Author: Nisha Shrestha

काठमाडौं – आज विहान पोखरामा भएको यती एयरलाइनसको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका बारेमा जानकारी लिन दुईवटा टेलिफोनमार्फत् कल सेन्टर स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विमान दुर्घटनाको बारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्यहरुका लागि सम्पर्क गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्न कल सेन्टर खोलिएको छ, आवश्यक जानकारी लिन कल सेन्टरमा फोन गर्दा हुन्छ ।” उक्त कल सेन्टरमा यती एअरलाइन्सका तर्फबाट पेम्बा शेर्पा (९८०१००७५३१) तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका तर्फबाट ०१-४११३१६३ नम्बरका फोनहरु राखिएका…

Read More

काठमाडौं – सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विमान दुर्घटनामा मृत्यु भएका अधिकांशको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताएका छन् । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ । पोखरामा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ। आइतबार बिहान साढे १० बजे काठमाडौँबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको…

Read More

काठमाडौँ- यती एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ । कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ । उनका अनुसार दुर्घटनास्थलबाट निकालिएका शवलाई अस्पतालमा राखिएको छ । अन्यको खोजी जारी रहेको उनले जानकारी दिएका छन् । मृतकको सनाखत कार्य भइरहेको छ ।

Read More

काठमाडौँ – पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा एक डाक्टर दम्पत्ति पनि सवार रहेको खुलेको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एन एनएनसी एटीआर विमान आइतबार बिहान १० बजेर ५१ मिनेट जाँदा पोखराको सेती खोचमा दुर्घटना परेको हो । विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर पनि सवार रहेको पुष्टि भएको हो । उनीहरु आफ्नो सन्तानसमेत लिएर पोखरा बिदा मनाउन पुगेका थिए । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डा. श्रेष्ठले शनिबार र अस्ति ओटी गरेर दुई दिन बिदा बस्न चाहेको जानकारी आफुलाई दिएको बताए ।…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । “यती एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु”, राष्ट्रपतिले ट्वीटमा भन्नुभयो ।

Read More

पोखरा – पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजको दुर्घटनामा हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

Read More

काठमाडौं – पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाहरूप्रति शोक मनाउन सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी दिए। आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे मन्त्री पौडेलले भने, ‘घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ। दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको छ।’

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पोखरा नजाने भएका छन् । यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थानमा अनुगमन र ङटनाको जानकारी लिन पोखरा जाने तयारी गरेका उनलाई सुरक्षा निकायले भीआईपी जाँदा थप सुरक्षा जटिलता थपिने भएकाले सुझावको आधारमा पोखरा जाने कार्यक्रम स्थगित गरिएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो । तर अन्तिममा स्थगित भएको हो ।

Read More

काठमाडौँ – पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका विषयमा जानकारी दिन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गर्ने भएको छ। आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको विषयमा आवश्यक सबै सूचना एकै ठाउँबाट दिने गरी कल सेन्टर स्थापना गर्ने निर्णय गरेको हो। आकस्मिक बैठकको निर्णय सुनाउँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन्। सरकारले दुर्घटनामा मृत्यु भएकाहरूको पार्थिव शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने पनि उनले बताएका छन्। काठमाडौँबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।

Read More

पोखरा : नेपाल नागरिक उड्डयन प्राधिकरणले हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ। १० महिला, १८ पुरुष र एक शिशु गरी २९ जनाको मृत्यु पुष्टि भएको प्राधिकरणले जनाएको छ।

Read More