Author: Nisha Shrestha

काठमाडौँ- कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ। सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’(गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ। यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीनपटक गरी खोप आउने बताए। उनका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छैन। उनले तीन पटकमा १५ लाख मात्रा खोप आउने…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले प्रतिनिधिसभा बैठकमा ‘जात्रा’ चलिरहेको बताएकी छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सत्तामा रहेका मन्त्रीहरूले नै वर्तमान व्यवस्था र संविधानमाथि विष वमन गरिरहेको बताइन् । राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि ‘डेलिभरी’मा खरो उत्रिन नसक्दा व्यवस्थामाथि विष वमन गर्ने ठाउँ भेटिएको उनको भनाइ छ । उनले यी विषयले राजनीतिक दलहरू आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको उल्लेख गरिन् । ‘संसद्मा जात्रा सुन्दै छौँ । आज व्यवस्था र संविधान अनि बलिदानीमाथि विष वमन भइरहेको छ । यो पुनरुत्थानवाद हो । यो किन भयो भने राजनीतिक दलले सही ढङ्गले काम गरेनन् । त्यसले जनमत…

Read More

दाङ – लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान कार्य जारी रहेको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा रहेको मतदान स्थलमा पुगेर केही बेर अघि मुख्यमन्त्री लीला गिरीले पनि मतदान गरेका छन्। यो समाचार तयार पार्दासम्म प्राप्त जानकारी अनुसार ३०५ मतदाता रहेकोमा ६० जना प्रदेशसभा सदस्यले मतदान गरे भने स्थानीय तहतर्फ १३५ मत खसेको छ।‍मतदानका लागि २ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। एक जना सदस्य चयन गर्न उपनिर्वाचन हुन थालेको हो। मतदान दिउँसो ३ बजेसम्म हुनेछ।

Read More

काठमाडौँ – प्रतिनिधि सभाले कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने भएको छ । प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली मस्यौदा समितिले नियमावलीमा कार्यान्वयनमा आएका कानुनको परीक्षण गर्ने प्रावधान राख्ने विषयमा सहमति जुटाएको हो। यसअघि कानुन कार्यान्वयनको अध्ययन गर्ने सम्बन्धमा नियमावलीमा व्यवस्था गरिएको थिएन। नियमावलीमा नै व्यवस्था गरेर अब भने कार्यान्वयनमा रहेका कानुनको अवस्था, सो कानुनप्रति आम नागरिकको चासो तथा कानुनबारे लक्षित वर्गमा जानकारी पुगे–नपुगेको सम्बन्धमा अध्ययन गरिने भएको हो । कानुन कार्यान्वयन मापन अध्ययनका लागि छुट्टै समिति बनाउने अथवा सम्बन्धित समितिले क्षेत्राधिकार भित्रका कानुन कार्यान्वयनको मापन गर्ने भन्ने सम्बन्धमा भने मस्यौदा समिति टुङ्गोमा पुगेको छैन । छलफलमा मस्यौदा समितिका अधिकांश सदस्यले कानुन…

Read More

धनगढी — सुदूरपश्चिम प्रदेश सभा बैठक सरेको छ। विश्वासको मत लिनका लागि बिहान ११ बले बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने कार्यसूची छ। मुख्यमन्त्री रावललाई आज नेकपा माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिए भने मात्र यो सरकारले निरन्तरता पाउँछ। प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन्। सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने मुख्यमन्त्रीलाई आज विश्वासको…

Read More

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । बिहीबार बिहान एमाले अध्यक्ष ओलीसँगको भेटका लागि बालकोट पुगेका प्रधानमन्त्री दाहाल र ओलीबीचको छलफलले उक्त निर्णय गरेको हो । भोलीको बैठकमा बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने पनि जनाइएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट गएका थिए । सोही भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

Read More

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय १५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभङ्ग गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको देखियो । गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो । तर, यसको अर्थ नेपाली अर्थतन्त्र सङ्कटमुक्त भइसक्यो भन्ने होइन । राजस्व सङ्कलनमा अहिले पनि केही समस्याहरू छन् । राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन जरुरी छ ।’…

Read More

काठमाडौँ – नेपाल चिकित्सक संघको केन्द्रीय अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा. कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरले जानकारी दिए । उनका निकटत प्रतिद्वन्द्वी डा. सन्तोष पौडेलले दुई हजार तीन यस २३ मत प्राप्त गरेका छन् भने अर्का अध्यक्षका प्रत्यासी डा शिवजी विक्रम सिलवालले एक सय ९० मत पाए । मधेस प्रदेश उपाध्यक्षमा डा. नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा. प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा. राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा. प्रशान्त भट्ट निर्वाचित भएका छन् । यही माघ…

Read More

सल्यान – सल्यानको जोगीदेउखोला नजिकै दुई मोटरसाइकल ठोक्किँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शारदा नगरपालिका १ जोगीदेउखोला नजिक गएराति रा ७ प ३२६८ नम्बरको मोटरसाइकल र रा ६ प १५६३ नम्बरको मोटरसाइकल ठोक्किँदा तिनमा सवार ६ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार सिद्ध कुमाखगाउँपालिका ३ का २४ वर्षीय सुरेश नेपाली, शारदा नगरपालिका ७ कजेरीका २१ वर्षीय अर्जुन बुढाथोकी र शारदा नगरपालिका १ पटनेरीका अन्दाजी १४ वर्षीय अनिल शाही घाइते भएका हुन्। यस्तै शारदा नगरपालिका ९ गिठाचौर अन्दाजी १८ वर्षीय डिल्लीराज बोहरा, वडा नम्बर ६ भट्टाचौरका १५ वर्षीय शिशिर…

Read More