बारा – सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रयोग गर्दै आएको सरकारी गाडी तानिएको छ । आचारसंहितामा चुनावी प्रचारमा सरकारी स्रोतसाधन प्रयोग गर्न नपाइने भए पनि मन्त्री चौधरीले मन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर निजि (रातो) नम्बर प्लेट राख्दै दुरुपयोग गरेपछि आयोगले गडी नियन्त्रणमा लिएको हो । बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले बा२झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर बा१२च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका थिए । आचारसंहिताले सरकारी गाडी प्रयोग गर्न रोक लगाएपछि…
Author: Saru Shrestha
दार्चुला – निर्वाचन सुरक्षाका लागि दार्चुलाबाट तीन जिल्लामा सशस्त्र प्रहरी खटिएको छ । अगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षा गर्नका लागि भन्दै दार्चुलाबाट विभिन्न जिल्लाका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले जनाएको छ । केन्द्रीय निर्वाचन सुरक्षा नीति अनुसार बैतडी, बझाङ र अछामको निर्वाचन सुरक्षाका लागि दार्चुलाबाट सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बर बहादुर विष्टले जानकारी दिए । दार्चुलाको निर्वाचन सुरक्षामा खटिने जनशक्ती यथावत राखेर बाकी जनशक्ती तिन जिल्लाहरुमा पठाइएको उहाले बताए। ४४ नम्बर गण दार्चुलाबाट आज विहानै…
कञ्चन्पुर – नेपाल कम्युनिष्ट पार्टी एमालेका ३२ जना सदस्यहरूले सामुहिक राजिनामा दिएका छन् । कार्यकर्ताको मर्म नबुझि नातावाद-कृपाबादमा एमाले चलेको भन्दै कृष्णपूर नगरपालिका वडा नं। ६ गौरीफाटका एमालेका सदस्यहरूले राजीनामा दिएका हुन् । आज आईतबार एक विज्ञप्ती जारी गर्दै उनिहरूले नेकपा एमालेको साधारण सदस्य समेत नरहने भनि राजीनामा दिएका हुन् । एमालेमा व्यक्ती हावी हुँदा पार्टी नै सिध्याउने खेल भएको उनिहरूको आरोप छ । एमाले प्रति गरेको जनताको विस्वास ओरालो लागि सकेकोले अब नेपालीले देखेको समृद्ध नेपाल, सुखि नेपालीको सपना एमालेले साकार बनाउन नसक्ने भएकोले राजीनामा दिएको विज्ञप्तीमा लेखिएको छ ।
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका कलुवापुरका अन्दाजी २७ वर्षीय भुवनसिंह रानाको रानाको उपचारका क्रममा कैलालीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । से १ त ९३८७ नम्बरको ट्रयाक्टरले सुप प्र ०२००३ प २१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । कामको सिलसिलामा शुक्लाफाँटा नगरपालिका-४ गएका वेला ट्रयाक्टरले रानाको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रयाक्टरचालक श्रीकृष्ण रानासमेत घाइते भएका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
दार्चुला – जिल्ला निर्वाचन कार्यालय दार्चुलाले महाकाली नगरपालिकाको खुल्ला मंञ्चमा आइतबार आयोजना गरेको नमुना मतदानमा कुल खसेको मतमध्ये २८ जनाको मत बदर भएको पाइएको छ । आइतबार निर्वाचन कार्यालय दार्चुलाले आसन्न निर्वाचनलाई ध्यानमा राखेर खूल्ला मंञ्चमा आयोजना गरेको नुमना मतदान कार्यक्रममा उतm संख्याको मतबदर भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सुचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिउ । सुचना अधिकारी जोशीका अनुसार एकजनाले ४ मतपत्रमा मतदान गर्नुपर्ने भएकाले जम्मा ११८ जनाले मतदान गर्दा ४७२ मत खसेकोमा २८ जना मत बदर भएको उनले बताए । आइतबार खुल्ला मंञ्चमा मतदान गर्ने तरीकाको बारेमा जानकारी दिनका लागि नमूना मतदानको आयोजना गरिएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको…
धनगढी – अछामका एक पुरुषको भारतमा मृत्यु भएको छ। भारतको महाराष्ट्र प्रदेशको टिटौला भन्ने ठाउँमा गाडीको ठक्करबाट कमलबजार नगरपालिका-५ कुइकाका करिब ४३ वर्षीय केशवराज तिमिल्सैनाको मृत्यु भएको बताइएको छ। शनिबार बिहान कामबाट कोठामा फर्किरहेका उनलाई सडक पार गर्दै गर्दा गाडीले ठक्कर दिएको र घाइते भएका उनको आइतबार मृत्यु भएको उनकी बहिनी कमला तिमिल्सैनाले बताइन्। कमलाका अनुसार उनी तीन वर्षदेखि भारतमै रहेर मजदुरी गरिरहेका थिए।
दार्चुलाको प्रदेश सभा (क) क्षेत्रमा गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारको डर छ । स्वतन्त्र उम्मेदवार एवं नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष शंकरसिह धामी प्रत्यक्ष राजनितिमा नजोडीएको भएता पनि पत्रकारिता पेशाबाट राजनितिक दलका नेताहरुलाई पटक पटक जिल्लाको समग्र विकासका लागि शसक्त रुपमा कलम चलाउदै आएकोले जनतामाझ निकै लोकप्रिय भएकोले दलका उम्मेदवार उहाँसंग डराएका छन् । कलमबाट मात्रै नभई सार्वजनिक सरोकारका कार्यक्रमबाट सिमा क्षेत्र लगायत जिल्लाको समग्र विकासमा खरो आवाज उठाउदै आएका स्वतन्त्र उम्मेदवार धामी सबैको मनमस्तीष्कमा भिजेकोले सचेत नागरिक उहाँको पक्षमा प्रचारप्रसार गर्न थालेपछि प्रदेश सभा (क) क्षेत्रमा दलका उम्मेदवारहरु दलिय प्रतिस्पर्धा भन्दा पनि स्वतन्त्र उम्मेदवारसंग डराएका छन्…
धनगढी – प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ३२ किलोको मालाले सम्मान गरिएको छ। आइतबार उनको गृहजिल्ला डडेल्धुरामा ३२ किलोको मालाले देउवालाई सम्मान गरिएको हो। सयुंक्त लोकतान्त्रिक वाम गठबन्धन परशुराम नगरपालिकाले जोगबुढामा देउवालाई ३२ किलोको मालाले सम्मान गरेको जनाएको छ। देउवा चुनावी सभालाई सम्बोधन गर्न जोगबुढा पुगेका छन्।
धनगढी- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्तिक २३ गते बैतडी जाने भएका छन्। गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड बैतडी जाने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए। उनका अनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्तिक २३ गते जिल्लाको पाटनमा चुनावी सभाको आयोजना गरिएको छ। उक्त सभामा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सोही दिन दुवै नेताले दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र…
धनगढी – बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो । आइतबार बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो। यस्तै आजै बाजुराको सदुमरकाम मार्तडीको एक घरमा आगलागी भएको छ । बडीमालिका नगरपालिका-८ स्थित वीर बहादुर थापाको घरमा आगलागी भएको हो । बिजुलीको तार सट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए। उनका अनुसार स्थानीय, प्रहरी, शसस्त्र प्रहरी विद्यार्थी र नेपाली सेनाले…