Author: Nisha Shrestha

काठमाडौँ – आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित भएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष समेत रहेका उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार संयन्त्रको बैठक बसेर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने सहमति भएको थियो । तर, बिहीबार १० बजेसम्म पनि संयन्त्रको बैठक बस्ने नबस्ने कुनै ठेगान नभएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो–१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम–सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, कैलाश डाँडाको आवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गरेकी हुन् । षडानन्द नगरपालिका–१ मझुवाबेँसीमा निर्माण हुन लागेको योगमाया पार्कको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्याससमेत गरेकी छिन् । यो स्थानमा निर्माण हुने पार्कको विस्तृत परियोजना प्रतिवेदन तयार भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए ।

Read More

काठमाडौँ – प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिले राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग ३ महिनाभित्र टुङ्गो लगाउनुपर्ने प्रस्ताव गरेको छ । त्यस्तै प्रधानन्यायाधीश, न्याय परिषद्का सदस्य र संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाअभियोग प्रस्ताव ५ महिनाभित्र टुङ्गो लगाउनुपर्ने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन अहिले छलफल भइरहेको छ । प्रतिनिधिसभामा रहेका सबै दलको प्रतिनिधि रहेको नियमावली मस्यौदा समितिले महाअभियोगलाई राजनीतिक हतियार बन्न नदिन यसलाई टुङ्गो लगाउनुपर्ने समय किटान गर्ने विषयमा छलफल गरेको थियो । यस क्रममा बुधबार राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग ३ महिनाभित्र र प्रधानन्यायाधीश, न्यायपरिषद सदस्य र संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाअभियोग ५ महिनाभित्र टुङ्गो लगाउनुपर्ने प्रस्ताव सदस्यहरूलाई वितरण गरिएको छ । यो…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर मोरिसनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

Read More

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनबारे छलफल सुरु भएको छ । दलहरुबीचमा राष्ट्रपति कुन पार्टीबाट बनाउने भन्ने छलफल चलिरहेका बेला लोसपामा पनि अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे छलफल सुरु भएको हो । राष्ट्रपतिको विषयमा छलफल गर्न सत्तारुढ दलहरूको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर निर्णय गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको छ । बुधबार ओली निवासमा बालकोटमा दुई नेताबीचको भेटवार्तामा यस्तो सहमति भएको हो । यसैबीचमा लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने जनाएको छ । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले राष्ट्रपतिमा साझा व्यक्ति…

Read More

काठमाडौँ – टर्कीमा गएको विनाशकारी भूकम्प आएपछि राहत र पुनः स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौँ बैठकले उक्त निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताए। ‘टर्की हाम्रो असल मित्रराष्ट्र हो। हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको थियो। टर्की सरकारको दुः खमा हामीले पनि सहयोग गर्नुपर्छ। त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ’,उनले भने। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास…

Read More

दाङ – लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी भएका छ । बुधबार भएको मतदानपछिको मतगणनाअनुसार दसौली ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार माधव आचार्यले ३७ सय २० मतभार प्राप्त गरेका छन् ।

Read More

काठमाडौँ- सातामा कारोबार हुने चौथो दिन बुधबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८७ अंकले घटेर ४१४ विन्दुमा पुगेको छ । बुधबार नेप्सेमा कूल २५७ कम्पनीको एक करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । कारोबारको आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छ। यस कम्पनीको आज ११ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ ।

Read More

काठमाडौँ – हवाई सेवा सुरक्षित बनाउन संरचनागत सुधारको मागसहित परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ। सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले संवेदनशील विषय भन्दै अग्राधिकार दिएर विपक्षीसँग जवाफ मागेको रिटकर्ता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए। हवाई सुरक्षा मापदण्ड सम्बन्धी अनुगमनमा हुने हेलचक्य्राइँ, प्राविधिक क्षमताका अभावका कारण नेपालमा हवाई दुर्घटना बढेको भन्दै त्रिपाठीले माघ २० गते रिट हालेका थिए। उनले अहिलेको कानून, नीति र मापदण्ड नै सुधार गर्न आदेशको माग गरेका थिए। रिटमा विशेषज्ञहरूको उच्च स्तरीय समिति बनाएर उड्डयन क्षेत्रका कानून नियम र सुरक्षा मापदण्डमा सुधार गर्नुपर्ने, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तय गरेका मापदण्ड पालना भए नभएको…

Read More

काठमाडौँ- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । राष्ट्रियसभाको उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआवद्ध माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको उनले घोषणा गरेकी छन् । गत सोमबार उनी राष्ट्रियसभा उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकी थिइन् ।

Read More