Author: Nisha Shrestha

काठमाडौँ – प्रतिनिधि सभाको बैठक दुई घण्टा पछि सारिएको छ। बिहान ११ बजे निर्धारित बैठक दिउँसो १ बजेलाई सारिएको हो। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी लम्बिएपछि प्रतिनिधिसभाको बैठक सारिएको हो। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी छ।

Read More

हेटौँडा – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गरेका छन् । सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मङ्गलवार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ गरेका छन् । राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन् ।

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराए । प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए । ज्येष्ठ सदस्य जबराले मङ्गलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेर जानकारी गराए।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच विग्रहको बिजारोपण देखेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा महामन्त्री थापाले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विग्रहको संकेत देखेको बताएका हुन् । बैठकलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन सही रहेको र संसद विघटन हुँदा प्रतिगामीको आरोप लगाउने नै प्रतिगामी रहेका बताइरहँदा देखिएको प्रचण्डको हाउभाउले उनीहरुबीच विग्रहको संकेत देखेको बताए । प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष ओलीको संसद विघटन सही रहेको र प्रतिगामी भन्नेहरु नै प्रतिगामी रहेका अभिव्यक्ति दिइरहँदा…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ ।” प्रतिनिधिसभाको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सबै पार्टी र स्वतन्त्र सांसदले आआफ्नो धारणा राखेको उल्लेख गर्दै उहाँले नयाँ सुरुआत गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै सांसदबाट व्यक्त भएको बताउनुभयो । “देशका अगाडि विद्यमान समस्या समाधान गर्न सबै मिलेर जानुपर्छ भन्ने सबैको भावना व्यक्त भएको छ”, उहाँले भन्नुभयो ।

Read More

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गणतान्त्रिक व्यवस्थाप्रति हाम्रो उच्च सम्मान रहेको छ, त्यस्तै लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पार्टीले सदैव अग्रणी भूमिका खेल्नेछ ।” अध्यक्ष राउतले आफूहरुलाई संसद्मा पु¥याउन भूमिका खेल्ने जनताको अभिमतलाई धन्यवाद दिँदै आफ्नो निर्वाचन क्षेत्रबाट यसअघि निर्वाचित उम्मेदवारको पनि स्मरण गर्नुभयो । “आवेग र अग्रजप्रति पार्टीको सम्मान पनि छ । हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकाङ्क्षा…

Read More

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद्लाई रबरको छायाँ बनाउन नहुने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संसद्लाई सरकारको रबरको छायाँ नभएर प्राज्ञिक थलो बनाउनुपर्ने बताए । जनताको समस्या समाधान र उनीहरूको आवाज बुलन्द गर्न संसद् प्रयोग गर्नुपर्ने भन्दै उनले यसअघि संसद्‌मा प्रतिपक्ष दल प्रतिपक्षजस्तो नभएको आरोप पनि लगाए ।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले कुनै पनि पार्टीलाई विश्वास नगरेको बताएका छन् । संसद्को पहिलो बैठकमा बोल्ने क्रममा लिंगदेनले जनताले कुनै पनि राजनीतिक दललाई विश्वास गर्न नसकेको भन्दै जनमतले सबै दललाई मिलेर अघि बढ्न भनेको बताए । ‘जनताले कुनै पनि दललाई विश्वास गरेको देखिएन,’ लिङदेनले भने, ’जनमतले भन्यो कुनै पनि दल र विचारलाई निषेध गर्न मिल्दैन ।’ उनले किसानले मल नपाएको, निराशा बढिरहेको र विकासले गति लिन नसकेको चुनौतीको चाङमा नयाँ सरकार निर्माण भएको बताए । उनले राप्रपा जनादेश बमोजिम राष्ट्रिय एकता, सुशासन र सेवा प्रभाहका मुद्दामा विगतमा झैँ दृढताका साथ उभिन्छ । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी…

Read More

पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई आजै ५ बजे प्रदेश प्रमुखले आफ्नै निवासमा सपथ खुवाउनेछन् । अधिकारीसँगै आज नै एमालेबाट रोशन गाहा, नेकपा (माओवादी केन्द्र) बाट हरि चुमान र सुशिला सिंखडा तथा राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री बन्दैछन् । अधिकारीले आजै शपथ लिने तयारी भइरहेको छ।

Read More