Author: Nisha Shrestha

काठमाडौँ – एसियन हाइड्रोपावरले शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आज माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला हो। यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१५ अर्थात् ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो। जसमध्ये १०५ अर्थात् ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिसकेको छ। यस्तै, ५५ अर्थात् ४२ हजार कित्ता सामूहिक लगानी कोष र २५ (१६ हजार ८ सय कित्ता) कर्मचारीहरूलाई छुट्याइएको छ। बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा फागुन २…

Read More

काठमाडौँ – पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मिनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ ।

Read More

काठमाडौँ – टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या २० हजारभन्दा बढी पुगेकाे छ । समाचा‍र एजेन्सी राेयटर्सका अनुसार भूकम्पमा परी मृत्यु भएकाे २० जार मध्ये १७ हजार टर्कीका रहेका छन् भने तीन हजारभन्दा बढी सरियाका रहेका छन् । टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको थियाे। भूकम्पले करिब ६ हजार भवनमा क्षति पुर्‍याएकाे छ। यद्यपि, संयुक्त राष्ट्र संघले भूकम्पबाट भएको क्षतिको तस्बिर अझै स्पष्ट नभएको जनाएको छ । भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ। टर्कीको राजधानी अंकारासहितका सहरहरूका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो । दुवै देशमा द्रुत…

Read More

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा केहिवेरअघि सुरु भएको हो। हिजो बस्ने भनिएको बैठक आजसम्मका लागि स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र ओली मात्रै हिजो छलफलमा जुटेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिकाबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकमा छलफल हुन लागेको हो।

Read More

काठमाडौं – भूकम्प प्रभावित टर्कीका लागि आज नेपालबाट राहत सामग्री पठाइएको छ । उक्त सामग्री टर्की एयरका कर्मचारीले रकम सङ्कलन गरी इस्लामिक संघको सहकार्यमा पठाइएको हो । तस्बिर : विमलबहादुर विष्ट/रासस

Read More

काठमाडौं – मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद उपस्थित छैनन् । उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन कठिन छ । प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र (सभामुख बाहेक) १० र राप्रपा १ गरी केवल २१ मत छ। जुन आवश्यक मत २७ भन्दा ६ मतले कम हो । ७ मत रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ । पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले माओवादी केन्द्र (११), एमाले (१०),…

Read More

काठमाडौँ – एमाले सचिवालय बैठकले अहिलेको गठबन्धनलाई अघि बढाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले एमाले–माओवादीको गठबन्धनमा चुनौती देखिए पनि यसलाई टिकाएर अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो। फागुन २५ गते हुने राष्ट्रपति चुनावमा उम्मेदवार उठाउने विषयमा दुई दलबीच मतभेद बढ्दै गएको अवस्थामा एमालेले औपचारिक रुपमै गठबन्धनलाई निरन्तरता दिने निर्णय लिएको हो । बैठकपछि निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘गठबन्धनलाई टिकाएर लैजानुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ। चुनौतीहरु भए पनि गठबन्धनलाई अघि बढाउनुपर्छ भन्नेमा छौँ।’ उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीबाट सरकार गठन हुँदा भएको सहमति तोडिएको बताए। पुस १० गते भएको निर्णयअनुसार रास्वपालाई गृह मन्त्रालय दिने भनेकोमा…

Read More

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गरेकी । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय…

Read More

काठमाडौं – सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ ।

Read More

काठमाडौँ- सातामा कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार उकालो लागेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १२.४३ अंकले वृद्धि भएर २१८२.६१ विन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४२ अंकले वृद्धि भई ४१५.४२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६ करोड २० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

Read More