Author: Dipak Dhamala

काठमाडौं – अछामको तुर्माखाँद गाउँपालिकामा १३ औं पालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड तथा खेलकुद प्रतियोगिता शुरु भएको छ ।बुधवार पालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड तथा खेलकुद प्रतियोगिता जिल्लाको तुर्माखाँद गाउँपालिकाको कालिकेश्वरी मा.वि.को खेलमैदानमा गाउँपालिकाका अध्यक्ष डम्बर बि.सी.द्धारा उद्घाटन भएको हो। प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बि.सी.ले प्रतियोगिता उद्घाटन गर्दै खेलकुद क्षेत्रको बिकास र बिस्तारका लागि कार्यपालिकाले आगामी दिनहरुमा खेल र खेलाडीहरु को संरक्षण गर्न बजेट वेवास्तानगरी लगानी बढाउनुपर्ने बताए । प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाई सान्तवना प्रदान गर्दै उहाँले अनुशासित भएर विचलीत नभई खेलमा सहभागि हुन अपिल गरे। अन्तर मा.वि खेलकुद प्रतियोगितामा छनौट भई जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन…

Read More

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।  नेपाल टी-ट्वान्टी लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका प्रशान्तले लिगमा विभिन्न विवादका कारण मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएको एक पदाधिकारीले जानकारी दिए ।  उनको राजीनामा स्वीकृति हुन भने बाँकी रहेको छ । असन्तुष्ट केन्द्रीय सदस्यहरुले कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा माग गदै आएका थिए । र्

Read More

काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) को बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि बिहीबारका लागि सारिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी निर्णय लिन डाकिएको बैठक बिहीबारका लागि सारिएको हो । माओवादीले गृह मन्त्रालय आफैंसँग राख्ने अडान लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ । जसका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा पर्नुभएको छ । यस्तै, एमालेले पनि पूर्व सहमति अनुसार रास्वपालाई नै गृह मन्त्रालय दिनुपर्ने दबाव दिईरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग निर्णायक वार्ता गर्ने आश्वासन दिएपछि रास्वपा सरकारबाट तत्काल बाहिरिने निर्णयबाट पछि हटेको बुझिएको छ । ओलीले…

Read More

काठमाडौं – प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ खाली भएको जानकारी गराइने छ । सर्वोच्च अदालतको आदेश अनुसार लामिछाने निर्वाचित हुँदा उहाँको नागरिकता नै अवैध रहेकाले सांसद पद खारेज भई उक्त क्षेत्र खाली भएको जानकारी गराइने छ । यस्तै, बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विभिन्न मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूचि पनि रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ ।

Read More

एजेन्सी – ब्राजिलमा फुटबल टोली सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । इस्पोर्ट क्लबका किशोर खेलाडीहरू उपाधि जितेर फर्किरहेको अवस्थामा गाडी दुर्घटनामा परेको हो । उनीहरु ब्राजिलको उवापोरङामा एक प्रतियोगिता खेलेर फर्किरहेका थिए । पुलमा पुग्दा ड्राइभरले नियन्त्रण गुमाउँदा बस ३२ फिट तल खसेको थियो । मृत्यु हुनेहरूको उमेर १४ देखि १७ वर्ष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

Read More

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ । आज १२ बजे पदाधिकारी बैठक र त्यसलगत्तै स्थायी कमिटी बैठक बस्ने कार्यतालिका छ ।  आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो । महासचिव देव गुरुङ नेतृत्वको कार्यदलले नेताको कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो । तर, कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यसबारे ठोस निर्णय लिने अधिकार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ ।

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि छ। लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले यही माघ १२ गते विदेशी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिएको फैसला सुनाएपछि उनको सांसद पद बदर भएको थियो। सांसदसँगै उनको उपप्रधान तथा गृहमन्त्री, पार्टी सभापति र संसदीय दलको नेताको पद पनि गुमेको थियो। त्यसपछि १४ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकता प्रमाणपत्र पुनः प्राप्त गरेका लामिछाने सोही दिन रास्वपाको सभापतिको जिम्मेवारीमा फर्किएका थिए। लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरे पनि उनको अमेरिकी…

Read More

आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। यी तीन प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ ।   देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातका साथै तराईका केही स्थानहरूमा बिहानीपख हल्का हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

काठमाडौँ – नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५४ पैसा र बिक्री दर १४२ रूपैयाँ १९ पैसा रहेको छ।  बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ०५ पैसा र बिक्री दर १६१ रूपैयाँ ७९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६७ पैसा र बिक्री दर…

Read More

बझाङ – बझाङको दुर्गाथली गाउँपालिकामा स्थानियले जनश्रमदानबाट काठेपुल निर्माण गरेका छन् । दुर्गाथली गाउँपालिका वाड नं ६ चुवाबनको खोलामा स्थानियले जनश्रमदानबाट काठेपुल निर्माण गरेको स्थानियले जानकारी दिए । गाउँपालिकाले उक्त ठाउँमा आरसीसी पुल निर्माण गर्ने भनेर ५ लाख रुपियाँ विनियोजन गरेको भएपनि वडा अध्यक्षले उक्त योजनालाई अन्यत्र पुल निर्माण गर्ने सम्झौता गरेपछि त्यहाँका स्थानीयले स्थानीय साधन स्रोतको प्रयोग गर्दै श्रमदानबाट काठेपुल निर्माण गरेका हुन। वडा अध्यक्षले उत्त ठाउँमा पुल आवस्यक नरहेको भन्दै पालीकाको निर्णय नै कार्यान्वयन नगरी बजेड अर्कै ठाउँका लागि सम्झौता गरेपछि जनश्रमदान गरि काठेपुल निर्माण गर्नु पर्ने अवस्था सृजना भएको निवर्तमान वडाअध्यक्ष धिरज बहादुर जाग्रीले बताए । आफैले…

Read More