Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन्। आइतबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा प्रधानमन्त्री दाहालले नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिवलगायत निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा छलफल गरेका हुन्। पछिल्लो समय लघुवित्त, सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री दाहालले पहल थालेका हुन्। बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरूले ऋणीहरूलाई मारमा पारको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरूले राख्दै आएका छन्। यता बैंक तथा वित्तीय संस्थाहरूबाट…

Read More

कैलाली – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आइतबार अपराह्न विश्वासको मत मागेका हुन् । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा काँग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

Read More

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्व माओवादीहरुले पार्टीलाई जनवादीकरण गर्न नयाँ पुस्तालाई अगाडि ल्याउन आवश्यक रहेको बताएका छन् । आज (आइतबार) काठमाडौंमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व नछाडेको तर्फ लक्षित गर्दै अभिव्यक्ति दिएका हुन् । ‘जनयुद्धको समयमा हामीले भनेका थियो, स्टालिनले गल्ति गर्नुभयो । अन्तिम बेलासम्म आफैं कुर्सीमा बस्ने गर्नुभयो । त्यही माओले गर्नुभयो । संसार भरिका कम्यनिष्टले त्यही गर्दा नयाँ विचार र नेतृत्व विकसित हुन सकेन । पुस्तान्तरण हुन सकेन । त्यसले गर्दा कम्युनिष्टहरुले हारे । मैले एउटा अठोट…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज भेट्ने भएका छन् । माओवादी आन्दोलनका सबै धारका नेताहरू एउटै मञ्चमा उपस्थित कार्यक्रममा बोल्ने क्रममा प्रचण्डले उक्त जानकारी दिएका हुन् । ‘सबै नेताहरूको विचार अन्तिमसम्म सुन्ने इच्छा थियो । सरकारका केही महत्त्वपूर्ण काम गर्नु छ,’ प्रचण्डले भने,‘त्यसको लगत्तै राष्ट्रपतिका पुगेर केही कुरा अघि बढाउनु छ । कार्यक्रमको अन्तिमसम्म बस्न सम्भव भएन ।’

Read More

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनका उपलब्धि मास्नेगरी केही भूतप्रेत बाटोमा निस्कन थालेको बताएका छन् । राजसंस्था पुनस्थापना र हिन्दूराज्यको माग गर्दै सडक प्रदर्शन भएको प्रति लक्षित गर्दै उनले जनयुद्धले स्थापित गरेको गणतन्त्रलाई कसैले हल्लाउन नसक्नेसमेत बताए । राजधानीमा आयोजित ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तक्रिर्या कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्ध र जनआन्दोलनको मुख्य उपलब्धि भनेको ‘राजामा निहीत सार्वभौमसत्ता भन्ने ठाउँमा जनतामा निहीत’ भनेर संविधान जारी भएको बताए । उनले जनताको पक्षमा संविधान जारी भएपछि माओवादीप्रति अझै बढी आक्रमण र घेराबन्दी भएको समेत बताए।

Read More

काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएकाे प्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएकाे छ। माओवादी केन्द्रले आइतबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण गराएकाे हाे । जनयुद्ध, ६२/६३ काे आन्दाेलन र त्यसकाे जगमा भएकाे बृहत शान्ति सम्झाैता लगायतका विरुद्धमा हुने कुनै पनि गतिविधिलाई माओवादीले अस्वीकार गर्ने विज्ञप्तिमा उल्लेख छ । दरपीठ आदेशविरुद्ध निवेदकहरुले सर्वोच्चमा दिएको अर्को निवेदनका आधारमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता गर्न फागुन १९ गते आदेश दिएको हो। ‘१० वर्षे महान जनयुद्ध, २०६२/६३ को दोस्राे जनआन्दोलन र त्यसको जगमा सम्पन्न भएको बृहत शान्ति सम्झौता,…

Read More

धनगढी – सुदूरपश्चिममा प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरि प्रदेश सभाको बैठक आह्वान गरिएको थियो। तर अहिलेसम्म बैठक सुरु हुन सकेको छैन। केहीबेरमा बैठक सुरु हुने र विश्वासको मत लिने कार्यसूची रहेको बताइएको छ। माघ महिनाको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोही अनुसार आज शाहले विश्वासको मत लिँदै छन्। सोही क्रममा सत्तारुढ गठबन्धनमा सहभागी दल नेकपा एकीकृत समाजवादीले आफ्ना प्रदेश सभा सदस्यहरुलाई पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। केहीबेर अघि संसदीय दलको कार्यालयमा बसेको बैठकले ह्विप…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्यहरूलाई छलफलका लागि काठमाडौँ बोलाएको छ । मधेस प्रदेशमा लामो समयदेखि पार्टीमा देखिएको विवादलाई समाधान गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोलाएका हुन् । फागुन २६ गते केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा मधेस प्रदेशका लागि केन्द्रीय सदस्यको जिम्मेवारी तोक्नुका साथै प्रदेश र जिल्लाको सङ्गठन निर्माणको कार्य पनि हुने बताइएको छ ।

Read More

काठमाडौँ – राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर आठ दलले बिहीबार आयोजना गर्न लागेको आठ दलीय गठबन्धनको संयुक्त भेला स्थगित भएको छ। राष्ट्रपति चुनावका लागि बुधबार सत्ता पक्षीय आठ दलले संघीय संसद र प्रदेशसभा सदस्यको संयुक्त भेला आयोजना गरेको थियो। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको सचिवालयका अनुसार निर्वाचनको मौन अवधि लागू हुने भएपछि स्थगित गर्नुपरेको हो। औपचारिक भेला स्थगित भए पनि दलहरूले आफ्ना सांसदलाई अनौपचारिक रूपमा प्रशिक्षित भने गर्नेछन्। राष्ट्रपति चुनावका लागि संघीय संसद र प्रदेशसभा सदस्य रहेको निर्वाचक मण्डल रहने संवैधानिक व्यवस्था छ। बिहीबार हुने चुनावका लागि काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमतलगायत आठ दलको तर्फबाट पौडेललाई अघि…

Read More

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनुअघि सर्वदलीय बैठक बसेको छ। सभामुखको कार्यकक्षमा बसेको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टी सत्तापक्षमा बस्ने र नेकपा एमाले र राप्रपा प्रतिपक्षमा बस्ने भएका छन्। त्यस्तै स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीले पनि विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। सर्वदलीय बैठकमा आजको प्रदेश सभा बैठकको कार्यसूची लगायतका विषयमा पनि छलफल भएको थियो। आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिंदैछन्। बैठकमा सबै पार्टीका दलका नेता र एमालेका तर्फबाट प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले सम्बोधन गर्ने छन्।

Read More