Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, गठबन्धनको अन्य पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

Read More

काठमाडौँ – काठमाडौँको सुकेधारामा सोमबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २० ओटा सवारी साधन कारबाहीमा परेका छन्। मापदण्डभन्दा बढी धूँवा फाल्ने पिकअप भ्यान ६, भाडाका बस ५, माइक्रोबस ४, हात्ती गाडी ३, टाटासुमो १ र पर्यटक गाडी १ गरी २० ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ । वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज सुकेधारामा ४६ ओटा सवारी साधनलाई चेक गर्ने क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २० ओटा सवारी साधन कारवाहीमा परेका हुन् ।…

Read More

जुम्ला – जुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यो वर्ष ढिलो गरी हिउँ परेको हो । जुम्ला सदरमुकामसहित जिल्लाभर हिमपात भइरहेको छ । बिहानै करिब आधा फिट हिउँ जमेको छ । हिउँपरेपछि विशेषगरी किसानहरू खुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ । हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ । चन्दननाथ नगरपालिका-८ का किसान धनराशि भण्डारीले हिउँले हिउँदे बालीमा सहज हुने भएको बताइन् । हिमपात भएसँगै जुम्लामा जाडो बढेको छ ।

Read More

काठमाडौँ – लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । भेटमा उनीहरुबीच बधाई तथा शुभकामना अदान प्रादन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Read More

झापा – झापाको कचनकवलमा प्रेमी-प्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कचनकवल–४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। कचनकवल–४ स्थित एभरेस्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुबै जनाले आत्महत्या गरेको पाइएको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डीएसपी पाठकले बताए। गत साउनमा तीन जना युवती सामूहिक रुपमा एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिका फेरि यस्तो दर्दनाक घटना घटेको स्थानीयवासी बताउँछन्।

Read More

काठमाडौँ- एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १९ औं संस्करण फागुनमा हुने भएको छ । नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले सोमबार पत्रकार सम्मेलनको घोषणा गर्दै अवार्ड फागुन २३ गते हुने जनाएको छ । २०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने अवार्ड कार्यक्रम काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने एनएसजेएफले जनाएको छ । यस पटकको पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा ९ विधामा अवार्ड प्रदान गरिने छ । त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड…

Read More

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेल नियुक्त भएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयले डिआइजी पोखरेललाई केन्द्रीय प्रवक्तामा नियुक्त गरेको हो । यसअघि डिआइजी टेकप्रसाद राई केन्द्रीय प्रवक्ता थिए । राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएपछि पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

Read More

काठमाडौं– सेयर बजार सोमबार घटेको छ । नेप्से परिसूचकमा १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आएर रोकिएको छ । साथै, सोमबार २५७ कम्पनीको कारोबार भएको छ । आज १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार पनि भएको छ । यस्तै, आज कुमारी बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको २७ करोडभन्दा बढीको सेयर बिक्री भएको छ र एनआइसिएसिया बैंकको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी बिमा, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, समृद्धि फाइनान्स कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । यस्तै, कुल ४१ कम्पनीमा उकालो लागेको…

Read More

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक राजन ढकालले मङ्गला-१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार घाइते मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ । मङ्गला-१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला-२ की २२…

Read More

काठमाडौँ – प्रहरीको कमजोरीले अपरणमा परेका दुई युवकको हत्या भएको भन्दै जनकपुरमा आन्दोलन सुरु भएको छ । जनकपुरधाम ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २३ वर्षीय विष्णु साहको भारतको विहार राज्यमा पर्ने सितामढी जिल्लामा हत्या भएको अवस्थामा आइतबार बिहान शव भेटिएको थियो । उनीहरू सितामढी जिल्लामै पर्ने आफन्तको घर जानेक्रममा अपहरणमा परेका थिए ।  अपहरणकारीले हत्या गरेपछि धनुषा प्रहरीले आफ्नो कमजोरी ढाकछोप गर्न खोजेपछि पीडित परिवार र स्थानीय आन्दोलन थालेका हुन् । उनीहरू जनकपुरको सडकमा बसेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । आन्दोलनकारीले रोहित र विष्णुलाई न्याय दे, प्रहरी प्रशासन मुर्दावाद, गृहमन्त्री राजीनामा देऊलगायतका…

Read More