Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनीहरू ओली निवास बालकोट पुगेका हुन् । ओली भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका छन । यो भेटमा संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा समेत छलफल हुने जनाइएको छ ।

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोक घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । लामिछानेका चालकको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ- मेन्छियाम हाइड्रोपावरको आइपीओ आज सोमबारदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले आज वैशाख ४ गतेदेखि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ। त्यस्तै, ५% अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर…

Read More

बैतडी- दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ । जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी वीभत्सरुपमा हत्या गरिएको अवस्थानमा शव फेला गरेको थियो । उनको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो । घटनास्थलको प्रकृति हेर्दा जोशीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुल्न आएको प्रहरी निरीक्षक खत्रीले जानकारीदिनुभयो । जोशीको हत्या घटनामा गाउँकै युवा संलग्न रहेको र ती युवकको नाम गोप्य राखिएको छ । संलग्न ती युवकले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो हतियार प्रहार…

Read More

काठमाडौँ – संसद बैठक सकिएपछि मात्रै सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरिएको छ । आइतबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद हरि ढकालले संसदमा गणपूरक संख्या नपुग्ने समस्या देखा परेको भन्दै समाधानका लागि सांसदको हाजिरी बैठक सकिएपछि गर्ने व्यवस्था उपयुक्त हुने सुझाव दिएका हुन् । गत चैत २९ गतेको बैठकमा गणपूरक संख्या नपुगेका कारण राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन। त्यसअघि माघ १२ गते पनि गणपूरक संख्या नपुगेका कारण अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत हुन सकेको थिए । यही दुइटा उदाहरण प्रस्तुत गर्दै…

Read More

काठमाडौं – प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । आजको बैठकमा एक सन्देश टेबुल हुनाका साथै विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सभामा टेबुल गर्नुभएको हो । यसैगरी राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।

Read More

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले उहाँको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तुम्बाहाम्फेको गत चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको हो । बैठकमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्न एक मिनेट मौन धारण गरिएको थियो ।

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्साशास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावनाविपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरिन्। उनले सरकारले जेहेन्दार विद्यार्थीहरुमाथि कुठाराघात गर्ने र स्वास्थ्य संस्थाहरुलाई थप क्षति हुने कुनै पनि खालको काम गर्न नहुने समेत स्पष्ट पारिन्। सांसद कार्कीले भने, ‘चिकित्सा शिक्षा आयोग पछिल्लो समयमा विचलित भएजस्तो देखिन्छ। स्नातकोत्तरतर्फको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको छ। अदालतबाट उचित आदेश प्राप्त भयो। तर पनि…

Read More

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्र निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै केसीले पूर्व गृहमन्त्री रवि लामिछानेले सार्वजनिक खरिद ऐन विपरीत ७ दिनको बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिएको समाचार सार्वजनिक भएको विषय उठाउँदै आपत्ति जनाएका हुन् । उनले भने- ‘ देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन । जुनसुकै आवरणमा प्रकट भए पनि यस्ता प्रवृत्तिलाई कानुनी संपरीक्षणमा ल्याउनु वाञ्छनीय हुन्छ ।’ उनले अगाडी भने- ‘पुराना पार्टीहरुले नै गल्ति कमजोरी गरेका थिए, आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउने गरेका थिए, नयाँ आएका पार्टीले नयाँ चिज…

Read More

काठमाडौँ – नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यङ्ग्य गरेका छन् । संसद् बैठकमा उपस्थित नभएको भन्दै उनले आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा व्यङ्ग्य गरेका हुन् । “नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, अस्थायी ठेगाना कहिले खुलमटार, कहिले बालुवाटार । हुलिया पहिले पहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरा, सुरुवाल र टोपी पनि लगाउने । उमेर ६५ वर्ष नाघेको ७० वर्ष नपुगेको जस्तो देखिने,” उनले भने, “उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छाडेकाले उहाँलाई फेला पार्ने व्यक्तिले संसद् भवन नयाँबानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटार ।”

Read More