Author: Nisha Shrestha

बैतडी- बैतडीमा आगलागी भएको छ। जिल्लाको मेलौली नगरपालिका–७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडी रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्स पसलमा आगलागी भएको हो। शुक्रबार राति पौने नौ बजेतिर पसलमा आगलागी भएको बताइएको छ। आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मेलौली जनाएको छ। आगलागीबाट पसलमा भएका सबै सरसमान जलेर नष्ट भएका बताइएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ– उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा(एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गरेकी छन् । यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपति पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने जनाएपछि दुई जनाको उम्मेदवारी परेको बताइएको छ । यस्तै जनमत पार्टीको तर्फबाट…

Read More

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादव आफूहरूको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन् । एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा.यादवलाई आफूहरूको प्रस्तावमा नै निर्वाचित गराएको बताए । उनले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताए । यस्तै सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रमा विश्वास गर्नेहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले यसबारे सोच्न जरुरी छ ।’ एमालेले आज बिहान एमालेले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको…

Read More

काठमाडौँ – शुक्रबार सप्तरीको राजविराजदेखि भारतीय सीमासम्म जोडने कुनौली सडकमा एक प्रहरी जवान नशामा लट्ठिएर गलत हर्कत देखाएको भिडियो सार्वजनिक भयो। मनोज सहनी नामका व्यक्तिले ट्वीटरमा नेपाल प्रहरीको ट्वीटर एकाउन्टमा ह्यासट्याग गरेर सार्वजनिक गरेका उक्त भिडियोबारे रातोपाटीले बुझ्ने प्रयास गरेको छ। भिडियोमा देखाइएका व्यक्ति प्रहरी जवान सञ्जीव कुमार राय यादव हुन्। उनी सीमा क्षेत्रमा गस्तीमा खटिएका थिए। कसिलो ज्यान भएका यादव प्राय नशामै रहने गरेको एक स्थानीय बताउँछन्। आधा शरीर मात्रै ढाक्ने कपडा लगाएर हातमा लौरो लिएर ‘आईज ए कस्ले रेकर्ड गर्न खोजेको एसके यादव हो मेरो नाम ल ’ भन्दै उनी त्यहाँको वातावरण अशान्त बनाउँदै हिँडिरहेको देखिन्छ। प्रहरीको काम…

Read More

काठमाडौँ – सत्तारुढ १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहाय यादवले उम्मेदवार दर्ता गराएका छन् । उनले माओवादी र नेकपा एसका नेताहरूसहित नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यादवको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी रहेका छन् । त्यस्तै, समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा,भानुभक्त जोशी रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।

Read More

धनगढी – धनगढीको शिवनगरस्थित चैतन्य पाठशालाको आयोजनामा ‘सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापन’ विषयक कार्यक्रम सम्पन्न भएको छ । एकेडेमीले शुक्रबार कार्यक्रमको आयोजना गरेको थियो । विज्ञ मनोविमर्शकर्ताहरूले कार्यक्रममा उपस्थितहरूलाई सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा धनगढीमा रहेका विभिन्न पेसा, व्यवसायी, समाजसेवी, शिक्षा सेवी, राजनीतिज्ञ, कला-संस्कृतिकर्मी, पत्रकार, बैंकर्स, पर्यटन व्यवसायी, खेलाडी, निर्माण व्यवसायी एवम् राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको चैतन्य ग्रुपमा सिइओ गणेश जोशीले बताए । ‘अहिलेको भागदौडपूर्ण जीवनमा प्रत्येक मानिसमा तनाव छ। तर, तनाव समस्याको समाधान होइन । यसले हाम्रो स्वास्थ्यमा मात्र असर गर्छ। हामीले तनावको सही व्यवस्थापन गर्न सक्यौं भने सफल जीवन…

Read More

काठमाडौँ – उपराष्ट्रपति पदको निर्वाचनका लागि जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन्। आज दिउँसो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएकी हुन्। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ। दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि अपराह्न ३ बजेसम्ममा हुनेछ। यस्तै ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। यस्तै, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे तोकिएको छ। त्यही दिन १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी…

Read More

काठमाडौँ – नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिको पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय अनुसार शाक्यले उम्मेदवारी गराएकी हुन् । शाक्यको प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छवि लाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् । त्यस्तै, समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहेका छन् ।

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिए । बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ । जसपाले प्रतिनिधि सभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरिसकेको छ । त्यसैगरी सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको छ ।

Read More

काठमाडौँ – सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका हुन् । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताए । बैठकमा दलहरुले आफ्नो-आफ्नो दाबी गर्दा बैठक निस्कर्षबिहीन भएको र आफ्नो पार्टीले पनि ममता झालाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउने बताए । उनले उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने बताए ।…

Read More