Author: Nisha Shrestha

टीकापुर – कैलालीमा माघ ४ गतेदेखि सुरु भएको टीकापुर महोत्सवको पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट रु २२ लाख आम्दानी भएको छ । आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घले रु तीन सयका दरले करिब एक हजार एक सय सिजनल टिकट बिक्री गरेको वाणिज्य सङ्घका उपाध्यक्ष तथा आर्थिक समितिका संयोजक कृष्ण बजगाईँले जानकारी दिनुभयो । महोत्सवमा रहेका कक्षका कारोबार र अवलोकनकर्ताको उपस्थिति सन्तोषजनक रहेको बताउनुभयो । टिकट बिक्रीको जिम्मा सङ्घले नेपाल रेडक्रस सोसाइटी टीकापुरलाई दिएको छ । ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा कृषि प्रदर्शनी र शैक्षिक प्रदर्शनी मुख्य आकर्षण रहेका छन्…

Read More

काठमाडाैँ – काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाह (बालेन) ले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निधनप्रति राज्यको चरम असफलताको संकेत देखिएको बताएका छन् । आचार्यको मृत्यु भएको खबर बाहिरिए लगत्तै साहले सामाजिक सञ्जालमा लेखेका छन् ‍-‘आत्मदाहका धेरै कारण र धेरै सङ्केतहरू होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन् ।’ आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने…

Read More

काठमाडौँ – प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । मंगलबारको बैठकले २१ सदस्यीय प्रतिनिधिसिभा नियमावली मस्यौदा समिति गठन गरेको छ । बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई दल र स्वतन्त्र सांसदहरूले बधाई ज्ञापन गरेका छन् । बधाई ज्ञापनपछि सभामुख देवराज घिमिरेलाई बधाई दिनेहरूलाई धन्यवाद भन्दै बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक माघ १८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरे । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको प्रस्तावमा गठन भएको नियमावली मस्यौदा समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम…

Read More

काठमाडौं – राप्रपा नेपालको महाधिवेशन आउँदो फागुनमा हुने भएको छ । काठमाडौंमा सोमबार र मंगलबार दुईदिन बसेको केन्द्रीय समिति बैठकले आउँदो फागुन ७, ८ र ९ मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । फागुने काठमाण्डौमा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने संकल्पका साथ १३ वटा निर्णय गरेको छ । यी हुन् निर्णयहरु १. बैठकले पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष डा. बिष्णु भण्डारीद्वारा प्रस्तुत निर्वाचन समिक्षा प्रतिवेदन, महामन्त्री भास्कर भद्राद्वारा प्रस्तुत सचिवालयको प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठद्वारा प्रस्तुत प्रशिक्षण सम्बन्धि कार्ययोजना, महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन सुदृढिकरण कार्यक्रम र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत…

Read More

काठमाडौँ – नयाँ बानेश्वरमा १ जना पुरुषले आफैँमाथि आगो लगाएका छन्। मङ्गलवार (आज) दिउँसो ३ बजेतिर उनले आफूमाथि आगो लगाएको प्रहरीले जनाएको छ। प्रेम आचार्य नाम गरेका ती व्यक्तिले आफूमाथि आगो लगाएका हुन् । अहिले उनलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको छ ।

Read More

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिल्लामा प्रमुख जिल्ला अधिकारी र डिएसपीमा आफ्नो मान्छे सिफारिस गर्ने काम छोडेर प्रणाली सुधारमा सघाउन आग्रह गरेका छन्। मङ्गलवार संसदमा बोल्दै गृहमन्त्री लामिछानेले पुराना राजनीतिक दलहरूले राज्य संयन्त्रलाई थिलोथिलो बनाएको आरोप लगाए। उनले भने, ‘राज्यका संरचनामा प्रणालीगत सुधार आवश्यक छ। तपाईँहरू जिल्लामा आफ्ना मान्छे पठाउन सिफारिस गर्न छोड्नुस्। राज्यका सबै मान्छे हाम्रा मान्छे हुन्। तपाईँहरूले सिफारिस गर्न छोड्नुभयो भने मात्रै हाम्रो आधा काम सहज हुनेछ ।’ लामिछानेले संसद्को बहस पट्यारलाग्दो भएको भन्दै विषयमा केन्द्रित हुन पनि सांसदहरूलाई सुझाव दिएका छन्। उनले भने, ‘नयाँ आशा र उमङ्ग बोकेर संसदमा आएका हामीलाई संसद्को उपस्थिति उत्साहजनक…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् सदस्यले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिन नपाइने बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा रहेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नैतिकताको आधारमा पनि नपाइने बताएका हुन् । ‘मेरो क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भन्नुभयो भनेर यहाँ सुनाउने भयो माननीय सदस्यले,’ बैठकमा प्रधानमन्त्रीले भने, ‘मेरो ध्यानाकर्षण भएको छ । मन्त्रिमण्डल बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दललाई हुन्छ । तर, मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिक रुपले र कानुनी रुपले पनि हुन सक्दैन ।’ संघीयता खारेजीसम्बन्धी अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिने…

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन् । मङ्गलवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएकी हुन् । उनले विभिन्न खाले प्रकोपलाई धान्न सक्ने अस्पतालहरू पालिका स्तरमा बनाउन आवश्यक रहेको जिकिर गरेकी हुन् । ‘अब मुसाले टोक्यो भने टेकु अस्पताल, कुकुरले टोक्यो भने टेकु अस्पताल, महामारी प्रकोप फैलिए टेकु अस्पताल नै आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । अब गाउँ गाउँमा, पालिका, पालिकामा, नगरपालिका, जिल्ला, प्रदेश…

Read More

काठमाडौँ – नेकपा एमालेका सांसद रघुवीर महासेठले लक्ष्मी महतो अपराधी नभएको जिकिर गरेका छन्। मङ्गलवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद महासेठले यस्तो जिकिर गरेका हुन् । उनले भने, ‘लक्ष्मी महतोलाई किन अपराधी भन्ने ? उनी प्रधानमन्त्री बन्न सक्छन्। उहाँ लोकप्रिय नभएको भए महोत्तरीबाट चुनाव जितेर आउनु हुन्थ्यो। ओली, देउवा, नेपाल जेल गएका छैनन् र ? अहिलेका प्रधानमन्त्रीमाथि आतङ्ककारीको आरोप लागेको थियो ।’ उनले अगाडि भने, ‘महतो पार्टीको सम्पर्कमा छैनन्। नियन्त्रणमा लिएको भए जानकारी दिनुपर्‍यो। गृहलाई आग्रह समाउनु पर्ने भए समाउनुहोस्। एमालेका कुनै पनि नेताले अवरोध गर्दैन ।’ महतोलाई निवर्तमान सरकारले समाजसेवी पुरस्कार दिएको भन्दै उनले अपराधीलाई किन पुरस्कार दिइयो भनी…

Read More

काठमाडौँ – प्रतिनिधि सभा बैठक सुरु भएको छ। बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम हेरफेर हुने कार्यसूची रहेको छ। यस्तै, बैठकमा प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना ज्ञापन गरिने कार्यसूची छ। प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे र उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित भएका छन्।

Read More