Author: Nisha Shrestha

काठमाडौँ- प्रहरीको गाडी जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको भन्दै महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ । डिएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीले बताए । प्रहरी वृत्त बालाजुमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ। सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए । प्रदर्शनमा भएको झडपमा डीएसपी विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) यातायात मजदुरले जलाएका थिए । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी पनि आन्दोलनकारीले जलाएका थिए ।

Read More

काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया २८५ रनमा अलआउट भयो। नामिबियाका लागिद भान लिङ्गेनले शतक प्रहार गरे। उनले १३३ रन जोडे। १३७ बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गरे। ओपनरद्वय लोहान लाउरेन्स ५ रन र कार्ल बिरकेनस्टक १३ रनमा आउट भए। कप्तान गेरार्ड इरासमसले ५६ रनक‍ो योगदान गरे। उनले भान लिङ्गेनसँग तेस्रो विकेटका लागि १६४ रनको साझेदारी गरे। यस्तै निकोल इटन ८ रनमा आउट भए भने जान फ्राइलिनलाई करण केसीले १३ रनमा बोल्ड भए। जेन ग्रिन ३४ रन…

Read More

आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् । प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले भरिभराउ हुन्छन् । नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ । आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेमजोडीको रोजाइमा पर्छ । कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौँ प्रेमजोडी भेटिन्छन् आज । यो दिन अन्य दिनको तुलनामा धेरैजसो जोडी बनेर पुग्ने गर्दछन् । वर्षको एक दिन भेटघाट गर्ने, घुमघाम…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी दाङ जाने भएकी छन्। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति दाङ जान लागेकी हुन् । जहाँ आयुर्वेदमा स्नातक (बिएएमएस) पनि अध्ययन भइरहेको छ । भवन निर्माण भएको करिब पाँच वर्ष भएको छ । तर, औपचारिक उद्घाटन भने भएको थिएन । सोही भवन उद्घाटन गर्न फागुन ३ गते बिहान ११ बजे जाने कार्यक्रम रहेको डिन प्रा.डा. मङ्गलकान्त झाले बताए । हेलिकोप्टरमार्फत राष्ट्रपति दाङ जाने भएकी हुन् । त्यहाँ ओपिडी सेवा सञ्चालन नहुँदा बिएएमएसका विद्यार्थीले प्रयोगात्मक कक्षा लिन बाहिर जानुपर्ने अवस्था थियो । कोरोनाको समयभन्दा पहिले त्यहाँ ओपिडी सेवा सञ्चालनमा भए पनि त्यसपछि…

Read More

इस्तानबुल । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीएका दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ । भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने भूकम्पको एक सय ७५ घण्टापछि एक जनालाई जीवितै उद्धार गरिएको छ । टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको…

Read More

टीकापुर– कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन थालिएको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर मस्यौरा र गुन्द्रुक उत्पादन सुरु गरेका हुन् । उनीहरूले पहिलो दिन २५ केजी मस्यौरा उत्पादन गरेका छन् भने गुन्द्रुक ५० केजीका १५ ड्रम र सिन्की ५० केजीका छ ड्रम उत्पादनको तयारीमा रहेका छन् । तयारी भएको मस्यौरा गुणस्तर परीक्षण गर्न खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाइएको छ । मस्यौरा बनाउनका लागि मेसिन प्रयोग हुन्छ । पिँडालु छिल्ने, पिँडालु मसिनो बनाउने, मास पिस्ने, पिँडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरी पाँच मेसिन भारतको दिल्लीबाट ल्याएका हुन् । यसरी उत्पादन भएको मस्यौरा र गुन्द्रुक नेपालमै खपत हुने र विदेशमा…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको ८ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो । भेटवार्तामा इपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो । आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि…

Read More

काठमाडौँ – मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घट्दै १ लाख ३ हजार ८ सय रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ३ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैबीच चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं – भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेन कोटेश्वर पुगेका छन्। नेपाल निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ। हिजो बिहान काठमाडौं आइपुगेका क्वात्राले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। क्वात्रा काठमाडौं ओर्लिएलगत्तै दुई देशबीच सचिवस्तरीय वार्तासमेत भएको थियो। वार्तामा नेपालले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट दिन प्रस्ताव गरेको थियो। क्वात्रा आजै फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

Read More

काठमाडाैँ – सार्वजनिक यातायात मजदुरसम्बद्ध संगठनको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न व्यवसायी र मजदुर राजी भएका हुन् ।  उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो । मजदुरले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात तत्काल खुल्ने भएका छन् । आजको उपत्यकाको सार्वजनिक सवारीको बन्द फिर्तासँगै भोलिदेखि आह्वान भएको देशव्यापी आन्दोलन समेत फिर्ता भएको अखिल नेपाल स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वालाले बताए । यसअघि मजदुर सङ्गठनहरूले १० बुँदे माग राख्दै ११ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए…

Read More