Author: Saru Shrestha

राम धामीडडेल्धुरा – सत्तारुढ गठबन्धनप्रति असन्तुष्टी जाहेरगर्दै नेपाली काँग्रेसका पुराना नेता कार्यकर्ताहरु नेपाली काँग्रेस (विपी) मा आवद्ध हुन थालेका छन । मंगलबार नेपाली काँग्रेस नवदुर्गा गाउँसमितिका उपसभापति खडक बुढाऐरले नेपाली काँग्रेस (विपी) प्रवेश गरेका छन । उनले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली काँग्रेस सुदृढ हुँदाहुँदै पनि माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा होमिएकाले असन्तुष्टी ब्यक्तगर्दै नेपाली काँग्रेस (विपी) मा आवद्ध भएको बताए । नेपाली काँग्रेस आलिताल गाउँसमितिका पुर्व सभापति रामबहादुर कुँवरले केहि दिन पहिले नेपाली काँग्रेस परित्याग गरेर नेपाली काँग्रेस (विपी) मा आवद्ध भएका थिए । आलिताल गाँउपालिकाका तीन वडाका वडा सभापतिसहित नेता कार्यकर्ताहरु नेपाली काँग्रेस…

Read More

धनगढी- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बैतडी जाने भएका छन्। सत्ता गठबन्धनले बुधबार जिल्लाको पाटनमा आयोजना गर्ने चुनावी सभामा अध्यक्ष नेपाल पनि जाने भएका हुन्। यसअघि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जाने भनिएको चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि जाने कुरा तय भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए। तीनै जना नेताहरु दार्चुलाको गोकुलेश्वरमा बिहान ११ बजे हुने चुनावी सभालाई सम्बोधन गरेर दिउँसो १ बजे बैतडीको पाटनमा आउने कार्यक्रम तय भएको नेपाली कांग्रेसका सचिव देवराज जोशीले बताए।

Read More

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नमुना मतदान कार्यक्रम गरिएको छ। जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको आयोजनामा बेलडाँडी गाउँपालिका २ स्थित रौलेश्वर आदर्श जनता बहुमुखी क्याम्पसको प्राङ्गणमा नमुना मतदान कार्यक्रम गरिएको हो। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान गरिएको हो। नमुना मतदान कार्यक्रममा बेलडाँडीका सबै वडाबाट प्रतिनिधित्व गर्दै जम्मा ६४ जनाले मतदान गरेको बताइएको छ। जसमध्ये प्रतिनिधि सभा तर्फ ६४ जनाले गरेको नमुना मतदानमा ५६ मत सदर भएका छन् भने ८ मत बदर भएका छन्। त्यस्तै प्रदेश सभा तर्फ ६३ जनाले नमुना मतदान गरेकोमा ५६ मत सदर र ७ मत बदर भएको बताइएको…

Read More

धनगढी – बझाङमा निर्वाचन नसकिएसम्म मदिरा विक्री वितरण र सेवन गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय बझाङले मंगलबार सूचना जारी गर्दै मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको जनाएको हो। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाइएको बताइएको छ। आजदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा ओसारपसार, विक्री वितरण र सेवन गर्न पूर्णरुपमा रोक लगाइएको र कोही कसैले मदिरा ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।

Read More

धनगढी – चुनावी प्रचार प्रसारको क्रममा हाल धनगढीमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । आइतवारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट टिकट वितरणपछि असन्तुष्ट भएका र निस्क्रिय रहेका नेता कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गरेका छन् । कांग्रेसका जिल्ला सभापति नाराणदत्त भट्टले भने, “सम्पर्कमा आउने सन्तुष्ट असन्तुष्ट नेता कार्यकर्तालाई भेटेर पार्टी र सत्ता गठबन्धनका पक्षमा माहोल बनाउन प्रधानमन्त्रीले सम्झाई बुझाई गरिरहनु भएको छ ।” भेटघाटका क्रममा सभापति देउवाले आसन्न चुनावमा पार्टीको अवस्थाका विषयमा नेता कार्यकर्तासँग जानकारी लिइरहेका छन् । धनगढी आएपछि प्रधानमन्त्रीको त्यस्तो औपचारिक चुनावी कार्यक्रम भने भएको छैन…

Read More

जुम्ला – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । यहाँको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भनदै उनले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरे । जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने पनि बताए । उनले भने ‘‘त्यो विषय मसँग पनि जोडियो । एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो । त्यसले बजारीकरणमा टेवा पुग्यो । यहाँको स्याउ, गेडागुडी, सिमी,…

Read More

मान्म- मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए । उनका अनुसार जीपमा १० जना सवार थिए । उनले भने, “एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।” घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य…

Read More

धनगढी – बझाङमा भीरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।  जिल्लाको साइपाल गाउँपालिका-३ माथिल्लो कायाकी स्थानीय एवं वडा सदस्यसमेत रहेकी २८ वर्षीया डिकी गुरुङ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ । गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले घाइते गुरुङलाई बझाङमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको जानकारी दिइन् । उनलाई उपचारका लागि अन्यत्रै पठाइएको छ ।

Read More

भैरहवा – लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लाेसपा परित्याग गरि तीनदलिय तालमेललाई समर्थन गर्ने बताएकी छन् । भैरहवामा पत्रकार सम्मेलन गर्दे पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री र उद्योग वन तथा वातावरण मन्त्रीको रुपमा राष्ट्रको सेवा गरेपनि पार्टीमा व्यक्तिवादी हाबी हुदा पार्टी परित्याग गरेकाे बताइन् । लोसपा पार्टी परित्याग गरी उनीसहित उनका समर्थकले स्वतन्त्र रुपमा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक बोहरासहित तीन दलीय तालमेललाई समर्थन गरेका हुन् । तालमेललाई…

Read More

काठमाडौं । राष्ट्रपति विद्यदेवी भण्डारी केहीबेर अघि आइसल्याण्ड प्रस्थान गरेकी छन् । उनी ६ दिने भ्रमणको सिलसिलामा १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा गएकी हुन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीको विदाईमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुगेका थिए । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ । विमानस्थलमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति सम्मान अर्पण गरेको थियो । यसैबीच, राष्ट्रपति कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्नु भएकाले…

Read More