Author: Saru Shrestha

काठमाडौँ – गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनै पर्ने समयसीमाको अन्तिम दिन राजीनामा दिने भएका छन् । सोही दीन प्रदेश सभा अधिवेशन आह्वान भएको छ । संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी मुख्यमन्त्री अधिकारीको छ । राष्ट्रपतिको निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा पेको छ । चैत ९ गते नेकपा माओवादीले एमाले सरकारबाट समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा दिएका थिए । प्रमुख प्रमुख पृथ्वीमान गुरुङ हुँदै यो सूचना प्रदेश सभा सचिवालयमा पनि पुगिसकेको छ । तर, अधिकारीले विश्वासको मत पाउने अवस्था नरहेकाले संसदमा संशोधन गरेर…

Read More

काठमाडौँ – सबै संसदीय विषयगत समितिमा नेकपा एकीकृत समाजवादीको प्रतिनिधित्व नहुने भएको छ । सांसद सङ्ख्याका कारण एकीकृत समाजवादीको सबै संसदीय विषयगत समितिमा प्रतिनिधित्व असम्भव भएको हो । प्रतिनिधिसभामा १० वटा विषयगत समिति छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त समिति २ वटा छन् । संयुक्त समितिमा विषयगत समितिमा रहेका सांसद पनि रहने अभ्यास छ । तर, एउटै सांसद दुई वटा संसदीय विषयगत समितिमा रहन पाउँदैनन् । एक सांसद एकभन्दा बढी समिति सदस्य हुन नपाउने भएकै कारण एकीकृत समाजवादीको प्रतिनिधिसभामा १० मध्ये ९ वटा विषयगत समितिमा मात्रै प्रतिनिधित्व हुने भएको हो । राजनीतिक दलहरूले आफ्ना कुन सांसद कुन समितिमा रहने भनी…

Read More

काठमाडौँ – गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान आह्वान गरेका हुन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि अधिवेशन आह्वान गरेको जनाइएको छ ।

Read More

काठमाडौं – यस आर्थिक वर्षमा अर्थ मन्त्रालयको बेरुजु अत्यधिक देखिएको छ । महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो । यस्तै भौतिक पूर्वाधारमा १५.६२, सञ्चारमा ४.८१, कृषिमा ४.८१ प्रतिशत बेरुजु रहेको छ । यसैगरी गृहमा २.७९, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा २.३८, ऊर्जा, जलस्रोत तथा सिँचाइमा २.३०, सहरी विकासमा १.९५ प्रतिशत बेरुजु रहेको प्रतिवेदनले देखाएको छ । खानेपानीमा १.५६, स्वास्थ्य तथा जनसंख्यामा ४.८८ र अन्यमा ४.८८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, अन्य समिति र संस्थागततर्फ लेखापरीक्षणबाट एक वर्षमा औँल्याइएको बेरुजु रु १ खर्ब…

Read More

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको टिप्पणी गरेका छन् । बिहीबार नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै उनले विगत तीन दशकयताको देशको अवस्थाप्रति युवा पिँढीमा चरम असन्तुष्टि पैदा भएको बताएका हुन् । पूर्वराजा शाहले सरकारी ढुकुटी, सञ्चालित वित्तीय संस्थाहरूको वार्षिक कारोबार विपन्न वर्गको उत्थानमा परिचालन नभएको बताएका छन् । सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन पुगेको भन्दै उनले उत्पादन, आर्जन एवं परिचालनमा उपयुक्त ध्यान नदिँदा जन साधारणमा समस्या बढेको बताएका छन् ।

Read More

काठमाडौँ – चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा निर्वाचित भएका छन्। सङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आज सम्पन्न ५७औँ साधारण सभामार्फत महासङ्घको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन्। अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उनले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गरेका हुन्।

Read More

काठमाडौँ – महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार आज दंगालले ६०औँ वार्षिक प्रतिवेदन पेस गरेको हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७८/०७९ को महालेखा परीक्षकको प्रतिवेदन पेस गरिएको हो ।

Read More

काठमाडौँ – नेपालमा सङ्घ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको बेरुजु देखिएको हो । बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । असुल गर्नुपर्ने बेरुजुमा हिनामिना र मस्यौट, हानी नोक्सानी र अन्य असुल गर्नुपर्ने बेरुजु उल्लेख गरिएको छ । नियमित गर्नुपर्ने बेरुजुमा अनियमित भएको, प्रमाण कागजात नपुगेको, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको छ । पेस्कीमा कर्मचारी, मोबिलाइजेसन र अन्य पेस्कीमा वर्गीकरण गरिएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठुला पूर्वाधार परियोजनामा लगानी केन्द्रित दिएका छन् । बिहीबार लगानी बोर्ड नेपालको बैठकमा बोल्दै उनले दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन ठूलो लगानीको आवश्यकता रहेको बताए । साथै उनले वैदेशिक पुँजी तथा प्रविधि भित्राई स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।

Read More

काठमाडौं – सभामुख देवराज घिमिरेले अहिलेको संसदबाट जनताको आशा र भरोसा धेरै रहेको बताएका छन् ।  नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरुसँग जनताको आशा र अपेक्षा धेरै रहेको बताए । आगामी वर्ष जनताप्रतिको दायित्व पूरा गर्न लाग्नुपर्ने उनले बताए । यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि वर्ष २०७९ मा पनि देशले स्थिरता दिन नसकेको बताए । दुई महिनामै सरकार परिवर्तन हुँदा निरासा पैदा भएको बताउँदै उनले सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न नपाएको बताए । ‘विधेयकहरु समितिमा पठाउँदा ‘डिले’ हुन्छ…

Read More