Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना वर्गीकरण सम्बन्धी समितिले गरेको निर्णयका सन्दर्भमा सरोकारवाला निकायसँग छलफल गरिने बताएका छन् । पत्रकार महासङ्घले सरकारले गरेको सूचनाको वर्गीकरणको निर्णय फिर्ता लिन माग गरेसंगै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत सो बारे ध्यानाकर्षण भएको जनाउदै भोलि छलफल गरिने बताएका हुन् । सरकारले सूचनाको हकसम्बन्धी ऐन, २०६४ लाई प्राय निष्क्रिय पार्नेगरी ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गरेको निर्णय फिर्ता लिन माग गरेको हो । “नयाँ सरकार बन्ने संक्रमणकालीन समयमा विषय विज्ञ र सरोकारवाला निकायलाई थाहै नदिइ नेपाल सरकारको मुख्य सचिवको अध्यक्षतामा रहने सूचना वर्गीकरण समितिले गरेको यो निर्णयले संविधानप्रदत्त सूचनाको हकसम्बन्धी मौलिक हक…

Read More

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानले ग्यारेन्टी गरेको सूचनाको हकलाई कमजोर पार्नेगरी सरकारले नीतिगत निर्णय गरेको भन्दै खेद प्रकट गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गरेर डा. कोइरालाले सूचनाको हक र यससम्बन्धी कानूनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहनेगरी निर्णय गरेको भन्दै खेद प्रकट गरेका हुन् । उनले उक्त निर्णय फिर्ता लिन समेत माग गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानले ग्यारेन्टी गरेको ‘सूचनाको हक’ लोकतन्त्र,नागरिक शसक्तीकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हक हो । सरकारले यो हक र यस सम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरि निर्णय गरेकोमा…

Read More

बझाङ – जिल्लाको सबैभन्दा दुर्गम हिमाली गाउँपालिकाको रूपमा रहेको साइपालमा हिमपातका कारण खाद्यान्न ढुवानीमा समस्या भएको छ। गत बुधबार भएको हिमपातका कारण बाटो अबरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो। यातायातका साधनहरु नपुगेको साइपाल गाउँपलिकामा भेडा र खच्चरबाट खाद्यान्न आयात गरिन्छ। हिमपातका कारण बाटो अबरुद्ध भएपछि भेडा र खच्चरहरु जान सकेका छैनन्। साइपालको वडा नं १ देखि ५ सम्म हिमपातले बाटो अबरुद्ध भएपछि खाद्यान्न अभाव हुन थालेको निवर्तमान गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताए। खाद्यान्न अभाव हुन नदिन ६ महिना पहिले काँडा बिक्री केन्द्रले ३ हजार क्वीन्टल खाद्यान्न ढुवानीको ठेक्का पाएको भएपनि ६ सय क्वीन्टल मात्रै ढुवानी गरिएको र…

Read More

काठमाडौं – नाबालिग बलत्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन्। लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार उक्त आदेश बदर गरी थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिने निर्णय भएको हो । उच्च अदालतले सन्दीप लामिछानेलाई धरौटीमा छोड्न गरेको आदेशविरूद्ध सर्वोच्च अदालत जाने निर्णय भइसकेको छ । उच्च सरकारी वकिल कार्यालयले पठाएको मस्यौदामा थपघट गर्ने काम भइरहेको छ। एक-दुई दिनमै सर्वोच्चमा दर्ता हुन्छ,’ एक कर्मचारीले भने। दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख…

Read More

काठमाडौँ – गायक प्रमोद खरेलको कन्सर्टमा अनियन्त्रित भीडमा च्यापिएर घाइते हुनेको संख्या ३० पुगेको छ । प्रहरीले सार्वजनिक गरेको नामावलीअनुसार घाइते हुनेमा धनकुटाका स्थानीय छन् । यीमध्ये १६ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र २ जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । अन्य १२ जना भने धनकुटा अस्पतालमा उपचारपछि घर फर्किएका छन् । गायक खरेलले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उपचाररत घाइतेलाई भेट्न उनी सोमबार बिहान अस्पताल जाने भएका छन् । गायक खरेलले भने, ‘मलाई हेर्न भनेर माया गरेर आउनुहुने श्रोता–दर्शकलाई त्यस्तो परेर कार्यक्रम स्थगित हुँदाखेरि कलाकारलाई भावनात्मक रूपमा नमज्जा र दुःखद लाग्छ । प्राविधिक कुरा…

Read More

काठमाडौँ – रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । लामिछाने पुनस् नागरिकता प्राप्त गरेपनि उनलाई फेरि सभापति बनाउने तयारी रहेको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता पुनस् प्राप्त नगरेको कारण अदालतले उम्मेदवारी खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो । रास्वपाले आइतबार दिउँसो साढे ३ बजे बैठक बोलाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नागरिकता नियमवालीको नियम ११ अनुसार नागरिकता पुनस् प्राप्तिका लागि निवेदन दिएका थिए । निवेदनअनुसार उनले नागरिकता पुनस् प्राप्त गरिसकेका छन् । अदालतको फैसलापछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री, संसदीय दलको नेता, सांसद र…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । १३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए । रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छन् । रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताउनुभएको छ । मानव अधिकारका लागि महिला समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक र मौलिक लाग्यो । यहाँ तपाईंहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे-जति मुद्दा उठाउनुभएको छ त्यसलाई सम्बोधन गर्ने मेरो प्रयास हुनेछ ।” प्रधानमन्त्रीले संविधानमा एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग न्यायोचित भएको पनि बताउनुभयो । “यो न्यायोचित माग हो । यसमा हामी छलफल गर्नेछौँ । एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जे-जति प्रश्न उठाउनुभएको छ, ती…

Read More

काठमाडौँ- पाकिस्तानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४० जनाको ज्यान गएको छ । दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा बस पुलबाट खसेर आगलागी भएको जनाइएको छ । बस पुलको पिलरमा ठोक्किएर तलतिर खसेको सुरक्षा अधिकारीले जनाएका छन् । दुर्घटनाग्रस्त बसमा ४८ जना यात्रु सवार रहेको र तीन जनालाई भने घटनास्थलबाट जीवितै उद्धार गरिएको छ । राजमार्गमा कमजोर सुरक्षा र चालकको लापरवाहीका कारण पाकिस्तानमा डरलाग्दो सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । पाकिस्तानमा यात्रुवाहक बसमा क्षमताभन्दा धेरै यात्रु चढाउने र सिट बेल्टको प्रयोग अत्यन्त कम हुने भएकाले सवारी दुर्घटनाबाट मृत्यु हुनेहरूको सङ्ख्या धेरै हुने गरेको बताइन्छ ।

Read More

काठमाडौँ – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो। उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच एक अर्कालाई बधाई दिँदै सफल कार्यकालको कामना गरेको भेटमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए। नेपालका लागि चिनियाँ राजदूतका रूपमा नियुक्त भएर आएका चेनलाई सफल कार्यकालको शुभकामना दिँदै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास प्रकट गरे। उपप्रधानमन्त्री श्रेष्ठले लामो समयदेखि अगाडि बढ्न नसकेको चक्रपथको कलङ्की–चाबहिल सडक खण्ड विस्तारको…

Read More