कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका– ८ धारा पानी गाउँमा बस्दै आएका साईमले धामीलाई खानेपानी कै चिन्ता छ । जेठको बढ्दो गर्मीसँगै खोलामा पानी सुक्दै गएपछि पानीको जोहो गर्न उनलाई हम्मे हम्मे छ । गर्मीका बेला खोला सुक्दा पानी खोज्दै जानुपर्छ’, उहाँले भन्नुभयो, ‘बर्सातका बेला धमिलो पानी बाध्य भएर पिउनुपर्छ, पानीको अर्को विकल्प नहुँदा ५६ वर्षदेखि खोलाकै पानी प्रयोगमा ल्याउँदै आएका छौँ ।’ चुरेफेदीको धारा पानी गाउँमा २२ परिवारको बसोबास रहेको छ । वि.सं २०२४ साल अघिदेखि बस्ती बसेको धारा पानी गाउँका बासिन्दाले खानेपानी का रूपमा खोलाको पानी प्रयोग गर्दै आएका छन् । खोलाको पानी पिउने, लुगा धुने र गाईबस्तुलाई खुवाउने कार्य…
Author: Saru Shrestha
काठमाडौँ – भारतमा अब दुई हजारको नोट नचल्ने भएका छन् । भारतको केन्द्रीय बैंक (आरबीआई)ले दुई हजार दरको नोट नचल्ने घोषणा गरेको हो । शुक्रबार आरबीआईले ३० सेक्टेम्बरसम्म २०२३ सम्म मात्र नोट चल्ने घोषणा गरेको हो । सन् २०१६ मा नोटबन्दीपछि दुई हजारको नोट प्रचलनमा आएको थियो ।
काठमाडैँ – प्रहरीले नेपाली काँग्रेस महासमिति सदस्य कृष्ण मुरारी गुरुङलाई करिब साढे ९ करोड रुपैयाँ ठगी गरेको भन्दै पक्राउ गरेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुले सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं. ४ घर भएका वर्ष ४३ वर्षीय गुरुङलाई विभिन्न व्यक्तिको नगद तथा सुनसहित करिब ९ करोड ६० लाख रुपैयाँ विभिन्न प्रलोभन देखाई ठगी गरेका आरोपमा पक्राउ गरेको एसएसपी दान बहादुर कार्कीले बताए । कार्कीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरी ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ – प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई आइतबार टुङ्ग्याउने भएको छ । नेपाली नागरिकलाई राज्यसंयन्त्रकै मिलेमतोमा भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको सङ्गठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले आइतबार मात्र टुङ्ग्याउने भएको हो। बयान नै नसकिएपछि अनुसन्धान लम्बिएको हो। १६ जना पक्राउ परेकोमा दुईजनाको बयान हुन सकेको छैन। बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह मन्त्रालय अन्तर्गतको हज समितिका अध्यक्ष शमशेर मियाँको शुक्रबार बयान नै नभएको जनाइएको छ । शनिबार बयान सकेर प्रहरीले आइतबार मात्र अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ। सरकारी वकिलले शुक्रवारभित्रै बुझाउन भनेको थियो। सङ्गठित अपराधको ६० दिने हदम्यादअनुसार १० जेठभित्र अभियोगपत्र अदालतमा…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ठोककुरा नभएकाले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने जनाएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ठोस कुरा केही पनि नसमेटिएको बताए । यसबारे सदनमा छलफल हुने उनको भनाइ छ । ‘आजको अवस्थालाई ठोस रुपमा सम्बोधन गर्नेगरी नीति कार्यक्रम आएको छैन । यसमा सैद्धान्तिक छलफल गर्न आवश्यक छ,’ उनले भने ।
काठमाडौँ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अघि बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०–२०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विमानस्थल निर्माणअघि बढाइने बताएका छन् । लामो समयदेखि निर्माण गर्ने चर्चा भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अहिले भने निर्माण गर्नुपर्ने नपर्ने दुई खालको बहस चलिरहेको थियो । यसैबीच सरकारले निर्माण सुरु गर्ने स्पष्ट पारेको छ । यस्तै, निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने, हवाइसुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गरिने र वायुसेवा निगमको पुनर्संरचना गर्ने नीति लिने पौडेलले बताए ।
कैलाली – धनगढी उप-महानगरपालीका वडा नं. १ अदालत रोड बस्ने बर्ष १४ को दिवान्सु चौधरी मालिका बोर्डिङ स्कुलको होस्टेलबाट र बर्ष १५ को सुजल सिजापती सोही उप-महानगरपालिका वडा नं. ३ स्थित चटकपुरमा रहेको ग्यारेजबाट बेपत्ता भएका छन् । चौधरी र सिजापति दुबै बालक गत बैशाख २७ गते बाट बेपत्ता भएका हुन् । दुबै बालकका आफन्तले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय कैलालीमा सुचना दिएको थियो । सोही सुचनाको आधारमा खोजतलास गर्दा समेत फेला नपरेको कैलाली प्रहरीले बताएको छ । बालकहरुलाई देख्नु हुने जोसुकै व्यक्तीहरुले नजिकको प्रहरी कार्यालयहरुमा वा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्रको १०४ मा सम्पर्क…
काठमाडौँ – सरकारको आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही पुराना र केही नयाँ कार्यक्रम समेटिएका छन् । नीति-तथा-कार्यक्रम-२०८०-फाइनलDownload
अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरीका लागि प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । प्रहरीले एक सूचना जारी गर्दै सहकारीले ठगी गरेको भए आवश्यक कागजातका साथमा कैलालीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न आग्रह गरेको हो । सूचनामा सहकारीले साँवा ब्याज फिर्ता नगरेको लगायतका ठगी गरेको भए जाहेरी दरखास्त पेश गर्ने प्रयोजनार्थ आ–आफ्नो नागरिताको प्रतिलिपी, पासबुक लगायतका प्रमाणहरु साथमा जाहेरी दिन आग्रह गरिएको छ । जाहेरी पेश गर्न जारी गरिएको सूचनामा शिबशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालय भक्तपुर भई बिभिन्न जिल्लाहरुमा सेवाकेन्द्र शाखाहरु संचालन रहेकोमा उक्त सहकारी संस्थाका पदाधिकारीहरु र कर्मचारीहरुले निक्षेपकर्ताहरुको बचत रकम…
धनगढी – सुदूरपश्चिम प्रदेशमा आज हुने भनिएको सरकार विस्तार नहुने भएको छ। सत्तारुढ दलहरुबीच बैठकमा सहमति नजुटेपछि सरकार विस्तार भोलिका लागि सरेको हो। भोलि बिहान १० बजे शपथ ग्रहण गर्ने गरि सत्ता गठबन्धनको बैठक सकिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए। सत्ता गठबन्धनका दलहरूबिच मन्त्रालयका बिषयमा सहमति नभएपछि आज सरकार विस्तार हुन नसकेको हो। यहाँ चार मन्त्रालय अहिले मन्त्रीविहीन छन्। छलफलमा माओवादीले र नागरिक उन्मुक्तिले २÷२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए। चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न नसकेको हो। नागरिक उन्मुक्तिलाई १ मन्त्रालयमा मनाउने बिषयमा छलफल भएको थियो। उनीहरुले यस बिषयमा छलफल गर्ने…