काठमाडौं – नेकपा एमालेका पुराना नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन् । सोमबार बक्तव्य सार्वजनिक गर्दै खरेलले इमान्दार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको उल्लेख गरेका छन् । खरेलले पञ्चायतको समयमा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा लामो समय जेलजीवन बिताएका थिए । १७ वर्ष जेल बसेका खरेलले २०३३ सालमा नक्खु जेलब्रेक गरेका थिए । ‘नेकपा एमालेमा लामो समयसम्म योगदान गरेका, तर पार्टीका गलत क्रियाकलापसँग असहमत रहेका हामी नेता कार्यकर्ताहरु आजदेखि सो पार्टीबाट स्वतन्त्र रहेको घोषणा गर्दछौं’ बक्तव्यमा उल्लेख छ । खरेल एमाले नेतृत्वसँग असन्तुष्ट थिए भने खरेलप्रति एमाले नेताहरु पनि सकारात्मक थिएनन् । सोमबार…
Author: Saru Shrestha
काठमाडौं – एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा २१ जना रहेका छन् भने आईसीयूमा १० जना उपचाररत र ४ जना भेन्टिलेटरमा उपचाररत छन् । सोमबार २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै…
काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । शर्मालाई तेस्रो पटक कोरोना सङ्क्रमण भएको हो । शर्माले सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै पहिलो र दोस्रो पटकको सङ्क्रमणजस्तो समस्या नदेखिएको बताएका छन् । ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ,’ शर्माले भनेका छन् ।
कञ्चनपुर – कञ्चनपुरमा अवैध लागूऔषध फेनारगन र रेस्कोजेसिस सहित एक जना युवा पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका–३ का रामसिँ धामीको साथबाट दुई एम्एलको १० एम्पुल फेनारगन र दुई एम्एलकै रेस्कोजेसिस गरि कुल २० एम्पुल लागुऔषध फेला पारि प्रहरीले नियन्त्रणमा लिइएको हो । धामि विरुद्घ लागुऔषधको मुद्घा चलाई थप अनुसन्धान भइरहेको कञ्चनपुरका सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन् ।
धनगढी – बैतडीमा चट्याङ लागेर आमा छोरा घाइते भएका छन्। आइतबार साँझ ५ बजेको समयमा परेको चट्याङ लागेर जिल्लाको पुर्चौडी नगरपालिका –६ की ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छोरा विवेक साउँद सामान्य घाइते भएका हुन्।यस्तै चट्याङ लागेर दुई भैँसी पनि मरेका र घरमा समेत क्षति पुग्नुका साथै घरमा जडित सोलार व्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रक्ता प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले बताए। चट्याङ लागेर घाईते भएका आमा छोराको अवस्था सामान्य रहेको बैतडीका प्रहरी प्रक्ता खत्रीले जानकारी दिए।
धनगढी – नेपाल विद्यार्थी संघ(नेविसंघ) धनगढी नगर कमिटीको संयोजकको जिम्मेवारी दिपेश बोहराले पाएका छन् । आइतबार नेपाल विद्यार्थी संघ कैलालीले आइतबार बोहरालाई नगर संयोजकको जिम्मेवारी दिएको हो । त्यस्तै जिल्ला कार्य समितिले सहसंयोजकको जिम्मेवारीद्धय रबिन्द्र खड्का र पुुरन थापालाई दिएको छ । नेविसंघका जिल्ला अध्यक्ष मनिष कुँवरले बोहरालाई संयोजक, खड्का र थापालाई सहसंयोजकको जिम्मेवारी दिएका हुन् । धनगढी उपमहानगरपालिका–२ स्थायी बसोबास गर्ने बोहरा मालिका युवा सञ्जाल धनगढीको सचिव पनि हुन् ।
धनगढी – नेकपा एमाले सम्बद्ध अनेरास्ववियु धनगढी उपमहानगर कमिटीले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगर कमिटिले उपमहानगरका १९ वटै वडामा अगामी बैशाखको पहिलो सातादेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने भएको हो । उक्त कार्यक्रमबाट जनता र जनतप्रतिनिधिबीच गुनासा, सुझाव र समस्याको दोहोरो अन्तरक्रिया गर्न सहयोग पुग्ने नगर अध्यक्ष नितिश जोशीले जानकारी दिए । स्थानीय सरकारले नयाँ वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरिरहेका बेला आयोजना गरिने कार्यक्रमले जनगुनासो सम्बोधन हुने गरी बजेट निर्माण गर्ने काममा पनि सघाउ पुग्ने जोशीले बताए ।
मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेशमा आफूले सम्हालेका आठमध्ये दुई वटा मन्त्रालयमा दुई जना मन्त्रीलाई नियुक्त गरेर मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा गएको हो । लामा आर्थिक मामिला तथा योजनामन्त्री र काभ्रेका कांग्रेस सांसद तीर्थ लामा खानेपानी ऊर्जा तथा सिँचाइमन्त्रीका रूपमा नियुक्त भएको हो । दुवै जना मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् । अरू बाँकी मन्त्रीको सल्लाह पनि गर्दै गर्ने र आज भने आफूसहित दुई जना सरकारमा गएको कांग्रेस संसदीय दलका नेता लामाले बताए।…
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुप्ताविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । गुप्ताको साथमा १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति रहेको र त्यो सम्पत्ति गैर कानुनी रूपमा आर्जन गरी साबिक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारले दाबी गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए । १ करोड…
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । पर्यटन मन्त्री सुदन किराँतीका अनुसार मन्त्रालयले पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पुरा गर्ने गरी यसअघिका नियुक्ति खारेज गर्ने निर्णय गरेको हो । कार्यविधि नबन्दै अघिल्लो सरकारले दुई दर्जन स्थानमा पर्यटन सद्भावना दूत तोकेको थियो ।