हिड्ने २७, अत्याधिक गतिमा सबारी चलाउने ९लिडार गन० १०४ र अन्य गरी १९९५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Read More