Author: Nisha Shrestha

काठमाडौँ: नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन-चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम भएको छ । साताको आइतबार छापावाल सुनको मूल्य १ लाख २ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ कायम थियो । गत साताको शुक्रबारको तुलनामा तोलामा ३०० रुपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । यससँगै,…

Read More

सप्तरी– सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजी गाँजा बरामद गरेको छ । कञ्चनरूप प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुर – कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारु समुदायको होली ओझेलमा परेको छ । अन्य समुदायको होली पर्व भन्दा पृथक तरिकाले मनाइने सो समुदायको होली ३८ दिनसम्म मनाइन्छ । माघ पूर्णिमादेखि सुरुआत सो होली दुई चरणमा मनाइने गरिन्छ । पहिलो चरण अन्तर्गत माघपूर्णिमादेखि फागुन पूर्णिमासम्म जीउँदो होली मनाइन्छ । यसपछिको आठ दिनको समय मृत होली मनाउने प्रचलन रहेको छ । फागुपूर्णिमापछि सो समुदायमा होलीको निकै रौनक छाउँने गर्दछ । गाउँभरिका महिला पुरुष वृद्धदेखि बालकसम्म सबैजना रातदिन होली खेल्छन् । माघ महिनाको पूर्णिमाको दिन होलीको प्रतीक पुतला स्थापना गरी होलीको सुरुआत गरिन्छ । माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली र फागुन पूर्णिमापछि आठ दिनसम्म मृत होली खेल्ले परम्परा रहेपनि पछिल्ला वर्षमा…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गतेभित्र शीतल निवास छाड्ने भएकी छन् । फागुन २५ गते हुने निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति विद्या भण्डारी आफ्नो दोस्रो कार्यकाल पुरा गरेर राष्ट्रपतिको सरकारी कार्यालय छोड्न लागेकी हुन् । उनी बुढानीलकण्ठ नगरपालिका-२ मा आफैले बनाएको घरमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । फागुन २५ मा निर्वाचित हुने राष्ट्रपतिको शपथ कहिले हुन्छ सोही अनुसार सर्ने र नयाँ राष्ट्रपतिले शपथ लिएपछि शीतलनिवास आउन बाधा नपर्ने गरी खाली गर्ने योजना रहेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए । संविधानले फागुन २८ सम्म पुरानै राष्ट्रपतिको कार्यकाल तोकेको छ । नयाँ निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशसँग…

Read More

काठमाडौँ – तीन दिनपछिको राष्ट्रपतिको निर्वाचनको लागि नेकपा एमालेले सांसदहरूलाई प्रशिक्षण सुरु गरेको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरू काठमाडौंमा भेला भएका छन् । प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेता सहभागी छन् । एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । नेम्वाङसँग नौ दलीय गठबन्धनको तर्फबाट काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।

Read More

काठमाडौँ- भीम सार्कीको अर्धशतकमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले यूएईलाई २ सय ३० रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालको सुरुवात राम्रो नभए पनि भीमले ब्याटिङ लाइन सम्हालेका हुन् । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो । पछिल्लो क्रमका नेपाली ब्याटरहरूले सम्हालिएको ब्याटिङ गरेपछि प्रतिस्पर्धात्मक रन बनाउन सफल भएको हो । ६८ रनको ५ विकेट गुमाएर संकटमा परेको नेपाली टोलीलाई भीमले ७० रन प्रहार गर्दै इनिङ सम्हालेका थिए । उनले छैटौं विकेटका लागि सन्दीप लामिछाने र सातौं विकेटका लागि आरिफ शेखसँग ५६/५६ रनको साझेदारी गरेका थिए । त्यस्तै आरिफ…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाइ हुन् । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री प्रचण्डले उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले माधव नेपालसहित सम्पूर्ण परिवारजनमा समवेदना पनि प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिएको छ ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेताहरुले आज साँझ राप्रपाका नेताहरूलाई भेट्ने भएका छन् । आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न राप्रपा नेहरुलाई भेट्न लागिएको एक नेताले बताए । काँग्रेस र राप्रपाका नेताहरूको भेट साँझ ६ बजे राप्रपाको पार्टी कार्यालयमा हुनेछ । राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ । काँग्रेसबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

Read More

काठमाडौँ – आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत खराब सुरुआत गरेको नेपालका लागि भीम सार्कीले आफ्नो पहिलो ओडिआई अर्धसतक पुरा गरेका छन्। पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ७८ बलमा ५ चौकासहित आफ्नो पहिलो एक दिवसीय अर्धसतक पुरा गरेका हुन्। ६८ रनमा ५ विकेट गुमाएर खराब प्रदर्शन गरिरहेको नेपालका लागि भीम सार्की र सन्दीप लामिछानेले ५६ रनको साझेदारी गर्दै नेपालको १०० रन पार गराएका थिए। तर ३२ औँ ओभरको दोस्रो बलमा लामिछाने व्यक्तिगत २७ रनमा क्याचआउट भए। उनले ४० बल खेल्दै १ चौका हिर्काए। नेपालका लागि शीर्ष ५ ब्याटर ज्ञानेन्द्र मल्लले ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित…

Read More

जाजरकोट– भेरी नगरपालिका महतारा गाउँ, जुनीचाँदे गाउँपालिकाको ‘स्लेट ढुङ्गा’को ठूला सहरमा माग बढेको छ । यहाँ प्रशोधन भएका स्लेटको भेरी-१० भुरचौरस्थित जाजरकोट ढुङ्गा सप्लायर्स एण्ड कटिङ सेन्टरमार्फत प्रशोधन भएर अन्यत्र जाने गर्दछ । यहाँ प्रशोधन भएका स्लेटको रङ परिवर्तन नहुने, प्राकृतिक र आकर्षक देखिने भएकाले घर निर्माणमा प्रयोग हुने जनाइएको छ । पछिल्लो समय यहाँका स्लेट विदेशबाट आयातित मार्बल तथा टायलको विकल्प बन्दै गएको जनाइएको छ । विगतमा ढुङ्गा-माटोले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले सहरमा निर्माण हुने आधुनिक घरमा सजावटका लागि टाँस्ने, बिछ्याउनेछ कामदेखि मठमन्दिर, सत्तल र पदमार्गमा पनि अत्यधिक प्रयोग हुन थालेको छन् । सो स्लेट सबैभन्दा बढी नेपालगन्ज र सुर्खेतमा खपत हुने गरेको छ भने पछिल्लो…

Read More