Author: Nisha Shrestha

काठमाडौँ – उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने वाचा पूरा गर्न आफू सरकारमा सामेल भएको बताएका छन् । ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्ने आफ्नो नारालाई व्यवहार उतार्ने मन्त्री लिङ्देनले प्रतिबद्धता व्यक्त गरे। सोमबार झापाको अर्जुनधारा १ साधुटारमा रहेको शंकराचार्यपीठको वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङ्देनले भ्रष्टाचार नगर्ने आफ्नो वाचा पूरा गर्न अग्निपरीक्षामा होमिएको बताए। ‘मैले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्दा कतिपयले प्रशंसा गरे। कतिले ‘नपाइन्जेल त हो नि’ पनि भने। तर मैले पाएपछि म भ्रष्टाचार गर्दिनँ भनेर देखाउन अग्निपरीक्षामा होमिएको हुँ’, उनले भने। सरकारमा जाने…

Read More

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा करिब तीन लाख जम्मा भएको छ । मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम संकलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राखेका थिए । मन्त्रालयमा राखिएको उक्त सहयोग पेटिकामा हालसम्म अनुमानित तीन लाख जम्मा भइसकेको मन्त्री किरातीका प्रेस संयोजक राजन राईले जानकारी दिए। उक्त रकम दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा सहयोग गरिने मन्त्री किरातीले बताए । यसैगरी सुझाव र जनगुनासो संकलनका लागि ‘ई-हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याइएको समेत मन्त्री किरातीले जानकारी दिए । देशको सापेक्षताअनुसार मन्त्रालयलाई सञ्चालन गर्न…

Read More

काठमाडौँ – नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गरेका छन्। उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पुगेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीलाई भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन उनले आग्रह गरे। भारतीय सहयोगमा सञ्चालित जनकपुर-जयनगर रेलमार्ग, भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको ऋण सहयोगमा अगाडि बढेका आयोजनालगायतका बारेमा उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक चासो राख्दै सहजीकरणको लागि भारतीय सचिवलाई आग्रह गरेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए। यस्तै, काठमाडौँ-रक्सौल रेलमार्ग तथा अन्य परियोजनाका बारेमा महत्त्वपूर्ण छलफल भएको उनको भनाइ छ। सो रेलमार्गको विस्तृत डिजाइनको काम भइरहेको…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको सत्ता गठबन्धनसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गराउन स्पष्ट बहुमत रहेको छ । सत्ता गठबन्धनको नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति दलको सत्ता गठबन्धनसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको लागि स्पष्ट बहुमत रहेको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ५४ मा निर्वाचक मण्डलमा रहने सदस्यको मतभार सम्बन्धी व्यवस्था छ । उक्त ऐनसँग सम्बन्धित अनुसूचीमा गरिएको संघीय सांसद र प्रदेश सांसदको मत भारअनुसार सत्ता गठबन्धनसँग स्पष्ट बहुमत देखिएको हो । गठबन्धनको प्रमुख घटक एमालेसँग प्रतिनिधिसभाको ७९ र राष्ट्रियसभाको १७ (राष्ट्रपतिबाट…

Read More

काठमाडौँ – सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा सोमबारबाट हुने तय भएको बहस स्थगित भएको छ। अन्तिम फैसलाका लागि सोमबारबाट बहस हुने कार्यतालिका रहे पनि पीडित पक्षका वकिलले पेशी स्थगित गरेका हुन्। सोमबार जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो। तर जाहेरवाला किशोरीका वकिलले पेशी सार्न निवेदन दिएपछि पेशी स्थगित भएको हो ।

Read More

काठमाडौँ – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । मीनबहादुर श्रेष्ठले आजै प्रधानमन्त्री प्रचण्डसँग पद तथा गोपनीयताको शपथ लिने कार्य तालिका रहेको छ । श्रेष्ठ यसअघि २०७३ मा पनि योजना आयोगको उपाध्यक्ष थिए ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिनुभएको हो । “विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्”,उहाँले भन्नुभयो । मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिनुभयो । “जहाज अब उप्रान्त…

Read More

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरुवा हुँदा बेड, बिस्तारा बोकेर जानुपर्ने बाध्यता यसै वर्ष अन्त्य गर्ने बताएका छन् । सशस्त्र प्रहरी बलको २२ औं स्थापना दिवसको अवसरमा हलचोकमा आयोजित समारोहमा आईजीपी अर्यालले भने– ‘सरुवा भएर जाँदा बेड, विस्तारा बोकेर जाने बाध्यात्मक व्यवस्था हटाउने कार्य २०७९ भित्रै सम्पन्न गरिन्छ ।’ भौतिक सुविधा न्युन हुँदा सशस्त्र प्रहरीका तल्लो तलका कर्मचारी एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुँदा बेड, बिस्तारा लिएर जान बाध्य छन् । ‘फिल्डमा समस्या र प्रतिकूलता रहेको मलाई थाहा छ’ आईजीपी अर्यालले भने– ‘त्यसका बाबजुद, प्रत्येक कमाण्डरले नैतिकवान भएर असल आचरण प्रदर्शन गर्नुपर्छ ।’ स्थापना दिवसमा सकल दर्जालाई सम्बोधन…

Read More

काठमाडौँ – काठमाडौँदेखि पोखरामा जाने क्रममा माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासङ्घ गण्डकीले अक्षयकोष निर्माण गर्ने भएको छ । पौडेल नेपाल पत्रकार महासङ्घ गण्डकीका संस्थापक अध्यक्षसमेत हुन् । सोमबार कार्यवाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए । महासचिव पौडेलका अनुसार १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । महासङ्घ गण्डकीले पाँच लाख रुपैयाँ तत्काल कोषमा…

Read More

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुरमा आज आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार पार्न आफूले पहल गर्ने बताए । ‘स्टार्टअप कार्यविधि अझैसम्म पनि बन्न नसक्नु सरकारको कमजोरी हो । कार्यविधि छिट्टै पारित हुनेछ’, उनले भने, ‘निजी क्षेत्रले माग गरिरहेको परियोजना कर्जा पनि छिट्टै कार्यान्वयनमा ल्याइनेछ ।’ साना तथा मझौला उद्योगका समस्याबारे निजी क्षेत्रले सरकारलाई स्पष्ट सुझाव दिन आवश्यक भएको उनको भनाइ छ । लघु, घरेलु, साना तथा मझौला उद्योगका समस्या पहिचान…

Read More